निर्णय नं. ४३६५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३६५ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/०३ ३०५० निर्णय नं. ४३६५ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४८ सालको रिट नं. १४९४ आदेश भएको मिति: २०४८।९।३।४ मा निवेदक : जि.लमजुङ सूर्यपाल गा.वि.स. वडा नं. ६ बस्ने शिव कार्की विरुद्ध विपक्षी : त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालयसमेत विषय : उत्प्रेषण (१) त्रि.वि.वि.द्वारा संचालन हुने कुनै पनि परीक्षामा आउँदो तीन वर्षसम्म सम्मिलित हुन नपाउने गरी निष्काशित गर्ने गरी थप सजायँ गर्नलाई अभद्र व्यवहार (साविक पेज नं. ५२६) गरेको भन्ने कारण दर्शाइएको छ, यसरी अभद्र व्यवहार भन्नाले के कस्तो किसिमको काम निवेदक समेतबाट हुन गयो जसबाट अभद्र व्यवहार हुन गयो सो निश्चित रुपमा परीक्षा समितिको निर्णयमा खुलेको पाइँदैन, थप सजायँ गर्नलाई किटानी मनासिब तथा पर्याप्त कारण उल्लेख हुनु पर्ने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री भगवान गुरुङ विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री कृष्णकान्त ज्ञवाली आदेश न्या.हरगोविन्द सिंह प्रधान १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. म निवेदक लमजुङ जि. मंगला मा.वि. स्वती पसलबाट मिति २०४४ मा उच्च शिक्षा अध्ययनको लागि रत्नराज्य लक्ष्मी क्याम्पस भृकुटी मण्डप काठमाडौंमा भर्ना भई अध्ययन गर्दै आएको थिएँ । २०४५ सालमा मैले सर्टिफिकेट लेभलको प्रथम वर्षको वार्षिक परीक्षामा र मिति ०४७।९।६ गते देखि २३ गतेसम्म द्वितीय वर्षको परीक्षामा सम्मिलित भई सन्तोषजनक रुपमा परीक्षा दिएको थिएँ र प्रथम खण्डको वार्षिक परीक्षा नतीजामा कूल ५ विषय मध्ये ४ विषय उत्तीर्ण भई १ विषय अंग्रेजीमा फेल भई पुनः परीक्षाको फर्म भरेको थिएँ । साथै द्वितीय वर्षको परीक्षा मिति २०४७ साल पौष छ गते देखि इन्जिनीयरिङ अध्ययन संस्थानमा परीक्षा केन्द्र सञ्चालन भई मिति २०४७ पौष ६ गते अनिवार्य अंग्रेजी, पौष ८ गते अनिवार्य नेपाली, पौष ९ गते पत्रकारीता, पौष ११ गते नेपाल परिचय, पौष १६ गते मेजर अंग्रेजी, पौष २३ गते राजनीति शास्त्रको परीक्षाहरुमा परीक्षार्थीहरुले पालना गर्नु पर्ने नियम निर्देशन र अनुशासनको परिधि भित्र नै सीमित रही मैले सम्पूर्ण परीक्षा सन्तोषजनक रुपमा दिएको थिएँ । उक्त समय र मितिमा सो परीक्षा केन्द्रमा म बाट त्यस्तो नियम निर्देशन र अनुशासनको उल्लंघन भएको छ भन्ने कुरा मैले आभाषसम्म पाउन नसकी नियमित रुपमा परीक्षा समाप्त गरी परीक्षा फलको प्रतिक्षा रहेकोमा पछि परीक्षाफलको नतिजा प्रकाशित हुँदा सो नतिजा हेर्न जाँदा त्रि.वि.वि.परीक्षा नियन्त्रण कार्यालय जमलका परीक्षा नियन्त्रकले मेरो परीक्षा नम्बर ३५६४१ का परीक्षार्थी समेतका परीक्षार्थीहरुले अनियमित, अभद्र व्यवहार गरेको हुँदा त्रि.वि.वि.द्वारा सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी यस वर्षको परीक्षा तथा आउँदो तीन वर्ष समेत जम्मा ४ वर्षको लागि निष्काशित गरिएको छ भनी उल्लेख गरी मिति २०४८।१।१३ मा सम्बन्धित क्याम्पसमा पठाएको रहेछ । सो कुरा मैले आफ्नो क्याम्पसमा गई उक्त पर्चाको फोटोकपी नक्कल लिएपछि मात्र थाहा पाउँ । उक्त निर्णयबाट मेरो नेपाल अधिराज्यको संविधान, २०४७ ले निर्दिष्ट गरेको मौलिक एवं कानुनी हक आघातित हुन गएकोले सो न