निर्णय नं. ११५१२ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५१२ - अंश चलन भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०८१/११/११ ५८८ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश डा. श्री नहकुल सुवेदी माननीय न्यायाधीश श्री टेकप्रसाद ढुङ्गाना माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८१।११।११ ०७३–ल्ँ–००१५ मुद्दाः अंश चलन पुनरावेदक / प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. ४ हाल ऐ.ऐ. वडा नं. ३ बस्ने धनमान सिंह बस्नेत विरूद्ध प्रत्यर्थी / वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २७ घर भई हाल सप्तरी जिल्ला, राजविराज नगरपालिका वडा नं. ८ बस्ने अयोध्यादेवी बस्नेतको मुद्दा सकार गर्ने ऐ.ऐ. बस्ने उत्तमकुमार सिंह बस्नेत नाता पुस्तामा विवाद नहुनु वा अंशबन्डा गर्नुपर्ने नाता सम्बन्धको व्यक्ति हुनु भनेको नै स्वतः अंश पाउने भनी अर्थ गर्न नमिल्ने । निजहरूबिच पहिले अंशबन्डा भई भिन्न भए नभएको यकिन हुनुपर्ने । (प्रकरण नं.३) व्यवहार प्रमाणको यकिन गर्ने विषय मुद्दाको तथ्य, सम्पत्तिको प्रकृति तथा वादी प्रतिवादीहरूको आचरण र व्यवहारलगायतका समग्र घटनाक्रम र परिस्थिति हेरी न्यायकर्ताले निर्क्यौल गर्ने विषय देखिने । कुनै निरपेक्ष नियम वा गणितीय सूत्रका रूपमा हेरिनु उचित नहुने । (प्रकरण नं.६) वतन फरक भएको भन्ने आधारमा मात्र बन्डा भएको निष्कर्षमा पुग्नु उचित नहुने, तथापि वादी प्रतिवादीहरू आफ्नो स्मृतिभन्दा पूर्व (तष्mभ ष्mmझयचष्ब)ि देखि नै पुस्तौनी फरक वतनमा बसोबास गर्दै आइरहेको भनी जिकिर लिएको अवस्थामा सो तथ्य पनि व्यवहार प्रमाणको दृष्टिले विचारणीय देखिने । (प्रकरण नं.७) समयको अस्वाभाविक अन्तराल पनि व्यवहार प्रमाणबाट बन्डा भए नभएको हेरिनुपर्ने अर्को महत्त्वपूर्ण पक्ष हुने । कानूनले अंशमा दाबी गर्नका लागि निश्चित हदम्याद निर्धारण नगरेको भए तापनि व्यवहार प्रमाणको दृष्टिले समयको अस्वाभाविक अन्तराल कतिपय अवस्थामा आफैँमा अलग व्यवहारको सजिव प्रमाण हुने । (प्रकरण नं.८) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा र श्री सुन्दरलाल चौधरी तथा विद्वान् अधिवक्ताद्वय श्री सुदिप पाठक र श्री कृष्ण थापा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री श्यामप्रसाद खरेल र श्री सतिशकृष्ण खरेल तथा विद्वान् अधिवक्ता श्री विदुर विक्रम थापा अवलम्बित नजिर : ने.का.प.२०१८, अङ्क ८, नि.नं.१५७ ने.का.प.२०४९, अङ्क ८, नि.नं.४५९९ ने.का.प.२०५३, अङ्क ११, नि.नं.६२९२ ने.का.प.२०६३, अङ्क ९, नि.नं.७७६१ ने.का.प.२०८०, अङ्क ३, नि.नं.११०४६ सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ भूमि सुधार ऐन, २०२१ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री सुष्मालता माथेमा काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री कृष्णप्रसाद बस्याल माननीय न्यायाधीश श्री हरिप्रसाद घिमिरे पुनरावेदन अदालत पाटन यस अदालतको संयुक्त इजलासबाट फैसला गर्नेः स.प्र.न्या.श्री रामकुमार प्रसाद शाह मा.न्या.श्री चोलेन्द्र शम्शेर ज.ब.रा. फैसला न्या.डा.नहकुल सुवेदी : यस अदालतको संयुक्त इजलासको मिति २०७२।०१।०६ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२)(ख) बमोजिम प्रतिवादीको यस अदालतमा परेको पुनरावलोकनको निवेदनउपर मिति २०७३।०६।१४ मा पुनरावलोकनको अनुमति प्रदान भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, ठहर एवं तपसिल यसप्रकार छः तथ्य खण्ड मूल पुर्ख