निर्णय नं. ११५०० - कुटपिट अङ्गभङ्ग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५०० - कुटपिट अङ्गभङ्ग भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११ फैसला मिति :२०८१/०९/११ ३५७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८१।०९।११ मुद्दाः कुटपिट अङ्गभङ्ग ०७९-CF-००१० पुनरावेदक / वादी : नसिमा खातुनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सर्लाही जिल्ला, कौडेना गाउँ विकास समिति, वडा नम्बर ७ बस्ने आलिम खाँ पैठानसमेत ०७९-CF-००११ पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, कौडेना गाउँ विकास समिति, वडा नम्बर ७ बस्ने आलिम खाँ पैठानसमेत विरूद्ध प्रत्यर्थी / वादी : नसिमा खातुनको जाहेरीले नेपाल सरकार अङ्गभङ्गको कसुर यकिन गर्ने सन्दर्भमा केवल चोटलाई सतही रूपमा मात्र नहेरी विशेषतः त्यो चोटले पीडितको जीवन, काम गर्ने क्षमता वा शरीरको संरचनामा दीर्घकालीन असर तथा त्यस चोटको बारेमा चिकित्सकको राय (expert opinion) लाई आधार लिई पीडितको चोटको गम्भीरता, पीडितको अवस्था लगातका समग्र सबुत, प्रमाणको रोहमा प्रस्तुत गरिने न्यायिक दृष्टिकोण (judicial opinion) निर्णायक हुने । (प्रकरण नं.१५) वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सन्तोष शर्मा एवं विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने तथा विद्वान् अधिवक्ता श्री पवन कुमार जायसवाल प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा, श्री सतिशकृष्ण खरेल र श्री सतिश कुमार झा अवलम्बित नजिर : ने.का.प.२०१८, अङ्क ४, नि.नं.१३१ ने.का.प.२०४९, अङ्क ४, नि.नं.४५२१ ने.का.प.२०५२, अङ्क ७, नि.नं.६०३२ ने.का.प.२०५५, अङ्क ६, नि.नं.६५५६ ने.का.प.२०५६, अङ्क १०, नि.नं.६८०५ ने.का.प.२०५८, अङ्क ३, ४, नि.नं.६९८४ ने.का.प.२०६४, अङ्क ८, नि.नं.७८७२ ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७४ ने.का.प.२०६७, अङ्क ६, नि.नं.८३८७ ने.का.प.२०७१, अङ्क २, नि.नं.९१२५ ने.का.प.२०७४, अङ्क १२, नि.नं.९९१३ ने.का.प.२०७७, अङ्क ८, नि.नं.१०५५५ ने.का.प.२०७८, अङ्क ८, नि.नं.१०७१९ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी अपराध संहिता, २०७४ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ प्रमाण ऐन, २०३१ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री अच्युत विष्ट सर्लाही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री हरिकुमार पोखरेल मा. न्यायाधीश श्री राजेन्द्रकुमार पोखरेल तत्कालीन श्री पुनरावेदन अदालत जनकपुर यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला न्या.कुमार रेग्मी : तत्कालीन पुनरावेदन अदालत जनकपुरबाट मिति २०७१।०१।१४ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतसमक्ष परेको पुनरावेदनउपर सुनुवाइ हुँदा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिचमा रायमा मतक्यै हुन नसकी राय बाझिएको हुँदा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(क) बमोजिम यस इजलाससमक्ष पेस हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड म निवेदक गाउँको समाजसेवी तथा स्वतन्त्र राजनीतिक व्यक्ति रहेको हुँदा मलाई बिगार्ने उद्देश्यले विपक्षीहरू आलिम खाँसमेतले मिति २०६६।०९।२८ को विहान मलाई अनाहकमा गालीगलौज गरेकोमा जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षा गरिपाउ