निर्णय नं. ११४९३ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४९३ - जबरजस्ती करणी भाग: ६७ साल: २०८२ महिना: माघ अंक: १० फैसला मिति :२०८०/१२/२२ ४९२ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल आदेश मिति : २०८०।१२।२२ ०७९-NF-०००१ मुद्दाः जबरजस्ती करणी पुनरावलोकनकर्ता / प्रतिवादी : गणेशबहादुर पाटा मगरको नाति, कृष्णबहादुर पाटा मगरको छोरा, गोरखा जिल्ला, गोरखकाली गा.वि.स. वडा नं. ६ को हाल परिवर्तित नाम गोरखा नगरपालिका वडा नं.४ घर भई हाल जिल्ला कारागार कास्कीमा कैदमा रहेको सानुबाबु पाटा मगर विरूद्ध प्रत्यर्थी / वादी : सरिता गुरूङको जाहेरीले नेपाल सरकार पीडितले बकपत्रको कार्य भइसकेकोमा पछि सहमतिमा करणी भएको भनी पुनरावेदन गर्ने क्रममा पीडितको निवेदन प्रतिवादीबाट पेस भएकोमा एकपटक जबरजस्ती करणी गरेको भनी बकपत्र गरिसकेकोमा प्रतिवादीलाई सफाइ दिलाउने कुराले अभिप्रेरित भई पछि दिएको पीडितको निवेदनलाई प्रमाणमा ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.४) पुनरावलोकनकर्ता / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुरज अधिकारी प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री डा. श्री टेकबहादुर घिमिरे र उपन्यायाधिवक्ता श्री चपला पोखरेल अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ बालबालिकासम्बन्धी ऐन, २०७५ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री प्रकाशकुमार काफ्ले गोरखा जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री श्याम जी प्रधान उच्च अदालत पोखरा यस अदालतमा फैसला गर्ने: माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला न्या.महेश शर्मा पौडेल : यस अदालतको संयुक्त इजलासबाट मिति २०७८।०५।०१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(क)(ख) बमोजिम यस अदालतमा दायर भएको मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भन्‍ने निवेदनमा मुद्दा पुनरावलोकन हुने अनुमति प्रदान भई पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार रहेको छः तथ्य खण्ड मिति २०७०।०५।०१ गते राति गोरखा नगरपालिका वडा नं.४ बस्ने वर्ष ४० को सानुबाबु पाटा मगरले पीडित हाल नाम परिवर्तित वर्ष १३ की "ग" कुमारीलाई डर धाकधम्की दिई जबरजस्ती करणी गरेको हुँदा कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको सरिता गुरूङको जाहेरी दरखास्त । On local examination, signs of vaginal penetrations are present, निज "ग" कुमारीको योनिको झिल्ली नरहेको, निज पीडितको योनि वा वरपर तथा शरीरमा घाउचोट तथा निलडाम नरहेको, पीडितको उमेरसम्बन्धमा Victim age is likely < 15 years < 17 years भन्‍ने पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन । मेरो हजरबुबा जीतबहादुर तामाङ सानुबाबु पाटा मगरको गोरखा नगरपालिका ९ स्थित रहेको माछा पोखरीमा हेरचाह गर्न बस्नुभएको र मलाई खाना पकाउन भनी लिई जानुभएको थियो । मैले हजुरबुबालाई साँझ बिहान खाना पकाउने र दिनमा माछा पोखरीको हेरचाह गर्ने गर्दर्थेँ । यस्तैमा मिति २०७०।५।१ गते साँझ मैले हजुरबुबा र निज सानुबाबु पाटा मगरलाई खाना दिई आफ्नो कोठामा सुत्‍न गएकोमा राति अं.२२:०० बजे निज सानुबाबु पाटा मगर आई विभिन्‍न किसिमको डरधाक दिई रातभरि मसँग सुती तीन पटकसम्म यौनसम्पर्क गरी कोही कसैलाई बताएमा कुटपिट गरी ज्यान मारिदिन्छु भनी धाकधम्की दिएको हुँदा सो