निर्णय नं. ११४८८ - अबन्डा जग्गा बन्डा गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४८८ - अबन्डा जग्गा बन्डा गरिपाऊँ भाग: ६७ साल: २०८२ महिना: पौस अंक: ९ फैसला मिति :२०८०/१२/२५ २४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८०।१२।२५ ०७७-CI- ००६८ मुद्दा : अबन्डा जग्गा बन्डा गरिपाऊँ पुनरावेदक / प्रतिवादी : मोतीलालको नाति देवेन्द्रलालको छोरा भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १४ बस्ने तिर्थलाल मुलेपती विरूद्ध प्रत्यर्थी / वादी : मोतिलालको नाति देवेन्द्रलालको छोरा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ५ बस्ने विमल मुलेपतीसमेत पटक पटक अंश लिनु दिनु र पुनः सगोलमा रहने नरहने कुरा अंशियारहरूको स्वेच्छामा निर्भर हुने हुँदा अंशियारहरूको यस्तो स्वेच्छिक क्रियामा अदालतले अनुचित नियन्त्रण गर्न नसक्ने । विवादित जग्गाहरू नामसारी गरेको र अदालतमा मिलापत्र हुँदा, मिलापत्रमा सो जग्गा तायदातीमा उल्लेख नगरेको कारणबाट प्रतिवादीको नाममा दर्ता नामसारी भएकै आधारमा मात्र वादी र प्रतिवादीको एकासगोलको अबन्डा रहेको पैतृक सम्पत्ति प्रतिवादीको एकलौटी भएको मान्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री पुन्य प्रसाद अर्याल र विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्र प्रसाद अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री बाबुराजा जोशी र विद्वान्‌ अधिवक्ता श्री किरण न्यौपाने अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री गिरिराज गौतम भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री टेकप्रसाद ढुंगाना माननीय न्यायाधीश श्री राजनप्रसाद भट्टराई उच्च अदालत पाटन फैसला न्या.सुनिलकुमार पोखरेल : उच्च अदालत पाटनको मिति २०७६।०१।३० को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) को खण्ड (क) र (ख) अन्तर्गत यस अदालतमा प्रतिवादीको निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्‍याई हेर्न अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड फिरादीका वाजे मोतिलालको २ छोरामा जेठा देवेन्द्रलाल र कान्छा सुन्दरलाल हुन् । आमा सेतीनानी र पिता देवेन्द्रलालको कोखबाट जन्मेका ५ छोराहरू क्रमश: म फिरादीका पिता जेठा ईन्द्रलाल, माइला पुर्णलाल, साइँला ईश्वरीलाल, काइँला बिमल र कान्छा तिर्थलाल गरी जम्मा ७ जना मूल अंशियारहरू भएकोमा जेठा ईन्द्रलालको मिति २०५९ सालमा परलोक भएकोले उहाँको हक खाने हकदारहरूमा म फिरादीमध्येको उपेन्द्रलाल मुलेपती हुँ । माइला पुर्णलालको २०३८ सालमा मृत्यु भइसकेको हुँदा उहाँको हक खाने उहाँको श्रीमती तुल्सीमाया हुनुहुन्छ । मिति २०२०।०४।२९ मा मेरा पिता देवेन्द्र लाल र उनका सहोदर भाइ सुन्दरलालबिच अंशबन्डा भई अलग भइसक्नुभएको छ । २०३२ सालमा विमल मुलेपतीसहित पाँचै दाजुभाइहरूलाई पिता देवेन्द्रलालले मनलागेसम्म सँगै बस्नु भनी केही जग्गा राखी छोडपत्र पास गरिदिए पनि एउटै घरमा एउटै भान्छा गरी बसी आएका छौँ । मिति २०२१।७।२८ सालमा केही जग्गाहरू हालैको बकसपत्र पास गरी दिनुभएको र बाबु आमाको सेवा टहल गरी बसेकोमा माहिला पुर्णलालले अलग बस्छु भनेकोले पछि दाबी गर्न नपाउने गरी मिति २०२४।०७।११ मा भक्तपुरको लाकुलाछेको घर आधी लिई अंश छोडपत्र गरिदिनुभयो । साहिँला छोरा ईश्वरीलालले घरको र आमा बाबुको रेखदेख गर्न छाडे । २०३३ सालमा आम