निर्णय नं. ११५०६ - उत्प्रेषण परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११५०६ - उत्प्रेषण परमादेशसमेत भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११ फैसला मिति :२०८१/१०/१४ २९२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल आदेश मिति : २०८१।१०।१४ ०७७-WO-०५६३ विषयः- उत्प्रेषण परमादेशसमेत निवेदक : भाजुमान गोसाईको नाति मोहनारायण गोसाईको छोरा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. २ को परिवर्तित भक्तपुर नगरपालिका वडा नं. ८ बस्ने बुद्धिकुमार गोसाईसमेत विरूद्ध विपक्षी : सर्वोच्च अदालत, रामशाहपथ, काठमाडौंसमेत न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को पहिलो वाक्यको बनावट (construction) लाई दोस्रोले, दोस्रोलाई तेस्रोले स्पष्टता दिएको देखिने । उक्त दफा ११ लाई समाञ्‍जस्यपूर्ण तरिकाबाट व्याख्या (harmonious interpretation) गरिनुपर्ने । कानूनको परिवर्तित सन्दर्भ र संशोधनको मर्मलाई पनि बुझ्नुपर्ने । (प्रकरण नं.१०) पुनरावलोकनको निमित्त पहिले फैसला भन्नाले सर्वोच्च अदालतको संयुक्त इजलासमा बसी आफैँले गरेको फैसलाउपरको पुनरावलोकनमा अनुमति दिन वा नदिन र अनुमति भएकोमा पछि अनुमति दिने न्यायाधीशले पुनरावलोकनउपर सुनुवाइ गर्न नमिल्ने भन्नुको उद्देश्य आफूले गरेको फैसला आफैँले पुनरावलोकन गर्न नपाउने । पुनरावलोकनलाई दोहोर्‍याई पाउँ र पुनरावेदनको रोहमा हेर्दा मुद्दा हेर्न मिल्ने नमिल्ने सन्दर्भमा फरक दृष्टिकोणबाट नै हेर्नुपर्ने । यस अघिको कानूनी व्यवस्थाले आफ्नो फैसलाको पुनरावलोकन आफैँ गर्ने अवधारणाबाट परिवर्तित प्रावधानले आफ्नो फैसला आफैँ पुनरावलोकन नगर्ने अवधारणामा पुगेको हो । पहिला फैसला गर्ने न्यायाधीशबाहेक अन्य न्यायाधीशबाट अनुमति प्रदान गर्ने वा नगर्ने आदेश गर्नुपर्ने छ भन्नुको अर्थ आफ्नो फैसलालाई आफैँले पुनरावलोकन गर्न नपाउने अर्थमा नै बुझ्नुपर्ने । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री बालकृष्ण न्यौपाने, श्री देवेन्द्र झा, श्री सुरेन्द्र कुमार महतो, श्री सुरेन्द्र भण्डारी र श्री ज्ञानेन्द्र पोखरेल तथा विद्वान्‌ अधिवक्ताहरू श्री राम प्रसाद प्रजापती, श्री काशी प्रसाद घिमिरे, श्री जिवन कुमार थापा र श्री देवेन्द्र प्रसाद मैनाली विपक्षीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता थी हरिहर दाहाल र विद्वान्‌ अधिवक्ता चन्द्रमणी पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान नेपालको अन्तरिम संविधान, २०६३ नेपाल अधिराज्यको संविधान, २०४७ न्याय प्रशासन ऐन, २०७३ र २०४८ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६, र १३३(२) (३) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनसहितको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार रहेको छः- तथ्य खण्ड विपक्षीमध्येका वादी गणेशकुमार गोसाई र कृष्णकुमार गोसाई र प्रतिवादी रिट निवेदकमध्येको म बुद्धिकुमार गोसाईबिच मिति २०३५।४।१० लाई मानो छुट्टिएको मिति कायम गरी मिति २०३७।५।२५ मा घर सारको बन्डापत्र भई अलग अलग बसी आएको अवस्थामा विपक्षीमध्येका गणेशकुमार गोसाई र कृष्णकुमार गोसाईले निवेदकमध्येको म बुद्धिकुमार गोसाईउपर मिति २०५२।११।२५ मा भक्तपुर जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकोमा उक्त गणेशकुमार गोसाईसमेत वादी र प्रतिवादी बुद्धिकुमार गोसाईसमेत भएको अंश चलन मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०३५।४।१० लाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग भई वादीले ३ भागको २ भाग अंश छुट्याई पाउने ठहरी मिति २०५५।