निर्णय नं. ४३६४ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३६४ - बन्दीप्रत्यक्षीकरण भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०६/२१ २७८९ निर्णय नं. ४३६४ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको रिट नं. १०२८ आदेश भएको मिति: २०४८।६।२१।२ मा निवेदक : कारागार शाखा दैलेखमा बन्दी रहेका गोलु पाध्या विरुद्ध विपक्षी : सुर्खेत जिल्ला अदालत, सुर्खेतसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) आफैं वादीको रुप धारण गरी माग दावी नै संशोधन हुने किसिमसंग बढी सजायँ गर्न कतै मिल्ने कुरा होइन । (प्रकरण नं. ११) (२) संविधानले प्रत्याभूति गरेको अधिकारको सम्बन्धमा अर्को कानुनी उपचारको व्यवस्थाले सर्वोच्च अदालतलाई असाधारण अधिकार क्षेत्रको प्रयोगमा छेकवार लगाउन नपाउने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान अवलम्बित नजीर : स.अ.पूर्णइजलास ने.का.प. २०३२ नि.नं. ८९६ बाट प्रतिपादित सिद्धान्त । कामेश्वर यादव वि.जनकपुर अञ्चल अदालतको अं.न्या. समेत भएको २०२८ को रि.नं. १०९९ मा सर्वोच्च अदालत संयुक्त इजलासबाट प्रतिपादित सिद्धान्त । आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मैले मिति २०३१।१।११ गते अं. ८ बजे सुर्खेत वीरेन्द्रनगर स्थित देवीरामको घरमा खाना खान गएको अवस्था दैलेख जि.पं. को उपसभापति निर्वाचन (साविक पेज नं. ५२२) सम्बन्धी झगडा उठाई सूर्यबहादुर थापालाई लात मुक्का समेतले कुटपिट गरी सोही चोटपिरले ऐ.१२ गते निजको मृत्यु भएकोले सो मा कारवाही शुरु भई प्रहरी तथा सरकारी वकिल समक्ष मेरो बयान समेत गराई मु.ऐ.ज्यानसम्बन्धीको ६(४) नं. बमोजिम सजायँको लागि माग दावी सहितको प्रहरी प्रतिवेदन विपक्षी सुर्खेत जिल्ला अदालतमा दायर भएकोमा उक्त जि.अ.ले मेरो बयान समेत गराई मिति २०३२।२।१४ मा रु. ८००।– मा धरौटीमा छोडी मलाई मु.ऐ.ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्याई मिति २०३१।१।१२ देखि मिति ०३२।२।१३ सम्म १ वर्ष १ महीना २ दिन पूर्पक्षको निमित्त थुनामा रहेको कट्टा गरी बाँकी कैदको लगत उक्त जिल्ला अदालतले असूल गर्ने गरी मिति २०३४।३।२८ मा मुख्यतः निम्न आधारहरु लिई फैसला गरेको छ । ३. जि.पं.स.धिरबहादुर शाही पिमबहादुर पन्त, प्रेमदेव गिरी समेत उपर मुद्दा नचलाउने र गोलु पाध्यको हकमा ज्यानसम्बन्धीको ६ नं. को दफा ४ बमोजिम मुद्दा चलाउने प्रहरी प्रतिवेदन मनासिबै भएको घटनास्थलमा सूर्यबहादुरलाई लोप्पा दिएकोमा प्रहरीमा र मुक्का हानेमा अदालतमा अभियुक्त गोलु पाध्या सावित भई बयान गरेको, लाश प्रकृति मुचुल्का, पोष्टमार्टम र डाक्टरको रायबाट समेत देब्रे पट्टिको फियो उक्त चोटबाट फुटेको र निर्वाचन सम्बन्धमा रिसइवी भएको भनी मर्नेकी श्रीमतीले बयान गरेकी समेतबाट फियो फुटेको चोट पिरबाट सूर्यबहादुरको मृत्यु भएको ठहर्छ । प्रहरी प्रतिवेदनमा ज्यानसम्बन्धीको ६ नं. को देहाय ४ अनुसार सजायँ माग गरेको प्रहरी प्रतिवेदनमा यो अदालत सहमत हुन सक्दैन । ज्यानसम्बन्धीको १४ नं. बमोजिम १० वर्ष कैद हुने ठहर्छ । ४. उक्त फैसला उपर चित्त नबुझी मैले ऐनका म्याद भित्रै तत्कालिन सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतमा धरौटी पुनरावेदन गरेकोमा सो अदालतका धरौटी लगतमा दर्ता भई मलाई मिति २०३४।१०