निर्णय नं. ११५११ - उत्प्रेषण, परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११५११ - उत्प्रेषण, परमादेशसमेत भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०८२/०१/०४ ३५६ सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना माननीय न्यायाधीश श्री नित्यानन्द पाण्‍डेय फैसला मिति : २०८२।०१।०४ ०८१-WF-००१२ विषय : उत्प्रेषण, परमादेशसमेत निवेदक : भोजपुर जिल्ला, टेम्केमैयुङ गाउँपालिका, वडा नं. २ घर भई नेपाल सरकार परराष्ट्र मन्त्रालयको मिति २०७३।०७।०२ को निर्णय र सोही मितिको पत्रबाट नेपाल परराष्ट्र सेवा, रा.प. तृतीय श्रेणीको शाखा अधिकृत पदमा नियुक्ति पाई हाल परराष्ट्र मन्त्रालय, सिंहदरबारमा रा.प. तृतीय श्रेणीको शाखा अधिकृत पदमा कार्यरत एशु बस्नेतसमेत विरूद्ध विपक्षी : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत लोक सेवा आयोगले सञ्‍चालन गर्ने प्रतियोगितात्मक परीक्षामा सामेल उम्मेदवारहरू अनिवार्य रूपमा उत्तीर्ण हुन्छन् र उम्मेदवार बहाल रहेको पद रिक्त हुन्छ भनी अनुमान गरी सो पदलाई समेत रिक्त पद गणना गर्नु कानूनसम्मत एवं व्यावहारिक नहुने । प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने सहसचिव पदमा कथम्‌कदाचित् कुनै प्रतियोगी उत्तीर्ण हुन नसकेको कारणवश निर्धारित मितिमा परीक्षा हुन नसकेमा पनि उपसचिवको पद रिक्त नहुने अवस्थामा अनुमान गरी माग गरिएको उपसचिव पदमा समेत पदस्थापन गर्न कठिनाई तथा कानूनी जटिलता सिर्जना हुने । आन्तरिक प्रतियोगितात्मक परीक्षामा पनि उम्मेदवारहरू निश्‍चित रूपमै उत्तीर्ण हुने अनुमान गरी ती पदहरू पनि स्वतः रिक्त हुने मानी विज्ञापनमा समावेश गरी पदपूर्तिको सूचना प्रकाशन गर्नुपर्छ भन्‍न कानूनसम्मत नहुने । (प्रकरण नं.७) निजामती सेवा ऐन, २०४९ को दफा ७ मा बढुवाको संरचनाभित्र ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कन, कार्यक्षमताको मूल्याङ्कन तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवासमेत तीनै किसिमको बढुवासमेत समावेश हुने देखिए पनि कार्यविधिगत रूपमा यी तीन किसिमको बढुवामा आधारभूत अन्तर देखिने । खास गरी आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवामा लिखित तथा अन्तर्वार्तासहितको प्रतिष्पर्धात्मक परीक्षाद्वारा उम्मेदवारको क्षमता परीक्षण गरी न्यूनतम उत्तीर्णाङ्क प्राप्‍त गर्ने व्यक्ति मात्र योग्यताक्रमको आधारमा बढुवाको लागि योग्य मानी सिफारिस गरिने परीक्षा विधिबाट परीक्षा लिँदा रिक्त संख्याका सबै पदमा सहभागी उम्मेदवारहरू उत्तीर्ण भई पदपूर्ति हुन्छ नै भनी यकिनसाथ भन्न नसकिने । (प्रकरण नं.१२) निजामती सेवा ऐन, २०४९ को ७क. मा रहेको कानूनी व्यवस्थाको व्याख्या गर्दा निजामती सेवामा हाल कायम रहेका दश वटा सेवामध्येको एक नेपाल परराष्ट्र सेवाको हकमा एउटा अर्थ र अन्य नौ वटा सेवाको हकमा अर्को अर्थ हुने गरी प्रयोग र व्याख्या गर्नु उचित र तर्कसङ्गत नहुने । (प्रकरण नं.१४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिप्रसाद उप्रेती, श्री विजयकान्त मैनाली, श्री गोविन्द शर्मा बन्दी एवं विद्वान् अधिवक्ताहरू श्री तेजबहादुर कार्की, श्री नारायणप्रसाद पराजुली, श्री सुजना पोखरेल र श्री अर्जुन पौडेल विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री लोकराज पराजुली, विद्वान् उपन्यायाधिवक्ताद्वय श्री सुशिला ज्ञवाली र श्री रक्षा ज्ञवाली अवलम्बित नजिर : ने.का.प.२०६८, अङ्क ११, नि.नं.८७२० सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ यस अदालतबाट आदेश गर्ने न्य