निर्णय नं. ११४८६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११४८६ - जबरजस्ती करणी भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०७९/०३/३१ ४०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।०३।३१ ०७१–ऋच्– ०३८६ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : हस्तविर बोहराको छोरा जिल्ला बाँके, कम्दी गाउँ विकास समिति वडा नं. ९ बस्ने विकास भन्ने विरबहादुर बोहरा विरूद्ध विपक्षी / वादी : डिल्ली खत्रीको जाहेरीले नेपाल सरकार यौन दुर्व्यवहारको अपराधमा पीडकको उद्देश्य पीडितलाई जिस्काउने, हैरानी दिने वा अन्य कुनै ढङ्गले पीडितउपर दुर्व्यवहार वा यौनजन्य क्रियाकलाप गर्ने रहेको हुन्छ भने जबरजस्ती करणी उद्योगको कसुरमा कर्ताको उद्देश्य केवल यौनजन्य क्रियाकलापमा मात्र सीमित नरही जबरजस्ती करणी नै रहेको हुने । यौन दुर्व्यवहारसम्बन्धी अपराधमा पीडकमा महिलाउपर करणी गर्ने इच्छा हुन वा नहुन पनि सक्छ तर जबरजस्ती करणीको उद्योगसम्बन्धी कसुरमा भने कर्ताले महिलाउपर जबरजस्ती करणी गर्ने उद्देश्य राखेर नै त्यस्तो कार्य गरेको तर कुनै कारण वा परिस्थितिले जबरजस्ती करणीको कार्य सम्पन्न हुन नसकेको हुने । जबरजस्ती करणीको उद्योगको कसुरमा पनि यौन दुर्व्यवहारको कसुरमा जस्तै पीडकले पीडितको संवेदनशील अङ्ग छुने वा छुन प्रयास गर्ने, यौनसम्बन्धी आफ्नो अङ्ग निजलाई समाउन लगाउनेलगायत महिला उपर अवाञ्छित व्यवहार हुन सक्ने भए तापनि जबरजस्ती करणीको उद्योगमा यस्ता कार्य पीडितउपर जबरजस्ती करणी गर्ने आशयले गर्ने हुनाले पीडकले आफ्नो उद्देश्य प्राप्तिका लागि आवश्यकताअनुसार बढी बल प्रयोग गरेको वा गम्भीर प्रकृतिको हर्कत गरेको हुनसक्नेतर्फसमेत विचार गर्नुपर्ने । यौन दुर्व्यवहार वा जबरजस्ती करणी उद्योगको कसुर बिचको भेद छुट्याउन पीडकले के उद्देश्यले त्यस्तो कार्य गरेको हो भनी निजले गरेको कार्यको प्रकृतिबाट यकिन गर्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुरेशकुमार पौडेल विपक्षी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल अवलम्बित नजिर : ने.का.प.२०४०, अङ्क १०, नि.नं.१७८० ने.का.प.२०४०, अङ्क ११, नि.नं.२५४० ने.का.प.२०६१, अङ्क ८, नि.नं.७४२५ ने.का.प.२०७३, अङ्क १, नि.नं.९५१९ ने.का.प.२०७६, अङ्क ६, नि.नं.१०२७९ ने.का.प.२०७७, अङ्क ५, नि.नं.१०५०१ सम्बद्ध कानून : केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७२ मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः– मा. जिल्ला न्यायाधिश श्री शेखरप्रसाद पौडेल बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः– माननीय न्यायाधीश श्री रामकृष्ण भट्ट माननीय न्यायाधीश श्री यमुना भट्टराई पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.नहकुल सुवेदी : तत्कालीन पुनरावेदन अदालत नेपालगन्जको मिति २०७०।५।२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत प्रतिवादीको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः– तथ्य खण्ड जिल्ला बाँके, कम्दी गा.वि.स. वडा नं. ९, तिलकपुरस्थित पूर्वमा चित्रबहादुर बोहराको मकै बारी, पश्चिममा टोपबहादुर बस्नेतको कोदो बारी, उत्तरमा विरबहादुर बोहराको घर गोठ र दक्षिणमा चित्रबहादुर बोहराको धान खेत यति चार किल्लाभित्र विरबहादुर बोहराको तिलवारीमा निलो रंगको सुरूवाल रहेको मानिस बसेको सुतेको जस्तो तिलको बोटहरू भाँचिएको भन्ने घटनास्थल मुचुल्का । मिति २०६७।५।२६