निर्णय नं. ११५०९ - लिखत दर्ता बदर, बदर पूर्ववत् कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५०९ - लिखत दर्ता बदर, बदर पूर्ववत् कायम भाग: ६७ साल: २०८२ महिना: फागुन अंक: ११ फैसला मिति :२०८०/१०/२४ ६७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८०।१०।२४ ०७९-CI-०४४३ मुद्दा : लिखत दर्ता बदर, बदर पूर्ववत् कायम पुनरावेदक / प्रतिवादी : स्व. अम्बिका प्रसाद गौतमकी बुहारी स्व. माधव प्रसाद गौतमकी पत्नी साबिकमा निवेदक जि.धनुपा गणेशमान चारनाथ न. पा. वा. न. ७ स्थायी घर भई हाल का.जि.का.म.पा. वडा नं. ४ मा बसाइँ सरेर स्थायी रूपमा बस्ने वर्ष ६९ की सावीत्री देवी गौतमसमेत विरूद्ध प्रत्यर्थी / वादी : स्व. माधव गौतमको नाति स्व. पंकज गौतमको छोरा नाबालक आयान गौतमको हकमा समेत स्व. माधव प्रसाद गौतमकी बुहारी स्व. पंकज गौतमकी पत्नी धनुषा जिल्ला गणेशनाम चारनाथ नगरपालिका वडा नं.७ घर भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका साबिक वडा नं.३५ हाल वडा नं.३२ बस्ने वर्ष ३७ की निता उपाध्याय गौतम हदम्यादसम्बन्धी कानूनी व्यवस्था व्यक्तिको विश्रान्ति (repose), निश्चितता (certainty), जोखिमविहीनता (risk free), प्रमाण फेरबदलबाट बचावट (prevention from distortion of evidences), अरूको हकको संरक्षण (protection of equitable rights of others) जस्ता अहम् सवालहरूको परिणति स्वरूप अदालतले न्याय सम्पादन गर्न प्रतिपादन गरेको सिद्धान्त एवम् कानूनी व्यवस्था हुन् । आफ्नो अधिकारप्रति सजग रहने व्यक्तिलाई नै अदालतले सहयोग गर्न सक्ने । न्यायले जागरूक हुनेलाई सहयोग गर्दछ तर सुताहालाई होइन (justice aids to the vigilant and not to the slumber) भन्ने न्याय सम्पादनको मूलभूतः मान्यता रही आएकोले लापरवाहीको दुष्परिणाम पक्ष आफैँले भोग्नुपर्ने । हदम्याद, हकदैया, क्षेत्राधिकार जस्ता विषय अदालत प्रवेश गर्दा प्रथम सर्त भएकाले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ४७ ले हदम्यादको कठोर व्यवस्था एवं हदम्यादसम्बन्धी प्रश्नको निरूपण प्रार्म्भिक सुनुवाइमा नै गर्नुपर्ने भन्ने संहिताको दफा १३१ एवम् दफा १३२ का व्यवस्थाहरू यिनै न्यायका मान्य सिद्धान्तहरूको परिमार्जित र परिस्कृत कानूनी व्यवस्थाहरू हुन । (प्रकरण नं.९) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री विजय कुमार मिश्र र अधिवक्ता श्री वसन्त गौतम प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान् अधिवक्ता श्री तेजबहादुर कटुवाल अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ११, नि.नं.८२५५ ने.का.प.२०४३, अङ्क ३, नि.नं.२६५८ ने.का.प.२०३०, अङ्क १, नि.नं.७४७ सम्बद्ध कानून : मुलुकी देवानी कार्यविधि संहिता, २०७४ न्याय प्रशासन ऐन, २०७३ सुरू तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री बासुदेव पौडेल धनुषा जिल्ला अदालत पुनरावेदन तहको फैसला गर्ने : माननीय न्यायाधीश श्री हरिप्रसाद वाग्ले माननीय न्यायाधीश श्री रमेश ढकाल उच्च अदालत जनकपुर फैसला न्या.डा.कुमार चुडाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) (क) (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पर्न आएको निवेदनमा दोहोर्याई हेर्ने अनुमति प्रदान भई भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः मुद्दाको संक्षिप्त तथ्य मूल पुरूष अम्विका प्रसाद गौतमको चार छोराहरूमध्ये साहिँलो माधव गौतम र निजको पत्नी सावित्रीदेवी गौतम हामी फिरादीहरूको हजुरआमा तथा सासू हुनुहुन्छ । निजहरूको