निर्णय नं. ११५१३ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११५१३ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७९/०९/१२ २८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।०९।१२ ०७८-WO-१५४४ विषय : उत्प्रेषणसमेत निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजु स्थित केन्द्रीय कार्यालय रही जी. फोर्स सेक्युरिटी प्रा.लि. विरूद्ध विपक्षी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३, ताहाचल स्थित सार्वजनिक खरिद पुनरावलोकन समितिसमेत राष्ट्र बैंक ऐन, २०५८ को दफा ५१ ले नेपाली रूपैयाँ १०० पैसामा विभाजित हुने भन्ने मौद्रिक इकाइको व्यवस्था गरेबाट दशलमवपछाडि रहने दुई अङ्कले पैसालाई मात्र इंगित गर्छ भन्न सकिने भए पनि बोलपत्रको रकम प्रस्तावित गर्दा दशमलवपछि दुईभन्दा बढी अङ्क उल्लेख गर्न पाइँदैन भनी व्यवस्था गरेको सम्झन नमिल्ने । राष्ट्र बैंकले नै समय समयमा जारी गरेको ट्रेजरी बिलमा पनि दशमलव पछाडि ४ अङ्क उल्लेख गर्ने गरेको देखिने । फेरि बोलपत्र पेस गर्ने र पेस भएका बोलपत्रको मूल्याङ्कनको आधार बोलपत्रको सूचनामा उल्लिखित सर्तहरू नै हुने । यदि दशमलवपछि यतिभन्दा बढी अङ्क उल्लेख गरेकोलाई मान्यता दिइने छैन भन्ने बोलपत्रको मनसाय र उद्देश्य रहेको भए सूचनामा सो सर्त स्पष्ट रूपमा उल्लेख भएको हुनुपर्ने । (प्रकरण नं.५) एकपटक सार्वजनिक सूचनाबाट सूचित भई सोलाई आधार बनाई सहभागी बोलपत्रदाताको बोलपत्र मूल्याङ्कन भइसकेपश्‍चात अन्य सर्त थप हुने अवस्था नहुने । पूर्वप्रकाशित सार्वजनिक सूचनामा हेरफेर गर्नु परेमा सोको जानकारी सार्वजनिक रूपमा नै हुनुपर्ने । सार्वजनिक निकाय र बोलपत्रदाता दुवैका लागि आह्वान गरिएको बोलपत्रका सर्त वा बन्देजहरूको कार्यान्वयन स्वेच्छिक नभई बाध्यकारी व्यवस्थाको रूपमा लिनुपर्ने । (प्रकरण नं.६) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू डा. श्री सुरेन्द्र भण्डारी र श्री रमेश बडाल विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली तथा विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री बद्रीबहादुर कार्की, श्री शम्भुकुमार थापा र श्री सतिशकृष्ण खरेल एवं विद्वान्‌ अधिवक्ताहरू श्री ललित बस्नेत, श्री विष्णु प्रसाद कंडेल श्री इन्दिरा कार्की, श्री बाबुराम दाहाल र श्री उज्वल घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : राष्ट्र बैंक ऐन, २०५८ आदेश न्या.तिलप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ एवं धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र यस अदालतको आदेश यस प्रकार छः- रिट निवेदनको संक्षिप्त तथ्य राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय कार्यालयले मिति २०७८।१२।४ मा दैनिक ८ घण्टाका लागि ५५० जना र दैनिक १२ घण्टाका लागि ३०० जना गरी कुल ८५० जना सुरक्षा गार्ड आपूर्ति सम्बन्धमा RBBL/GSD/NCB/GUARD-८५०/०७८-७९ को बोलपत्र आह्वान गरेको थियो । निवेदक जि.फोर्स सेक्युरिटीसमेतका ९ वटा कम्पनीहरू बोलपत्रमा सहभागी भएका थियौँ । यसरी पेस भएको बोलपत्रको मूल्याङ्कन गरी जि. फोर्स सेक्युरिटी प्रा.लि.लाई न्यूनतम सारभूत रूपमा प्रभावग्राही बोलपत्रदाता भनी बोलपत्र मूल्याङ्कन समितिले सिफारिस गरेको र यसरी छनौट भएको आशयको सूचना मिति २०७९।२।५ मा प्रकाशित गरेको थियो । यस सम्बन्धमा विपक्षी गरूड सेक्युरिटि प्रा.लि. ले पुनरावलोनको लागि राष्ट्रिय वाणिज्य बैंकमा निवेदन दिए पनि पुन