निर्णय नं. ११४८४ - अपहरणपश्चात् हत्या
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४८४ - अपहरणपश्चात् हत्या भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/०८/१७ २१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०८०।०८।१७ मुद्दा : अपहरणपश्चात् हत्या ०७५-CR-०३५६ पुनरावेदक / वादी : परशुराम यादवको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही साबिक मझगांवा गा.वि.स. वडा नं.४ हाल ऐ. कोटहीमाई गाउँपालिका वडा नं.५ बस्ने जलिल चुरीहारको छोरा बरकत अलि चुरीहारसमेत ०७४-CR-०९१८ पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही करौता गा.वि.स. वडा नं.९ पिपरी घर भई हाल नयाँबस्ती घरभै हाल कारागार कार्यालय सुनसरीमा भई हाल कारागार कार्यालय जगन्नाथ देवल सेन्टर जेलमा थुनामा रहेका भदई एवं अरमान भन्ने अमामुद्दिन मुसलमान विरूद्ध प्रत्यर्थी / वादी : परशुराम यादवको जाहेरीले नेपाल सरकार ०७४-CR-०९८४ पुनरावेदक / प्रतिवादी : जलिल चुरिहारको छोरा जिल्ला रूपन्देही मझगावा गा.वि.स. वडा नं.४ बस्ने मझगावा घर भई हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेको वरकत अलि चुरीहार विरूद्ध प्रत्यर्थी / वादी : परशुराम यादवको जाहेरीले नेपाल सरकार क्षेत्राधिकारमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता तथा हानिको सिद्धान्तसमेतको अनुशरण गरेको पाइने । नेपाली नागरिकलाई अपहरण गरी नेपालबाहिर लगिन्छ भने पनि नागरिकको रक्षा गर्ने तथा अपराधजन्य कार्यको कारण नेपाली नागरिकलाई पर्न गएको क्षतिसमेतलाई मध्यनजर गरी सो आधारमा कानूनले नेपालका अदालतलाई मुद्दा हेर्ने क्षेत्राधिकार प्रदान गरेको देखिने । (प्रकरण नं.२) प्रतिवादीहरूबाट नाबालकलाई अपहरण गर्ने र हत्या गर्नेसमेतका कसुर हुन गएको भनी अभियोग पत्र पेस भएको एउटै कारोबार (single transaction) को शृङ्खला हुँदा भारतमा लास फेला परेको भन्ने मात्र कारणले नेपालमा मुद्दा नचल्ने भन्न नमिल्ने । भारतसँग नेपालको खुला सीमा रहेको कारण पनि नेपाली नागरिकलाई अपहरण वा अन्य तरिकाले भारत लगी भारतमा थप कसुर गर्ने सम्भावना रहने हुँदा हामीहरूले क्षेत्राधिकारको विषयमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता र हानिको सिद्धान्तलाई समेत अङ्गीकार गरेमा मात्र हामीहरूले आफ्ना नागरिकको सुरक्षा गर्न सकिने । अपहरण र हत्या एउटै कारोबारको शृङ्खलाको रूपमा घटेको हुँदा नेपालको अदालतलाई प्रस्तुत मुद्दाको सुनुवाइ गर्ने क्षेत्राधिकार रहे भएको देखिँदा अभियोग पेस भई सुनुवाइ गरेकोलाई क्षेत्राधिकारविहीन भन्न नमिल्ने । (प्रकरण नं.३) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शम्भु कुमार बस्नेत प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गिरिराज दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने न्यायाधीशः- माननीय न्यायाधीश श्री शंकरराज बराल रूपन्देही जिल्ला अदालत पुनरावेदन तह फैसला गर्ने : मा. न्यायाधीश श्री नरबहादुर शाही मा. न्यायाधीश श्री शान्ता सेढाई सापकोटा उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता भई निर्णयार्थ यस इजलास समक्ष पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ:- तथ्य खण्ड मेरो छोरा संजय भन्ने दिवाकर यादव मिति २०६८।२।२३ मा अपहरणमा परेकोमा सो सम्बन्धमा अदालतमा मुद्दा दायर भए तापनि अपहरित छोरा फेला परेको थिएन । नेपाल प्रहरी, भारतीय