निर्णय नं. ११५०१ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५०१ - अंश दर्ता भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११ फैसला मिति :२०८१/०४/२४ ५२६ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना फैसला मिति : २०८१।०४।२४ ०७५-NF-०००२ मुद्दाः अंश दर्ता पुनरावेदक / प्रतिवादी : बारा जिल्ला, महेशपुर गाउँ विकास समिति, वडा नं. ७ हाल परिवर्तित कलैया उपमहानगरपालिका, वडा नं. २७ बस्ने तुलसी चौधरीसमेत विरूद्ध प्रत्यर्थी / वादी : बारा जिल्ला, महेशपुर गाउँ विकास समिति, वडा नं. ७ हाल परिवर्तित कलैया उपमहानगरपालिका, वडा नं. २७ बस्ने सुखल चौधरी थारू सगोलका परिवारमध्ये जुनसुकै अंशियारहरूको नाउँमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म उक्त सम्पत्तिमा सबै अंशियारहरूको अंश हक लाग्ने भन्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था मानो नछुट्टिई सगोलमा रहे भएका अंशियारहरूको हकसम्ममा आकर्षित हुने कानूनी प्रावधान हो । मानो छुट्टिई अलग भइसकेका अंशियारहरूले आफ्नो निजी तवरबाट आर्जन गरेको सम्पत्तिको हकमा समेत यस कानूनी व्यवस्था आकर्षित भई त्यस्तो निजी सम्पत्तिसमेत अंश भाग लाग्ने भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१५) दर्तावालाको नाममा रहेको सम्पत्ति आर्जन गर्दा परोक्ष श्रम र सहयोग सगोलमा रहेका परिवारका अन्य सदस्यको पनि रहन्छ भन्ने मान्यता नै अंशबन्डासम्बन्धी कानूनी व्यवस्थाको मूल मर्म हुने । आर्जनमा आफ्नो कुनै सहभागिता र योगदान नै नरहेको सम्पत्ति अंशबन्डाको रूपमा अंशभाग पाउनुपर्छ भन्न तर्कसङ्गत नहुने । (प्रकरण नं.१६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री केदारप्रसाद दाहाल तथा विद्वान् अधिवक्ताहरू श्री थीरबहादुर कार्की, डा. श्री नेवल चौधरी र श्री सुजित कुमार भुजेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री उपेन्द्रकेशरी न्यौपाने र श्री श्यामसुन्दर मान श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री दामोदर पौडेल अवलम्बित नजिर : ने.का.प.२०४५, अङ्क ८, नि.नं.३५३६ ने.का.प.२०४५, अङ्क १०, नि.नं.३६१४ ने.का.प.२०५०, अङ्क १, नि.नं.४६७९ ने.का.प.२०५२, अङ्क २, नि.नं.५०४७ ने.का.प.२०५४, अङ्क ३, नि.नं.६३२९ ने.का.प.२०६६, अङ्क ९, नि.नं.८२२७ ने.का.प.२०६७, अङ्क १, नि.नं.८२९३ ने.का.प.२०६७, अङ्क २, नि.नं.८३०९ ने.का.प.२०७३, अङ्क ८, नि.नं.९६५२ सम्बद्ध कानून : यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः- माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला न्या.डा.मनोजकुमार शर्मा : यस अदालतको संयुक्त इजलासबाट मिति २०७४।१०।१५ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) बमोजिम पुनरावलोकनको अनुमति प्राप्त भई यस इजलाससमक्ष पेस हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड पोछन चौधरीको २ छोरामा जेठो जमदार खाँ कान्छो म सुखल चौधरी भई जमदार र निजको पत्नी गंगियाबाट ३ छोरामा क्रमशः विपक्षी तुलसी चौधरी, बलिराम चौधरी र परशुराम चौधरी हुन् । विपक्षी बलिराम चौधरीका छोरा विपक्षी रविन्द्र चौधरी हुन् । मेरो माता पिता धेरै वर्षअघि स्वर्गवास भइसकेका छन् । विपक्षीहरू मेरो दाजु भाउजू भतिजा भतिजा बुहारी नाति नाताका हुन् । हामीबिच अंशबन्डा नभई सगोलमै बसी आएकोले मूल अंशियार म र प्रतिवादी जमदार खाँ थारू २ जना हौँ । मेरो परिवार वृद्धि हुँदै स-सानो कुरामा विवाद हुँदा २०६१ साल