निर्णय नं. ११४९७ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४९७ - उत्प्रेषणयुक्त परमादेश भाग: ६७ साल: २०८२ महिना: माघ अंक: १० फैसला मिति :२०८१/०७/०१ २५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल आदेश मिति : २०८१।०७।०१ ०७४-WO-०७७९ विषय:- उत्प्रेषणयुक्त परमादेश निवेदक : मोरङ जिल्ला, विराटनगर उपमहानगरपालिका वडा नं. ८ हाल परिवर्तित विराटनगर महानगरपालिका वडा नं. ७ स्थित ज्ञान इन्टरप्राइजेज साझेदारी फर्मका अख्तियारप्राप्‍त साझेदार भई आफ्नो हकमा समेत मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. ८ स्थायी ठेगाना भई हाल का.जि.का.म.न.पा. वडा नं. ३० बस्ने नरेश दुगड विरूद्ध प्रत्यर्थी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत भन्सार महसुल कुनै पनि मालवस्तु भन्सार बिन्दुमा आएपछि लाग्ने प्रकृतिको कर हो । भन्सार बिन्दुमा मालवस्तु प्राङ्गणमा दाखिला भएपछि मात्र भन्सारको काम, कारबाही र प्रक्रिया सुरू हुने हुँदा तत्काल प्रचलित कानूनअनुसार कायम रहेको भन्सार महसुल उक्त वस्तु जाँचपास गर्ने बेलामा लाग्ने नै हुँदा भन्सार बिन्दुको प्राङ्गणबाट उठाई लैजाने अनुमति प्राप्‍त नभएसम्म प्रचलित कानूनले निर्धारण गरेको करको दर नै लागु हुने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री भेषराज न्यौपाने प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ नायब महान्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल र विद्वान्‌ उपन्यायाधिवक्ता श्री बिना दाहाल अवलम्बित नजिर : ने.का.प.२०४९, अङ्क ३, नि.नं.४४९६ ने.का.प.२०६७, अङ्क १२, नि.नं.८५२१ ने.का.प.२०६९, अङ्क ६, नि.नं.८८४९ ने.का.प.२०७७, अङ्क १, नि.नं.१०४२३ ने.का.प.२०७९, अङ्क ८, नि.नं.१०९२७ सम्बद्ध कानून : आर्थिक ऐन, २०७४ भन्सार ऐन, २०६४ राजस्व न्यायाधिकरण ऐन, २०३१ आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ तथा धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं यस अदालतको आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड ज्ञान इन्टरप्राइजेज साझेदारी फर्मले चिनीलगायतका विभिन्न खाद्य सामग्री आयात बिक्री गरी आएका छौं । हाम्रो कम्पनीले व्यापार व्यवसायमा प्रचलित कानूनबमोजिम लाग्ने सबै कर, राजस्व, शुल्क आदि तोकिएकै समयमा बुझाउँदै आएका छौं । हाम्रो कम्पनीले प्रचलित नेपाल कानूनबमोजिम आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्ने क्रममा नेपाल सरकारको आर्थिक नीति, तत्काल प्रचलित भन्सार ऐन, नियम, आर्थिक ऐन तथा नेपाल सरकारले तोकेको कर्तव्य र दायित्व पूरा गरी आ.व. २०७४/०७५ मा नै सार्क राष्ट्र पाकिस्तानबाट चिनी आयात गरी आर्थिक ऐनले तोकेको १५ प्रतिशत भन्सार महसुललगायतको दस्तुर बुझाई चिनी जाँचपास गरी नेपाली बजारमा बिक्री आपूर्ति गर्दै आएका छौं । हाम्रो कम्पनीले आयात गरेको चिनीको बिक्रीमा मूल्य अभिवृद्वि कर असुल गरी मुनाफामा आयकरसमेत तिरी कर तथा राजस्वमा योगदानसमेत दिँदै आएको छ । आर्थिक ऐन, २०७४ तथा भन्सार दरबन्दीले सार्क राष्ट्रबाट चिनी आयात गर्दा लाग्ने भन्सार महसुल स्पष्ट रूपमा उल्लेख गरेको हुँदा निवेदकले सोहीबमोजिम पाकिस्तानको मिरपुरखस सुगर मिल्स लिमिटेड, न्यु दादु सुगर मिल्स प्रा.लि., बावानी सुगर मिल्स लिमिटेड, नाउदेरा सुगर मिल्स प्रा.लि., जेडिडब्लु सुगर मिल्स लिमिटेड तथा खोस्की सुगर मिल्स प्रा.लि.समेतबाट प्रोफोर्मा इन्भ्वाइस प्राप्‍त भएपछि निवेदकले नेपाल सरकार खाद्