निर्णय नं. ११४९९ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११४९९ - अंश चलन भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११ फैसला मिति :२०७९/०७/०३ ४४८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०७।०३ मुद्दा :- अंश चलन ०७८-DF-००१६ पुनरावेदक / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ कोटेश्वर कमलनयन मार्ग बस्ने सोजित सिलवाल खत्रीसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ कोटेश्वर कमलनयन मार्ग बस्ने शान्ती खत्रीसमेत ०७८-DF-००१८ पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ कोटेश्वर कमलनयन मार्ग बस्ने रामहरि खत्री विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३५ कोटेश्वर कमलनयन मार्ग बस्ने हजुरी खत्रीसमेत दाइजो वा पेवा आफूखुसी गर्न नपाउने गरी अन्य कुनै कानूनी व्यवस्थाले सङ्कुचन वा नियन्त्रण गरेको नदेखिने । दाइजो, पेवाबाट आर्जित सम्पत्ति अन्य कसैलाई बिक्री व्यवहार हक हस्तान्तरण गर्न निषेध नगरी आफूखुस गर्न पाउने हकको रूपमा स्त्री अंशधनको महलको ५ नं. र अंशबन्डाको १८ नं. को व्यवस्था भएको पाइने । (प्रकरण नं.४) अंशबन्डा हुँदा वा गर्दाको बेलामा दाइजो वा पेवाको सम्पत्ति अंशियार बाबुआमाको नाउँमा नै रहेका छन् भने छोराछोरीहरूले सगोलको सम्पत्तिका रूपमा अंश हक प्राप्‍त गर्ने । निजी आर्जन आफूखुस गर्न पाउने गरी कानूनले प्रदान गरेको हकलाई उपभोग गरी अन्यत्र व्यक्तिलाई हस्तान्तरण गरिसकेको भए बन्डा प्रयोजनको अवस्था नै नरहने हुँदा यही आलोकमा साबिक मुलुकी ऐनको स्त्री अंश धनको महल र हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ को दुवै व्यवस्थाहरू व्याख्या गरिँदा नै उक्त कानूनी व्यवस्थाहरूको कानूनसङ्गत व्याख्या तथा प्रयोगमा द्विविधा नहुने । अन्यथा साबिक मुलुकी ऐन, स्त्री अंश धनको महलको अपव्याख्या हुन गई हाल प्रचलित मुलुकी देवानी संहिता, २०७४ को दफा २५६ नै निष्क्रिय बन्न जाने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री रमणकुमार श्रेष्ठ, श्री रमेशकुमार मैनाली तथा श्री विश्वप्रकाश सिग्देल प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र श्री टिकाराम भट्टराई एवम् विद्वान् अधिवक्ताहरू श्री हरि कार्की, श्री हरिन्द्रप्रसाद राई, श्री कल्पना रावल र श्री विश्वेश्वर प्रसाद गौतम अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ३, नि.नं.८७८८ ने.का.प.२०५९, अङ्क ५, नि.नं.७०८७ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ सुरू तहमा फैसला गर्ने: मा. न्यायाधीश श्री लिप्‍तबहादुर थापा क्षेत्री काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री रामचन्द्र यादव पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत पाटनको फैसलाउपर मुद्दा दोहोर्‍याई हेर्ने निवेदन परी सो निवेदनउपर मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई यस अदालतको मिति २०७८।११।०८ को आदेशबमोजिम सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२) बमोजिम पूर्ण इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम् ठहर यसप्रकार छ:- तथ्य खण्ड कमलबहादुर खत्री र विपक्षी सानुमैयाँ खत्रीबाट २ छोरा ५ छोरीको जायजन्म भएकोमा सबै छोराछोरीको विवाहद