निर्णय नं. ११५०२ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५०२ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११ फैसला मिति :२०८१/१०/२० २३२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नृपध्वज निरौला आदेश मिति : २०८१।१०।२० ०८१-WO-०६०४ विषय: उत्प्रेषणसमेत रिट निवेदक : झापा जिल्ला साबिक गरामनी गा.वि.स. वडा नं. ८ हाल परिवर्तित बिर्तामोड नगपालिका वडा नं. ९ स्थायी घर भई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरमा निर्देशक पदमा कार्यरत महेश्वर आचार्यको छोरा टैलेन्द्र आचार्य विरूद्ध विपक्षी : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत सामान्यतया प्रत्यायोजित विधायनको पुनःप्रत्यायोजन नहुने । प्रत्यायोजित विधायन विधायिकाले बनाएको कानूनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही प्रत्यायोजित अख्तियारी र सर्तमा मात्रै सीमित रही बनाउनुपर्ने । अधिकार नरहेको विषयमा क्षेत्राधिकार ग्रहण गरी गरेको कार्यले कानूनी हैसियत प्राप्त गर्न नसक्ने । अधिकार भएको व्यक्ति वा निकायले कानूनले तोकेको भन्दा बढी अधिकार प्रयोग गर्नु वा अधिकारको सीमाभन्दा बाहिर गई कार्य गर्नु अधिकार क्षेत्रको त्रुटि हुने । जुनसुकै प्रयोजनका लागि भएपनि प्रत्यायोजित प्रबन्धको अधिक प्रयोगलाई उपयुक्त मान्न नसकिने । ऐनद्वारा प्रत्यायोजित विधायिकी अधिकारको प्रयोग गरी नेपाल सरकारले नियमावली बनाउँदा मातृ ऐन (parent act) को प्रावधानविपरीत हुनु नहुने । परिषद्ले बनाई सम्बन्धित मन्त्रालयबाट स्वीकृत गर्नु गराउनुपर्ने विनियम पनि मातृ ऐन र नियमको सीमा बाहिर गई निर्माण हुन नसक्ने । (प्रकरण नं.१५) रिट निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू डा. श्री चन्द्रकान्त ज्ञवाली, श्री भीमार्जुन आचार्य, डा. श्री दिनमणी पोखरेल र विद्वान् अधिवक्ता श्री लोकमणी पोखरेल विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री लोकराज पराजुली र विद्वान् उपन्यायाधिवक्ता श्री रक्षा ज्ञवाली तथा विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री टिकाराम भट्टराई, श्री मुकुन्द शर्मा पौडेल, श्री सानुराज पोखरेल तथा विद्वान् अधिवक्ताहरू डा. श्री मधुसुदन न्यौपाने, श्री शशिनाथ मरासिनी र श्री दीपक राई अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ आदेश न्या.नृपध्वज निरौला : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् निर्णय यसप्रकार छ:- रिट निवेदनको सङ्क्षिप्त बेहोरा म निवेदक महेन्द्र रत्न मा.वि. अनारमनी झापाबाट एस.एल.सी, रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता र Major English मा प्रविणता प्रमाणपत्र, रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक तथा स्नातकोत्तर, त्रि.वि. किर्तिपुरबाट समाजशास्त्रमा स्नातकोत्तर, त्रि.वि. र रत्नराज्य लक्ष्मी क्याम्पसबाट Mass Communication and Journalism मा स्नातकोत्तर, Everest Theological Institute, Kathmandu बाट Master of Divinity, र त्रि.वि. नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजम मेनेज्मेन्टबाट MTTM मा स्नातकोत्तरसम्मको अध्ययन गरेको छु । म निवेदक मिति २०५४।४।७ देखि २०५६।८।२४ सम्म पोखरा पर्यटन ताल केन्द्र, पोखरामा प्रशिक्षक पदमा कार्यरत रहेको, मिति २०५६।८।२५ देखि २०५९।११।३० सम्म धवलागिरी प्रा.शि, लेते मुस्