निर्णय नं. ११४९२ - बनावटी सुराकी खडा गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४९२ - बनावटी सुराकी खडा गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको भाग: ६७ साल: २०८२ महिना: माघ अंक: १० फैसला मिति :२०८१/०९/११ ३८० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।०९।११ ०७५-CF-०००६ मुद्दाः बनावटी सुराकी खडा गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको । पुनरावेदक / प्रतिवादी : नीतिरमणको नाति, उमानाथको छोरा, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ५, भाटभटेनी बस्ने तत्कालीन प्रमुख भन्सार प्रशासक हाल उमेर ७८ वर्ष नाघेका ज्येष्ठ नागरिक जनार्दन शर्मा विरूद्ध प्रत्यर्थी / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदनले नेपाल सरकार साबिक ऐनलाई खारेज गर्ने ऐनले स्पष्ट व्यवस्था नगरेको अवस्थामा साबिक ऐन खारेज हुँदैमा कसुर खारेज नहुने । खारेज गर्ने गरी पछि बनेको ऐन पारित/लागु नभएसरह साबिकको भ्रष्‍टाचार निवारण ऐन, २०१७ अन्तर्गत कसुरको अनुसन्धान तथा कारबाही अगाडि बढाउन सकिने हुँदा खारेज भएको साबिक ऐनको दफा १३ को कसुरको सम्बन्धमा सोही खारेज भएको ऐनको दफा २४क. को हदम्यादभित्र अनुसन्धान तथा कारबाही गर्न सकिने । प्रचलित भ्रष्‍टाचार निवारण ऐनको दफा ६५(३) ले पनि खारेज भएको साबिक ऐनबमोजिम भए गरेको काम कारबाही यसै ऐनबमोजिम भए गरेको मानिने छ भनी बचाउ गरिरहेको अवस्थामा खारेज भएको ऐनबमोजिमको कसुरमा हाल आएर अनुसन्धान तथा कारबाही गर्न मिल्ने । (प्रकरण नं.४) कुनै ऐनले बितेको वारदातमा आकर्षित हुने गरी नयाँ कसुर परिभाषित गरेमा वा साबिकभन्दा बढी सजाय तोकेमा वा कसुरदार प्रमाणित हुन आवश्यक हुने साबिक सबुद प्रमाणको आधार हटाएमा वा घटाएमा सम्म त्यस्तो कानूनलाई ex post facto law भनिने । ex post facto law विरूद्धको हकअन्तर्गत यदि पहिले गरेको कुनै कार्यमा अपराध मानिने र सजाय हुने व्यवस्था भएको छैन भने पहिले गरेको कार्यमा पछि ऐन बनाई अपराध घोषित गरी सजाय गर्न नपाइनेसम्म हुने । (प्रकरण नं.५) साबिक ऐन खारेज भएपछि उक्त ऐनले कसुर परिभाषित गरेको विषयमा अनुसन्धान तथा कारबाही गर्नै नमिल्ने भनी अर्थ गर्दा फौजदारी विधिशास्त्रको प्रतिकूल भई परिणामतः दण्डहीनताको अवस्था उत्पन्‍न हुन जाने । (प्रकरण नं.१०) कुनै-कुनै कसुरमा आपराधिक कार्य (actus reus) सँग आपराधिक मनसाय (mens rea) स्वतः समावेश भएको मानिने भए तापनि सामान्यतः कुनै पनि अपराध ठहर हुनका लागि आपराधिक कार्य र आपराधिक मनसाय दुवै तत्त्वको विद्यमानता हुनपर्ने । आपराधिक मनसायलाई निरपेक्ष रूपमा आँकलन गर्न नसकिने । अपराधको प्रकृति, प्रतिवादीको व्यवहार तथा क्रियाकलाप जस्ता वारदातको समग्र परिस्थितिको परिप्रेक्ष्य र आपराधिक कार्यकै सन्दर्भमा हेरिनुपर्ने । कसैले सरकारी रकम हिनामिना गर्दछ भने अन्यथा प्रमाणित नभएसम्म त्यसलाई लाभ लिने उद्देश्यले नै गरेको मान्नुपर्ने । (प्रकरण नं.१४) गोपनीयता राख्‍नुको अर्थ गोपनीयता कहिले पनि नखोलिने भन्ने होइन । गोपनीयता बार-बार खुल्न सक्ने । मुख्य कुरा गोपनीयता जोसमक्ष खुल्दछ उसमा गोपनीयताको दायित्व सरी सोही गोप्य कुराको सम्बन्धमा आफू विरूद्ध विवाद उत्पन्न भएमा आवश्यक उपाय अवलम्बन गरी सुराकीको विवरण प्रकट गर्न तथा अनुसन्धान अधिकारी एवं अदालतसमक्ष प्रस्तुत गरी आफ्नै उत्तरदायित्व पनि पूरा गर्न नसकेको अकर्मण्यताले निजैउपरको आरोप दाबीलाई नै समर्थन गर्ने । (प्रकरण नं.१७) प्रतिवादी