निर्णय नं. ११५०३ - झुट्टा विवरण पेस गरी नागरिकता लिई किर्ते गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५०३ - झुट्टा विवरण पेस गरी नागरिकता लिई किर्ते गरेको भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११ फैसला मिति :२०८०/०१/२४ २६४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०८०।०१।२४ ०७१-CR-०२५० मुद्दाः झुट्टा विवरण पेस गरी नागरिकता लिई किर्ते गरेको । पुनरावेदक / वादी : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला सिपाली चिलाउने गा.वि.स. वडा नं. ८ बस्ने हुतराज उप्रेतीको छोरा खड्गराज उप्रेती कानून प्रतिकूल तवरबाट नागरिकताको प्रमाणपत्र तयार गरी राहदानी लिने कार्यमा प्रयोग गरेको अवस्थामा नागरिकता रद्द भइसकेको भन्ने आधारमा नै प्रतिवादीलाई सफाइ दिन नमिल्ने । कसुरजन्य कार्य भएको अवस्थामा सोबापत कानूनबमोजिमको फौजदारी दायित्व प्रतिवादीले बेहोर्नु नै पर्ने । किर्ते गरी बनाएको नागरिकताको प्रमाणपत्र रद्द गरिनु स्वाभाविक कानूनी प्रक्रिया हुँदा किर्ते गरी बनाइएको नागरिकता रद्द भएको कारणबाट किर्ते गर्ने प्रतिवादीलाई कसुरबाट उन्मुक्ति प्राप्त हुन नसक्ने । किर्ते नागरिकता प्रयोग गरी राहदानी लिएको देखिँदा यसलाई झुट्टा विवरण पेस गरी राहदानी लिएको मान्नुपर्ने । नागरिकताको प्रमाणपत्र सरकारी कागज भएको र त्यस प्रकारको सरकारी कागजमा रहेको बेहोरा विगारी आफूखुसी प्रतिवादीले थपघट गरेको हुँदा यसलाई सरकारी कागज किर्ते गरेको कसुरसमेत मान्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठ प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री दिपेन्द्र रञ्जित अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल नागरिकता ऐन, २०६३ राहदानी ऐन, २०२४ सुरू तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री लेखनाथ रेग्मी काभ्रेपलाञ्चोक जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय पुनरावेदन अदालत पाटन फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम यस अदालतमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्यगत बेहोरा मेरो नामको १८३४ नं. को नागरिकता हराएकोले सोको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय काभ्रेमा आएकोमा सो नम्बरको नागरिकता खड्गराज उप्रेतीले लिएको भन्ने जानकारी पाएकोले निज खड्गराजलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्ने बेहोराको दीर्घप्रसाद उप्रेतीको निवेदन । मेरो नामको ३५४१३/५७२ नं. को नागरिकता हराएकोले जिल्ला प्रशासनमा सोको प्रतिलिपि लिन आउँदा रेकर्ड फेला नपरेकोले मेरो दाजु दीर्घप्रसाद उप्रेतीको नामको नागरिकताको प्रतिलिपि लिई राहदानीसमेत लिएको हो भनी खड्गराज उप्रेतीले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा गरेको बयान । मेरो नामको ३५४१३/५७२ नं. को नागरिकता लिई सो नागरिकताबाट राहदानी लिई सिंगापुर गएको र विना भिषा ४ वर्ष बसेकोले राहदानीमा रातो छाप लगाई दिएकोले पुनः मेरो दाजु दीर्घप्रसाद उप्रेतीको नामको नागरिकताको प्रतिलिपि लिई राहदानीसमेत लिएको हो भनी खड्गराज उप्रेतीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान । मेरो नामको १८३४ नं.को नागरिकताको प्रतिलिपि मेरो भाइ खड्गराज उप्रेतीले लिई दीर्घप्रसाद उप्रेतीको बिचको “प्रसाद” मेटी “राज” ल