निर्णय नं. ११५०४ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५०४ - सवारी ज्यान भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११ फैसला मिति :२०८०/११/२० ५९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८०।११।२० ०७६-CR-०८६८ मुद्दाः- सवारी ज्यान पुनरावेदक / वादी : गोपाल लामिछानेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, चन्द्रगिरी नगरपालिका वडा नं. ६ थानकोट चेकपोष्ट बस्ने बुलाल मानन्धर लापरवाही गरी सवारी चलाउँदा कसैको ज्यान जानसक्ने अवस्थाको जानकारी चालकमा हुनु र सो हुँदासमेत उचित सावधानी नअपनाउनुलाई लापरवाहीपूर्ण सवारी चलाएको मानिने । सवारी लापरबाही साथ चलाएको हो कि होइन भन्ने तथ्यको निर्क्यौल सवारीको गति, बाटोको अवस्था, चालकको अवस्था (मादक पदार्थ सेवन, सवारी चालक अनुमतिपत्र भए नभएको), सवारीको यान्त्रिक अवस्था जस्ता मानकहरूमा आधारित भएर गर्नुपर्ने । यिनै मानकहरूको आधारमा टेकेर प्रतिवादीको कसुर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) वा १६१(३) अन्तर्गतको हो भनी न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कल्पना राई प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कुमारप्रसाद आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री चित्रबहादुर गुरूङ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल माननीय न्यायाधीश श्री कृष्णबहादुर थापा उच्च अदालत पाटन फैसला न्या.सुनिलकुमार पोखरेल : उच्च अदालत पाटनको फैसलाउपर मुद्दा दोहोर्याई पाउँ भनी परेको निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम यस अदालतबाट अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०७३।१०।१८ गते दिउँसो १६:१५ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ वनस्थली स्थित पूर्व पश्चिम बालाजु चोकदेखि स्वयम्भूतर्फ आउने जाने पक्की सडक, उत्तरमा ग्लोवल आइ.एम.ई. बैंक र दक्षिणमा खाली जग्गा तथा एसियन पसल यति चार किल्लाभित्र पर्ने सार्वजनिक स्थान सडक रहेको, सो सडकको पूरा चौडाइ ४० फिट रहेको सो सडकको आधा भाग २० फिट रहेको सो सडकको दक्षिणतर्फको किनारबाट १२ फिटबिच भागमा बा ४ख १६७० नं. को ट्रिपर तथा ४ फिट टायरको डाम रहेको, सो सडकको दक्षिण किनारबाट १० फिटबिच भागमा बा ४७ प ८३१७ नं. को युनिकन मोटरसाइकल रहेको, उक्त ट्रिपर चालक, ट्रिपर तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई लगेको भन्ने घटना मुचुल्का । मिति २०७३।१०।१८ गते दिउँसो १६:१५ बजेको समयमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६ वनस्थली स्थित सडक खण्डमा रेडियम लामिछानेले चलाएको बा ४७ प ८३१७ नं. को मोटरसाइकललाई बा ४ ख १६७० नं. को ट्रिपरले ठक्कर दिँदा सख्त घाइते भएको भन्ने यस कार्यालयमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली उक्त स्थानमा गई घाइतेलाई तत्काल उपचारको लागि अस्पतालतर्फ पठाई उक्त ट्रिपर चालक बुलाल मानन्धर र ट्रिपर तथा मोटरसाइकलसहित पक्राउ गरेको भन्ने प्रहरी प्रतिवेदन । मृतक रेडियम लामिछानेको मुख चिउँडोमा काटिएको छातिको पछाडिको भाग र खुट्टामा ददारिएको डाम तथा चोट रहेको, दायाँ हातको कुइनाबाट हाडको जोर्नी जस