निर्णय नं. ११४८५ - हक कायम नामसारी दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४८५ - हक कायम नामसारी दर्ता भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०४/१८ २४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७९।०४।१८ ०७४-CI-०३६५ मुद्दा : हक कायम नामसारी दर्ता पुनरावेदक / प्रतिवादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ विहारकुण्ड स्थित रसिक चुडामणी भगवान् चारूशिला कुञ्ज स्थान बस्ने स्व. रामपुकार शरणको चेला ऐ. ऐ. बस्ने हालको महन्थ रामबाबु पाण्डे भन्‍ने रामसुरत शरण वैष्णवको मृत्यु भई कानूनबमोजिम मुद्दा सकार गर्ने अविनास शरण वैष्णव विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला धनुषा, जनकपुर नगरपालिका वडा नं. ८ स्थित रसिक चुणामणी भगवान्‌ चारूशिला कुञ्ज स्थान बस्ने महन्थ स्वः लक्ष्मण शरणको चेला छोरा स्वः विमल शरण वैष्णवको मृत्यु भई कानूनबमोजिम मुद्दा सकार गर्ने ऐ. ऐ. बस्ने राम कुमार राउत शरण वैष्णव सार्वजनिक हितप्रति समर्पित एकजना उदार मन भएका परोपकारी भावले अभिप्रेरित व्यक्तिको उदारताको लाभ समुदायले उठाउन पाउने प्रक्रिया र पद्धति नै गुठी हुने । जुन एक पटक प्रारम्भ भएपश्‍चात् निरन्तर रूपमा चलिरहने प्रक्रिया र प्रथाको रूपमा रहने । (प्रकरण नं.२) गुठीको स्थापना र संरक्षण गर्नुपर्ने, गुठीको सम्पत्ति मासिखान नहुने, पुरातात्तिक र ऐतिहासिक महत्त्व बोकेका मठ मन्दिरको सम्पत्ति नास गर्ने कार्यलाई अदालतले छुट दिन नसक्ने, गुठी एउटा भौतिक सम्पत्ति मात्र नभएर यसभित्र एउटा अलौकिक सम्पदा लुकेर रहेको र यस्तो सम्पदा सभ्यताको विकासको परिचयात्मक चिह्न रहेकोले यसको संरक्षण गरी अन्तरपुस्ता पुस्तान्तरण गर्न पनि गुठीको संरक्षण गर्नु राज्यको मात्र कर्तव्य नरही सरोकारवाला सबैको कर्तव्य र दायित्वसमेत रहने । (प्रकरण नं.३) मिथिला क्षेत्रमा रहेका मठ मन्दिरको संरक्षण गर्न, सोको सञ्‍चालन व्यवस्थापन गर्न, सनातन धर्म र संस्कृतिको जगेर्ना गर्नको निमित्त सुयोग्य पात्रको छनौट गरी यस्ता मठ मन्दिर देवालहरूको संरक्षण गरी संस्कृति र सम्पदाको पुस्तान्तरणको लागि लक्ष्मीनारायण मठ मटियानी स्थानलाई भेषधारी महन्थ नियुक्ति गरी चादर पगडी गरी दिनेसमेतको अधिकार संवत् १९३४ र १९७० मा भएको सनद लालमोहरसमेतबाट मान महन्थलाई प्रदान गरिएको भन्‍ने मान्यता रही आएको देखिने । (प्रकरण नं.५) महन्थ पदवी भनेको साधारण पदवी र जिम्मेवारी नभई असाधारण प्रकृतिको उच्च आचरणमा रहनुपर्ने र नैतिकतायुक्त, समाजको पथपर्दशकको भूमिकामा सामाजिक अभियन्ताको रूपमा स्थापित भई सोअनुसारको भूमिका खेल्नुपर्ने धार्मिक र सामाजिक पदवी रहेकोले उच्च नैतिक आचरण कायम राख्‍न नसक्ने व्यक्तिले यो पदको गरिमा बढाउन नसक्ने । (प्रकरण नं.८) गुठीको आत्मा भनेको नै परम्परादेखिको सभ्यता र संस्कृतिलाई निरन्तरता दिने, सामजिक र धार्मिक जगेर्ना गर्ने, समाजमा लोक कल्याणकारी कार्यहरू गरी मानवीय भावनाको प्रवर्द्धन गर्ने हुँदा यी वादी प्रतिवादीबाट कालान्तरसम्म यस्ता उद्देश्यको प्रवर्द्धन गर्छन र गरिरहने छन् भन्‍ने विश्‍वास गर्न लायक अवस्था नदेखिँदा दुवैलाई चुडामणी भगवान् चारूशिला कुञ्‍जस्थानको महन्त एवं संरक्षक कायम गरी मन्दिरको नाममा रहेको विवादित कि.नं. का जग्गा जमिन (चल अचल सम्पत्ति) हक कायम गरी नामसारी हुन नसक्ने । (प्रकरण नं.१०) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री महादेवप्रसाद यादव, श्री श्यामप्रसाद खरेल र श्री लक्ष्मण सिंह तथा वि