निर्णय नं. १५६७ - अवहेलना

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५६७ - अवहेलना भाग: २४ साल: २०३९ महिना: असोज अंक: ६ फैसला मिति :२०३९/०६/०८ ४६८८ निर्णय नं. १५६७ ने.का.प. २०३९ अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३९ सालको फौज्दारी विविध नम्बर १७९ फैसला भएको मिति : २०३९।६।८।६ मा निवेदक/वादी : बागमती अञ्चल का.जि.ज्ञानेश्वर बस्ने कर्ण शमशेर राणा विरुद्ध विपक्षी/प्रतिवादी : बागमती अञ्चल का.जि.का.न.पं.वडा नं.१७ कालधारा बस्ने अधिवक्ता प्रकाश वस्ती मुद्दा : अवहेलना (१) कुनै कार्य वा प्रकाशन अवहेलनाजनक छ वा छैन सो कार्य वा प्रकाशनमा व्यक्त भएका कथनबाट नै अवहेलनाजनक छ वा छैन विचार गरिन्छ, अवहेलनाजनक मनसाय छ वा छैन त्यो कुराको विचार गरिन्न । अवहेलनाको कारवाईमा अवहेलनाजनक मनसायको अभावको तर्क ग्राह्य हुन सक्ने देखिन्न । ( प्रकरण नं. ५२) (२) थोरै सजायको आदेश दिँदा पनि न्यायको मकसद पुरा हुन सक्ने । (प्रकरण नं. ५९) निवेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह, विदान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान, विद्वान वरिष्ठ अधिवक्ता श्री जनकराज्य लक्ष्मीदेवी शाह विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रमानन्दप्रसाद सिंह, विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली, विद्वान व.अ.श्री कुसुम श्रेष्ठ उल्लिखित मुद्दा :  फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. अवहेलनाको विषय हो –पैरवी नामक त्रैमासिकको बर्ष १ अंङ्क १ मा प्रकाशित श्री प्रकाश वस्ती लिखित लेख “सन्दर्भ एक चर्चित मुद्दाको” । २. निवेदकको मूल जिकिर अनुसार सो लेखमा सर्वोच्च अदालतका माननीय न्यायाधीशज्यूहरुले मुद्दामा कारवाई किनारा गरेको विषयलाई लिएर आलोचना गरेको सार्वजनिक महत्वको विषय देखिएको, सो लेखमा फुलबेञ्चको निर्णयलाई व्यंग गर्दै, न्यायाधीशलाई कानून भन्दा माथि महसूस गर्ने, कानूनको मर्यादा र सीमा रेखा नाघेर काम गर्ने, अदालतबाट भएको काम कारवाईमा न्यायिक अराजकताको सूत्रपात गर्ने आरोप लगाएकोबाट सर्वसाधारणको अदालत प्रतिको आस्थामा हृास उत्पन्न गरेको छ । ३. प्रतिवादी जिकिर निम्न अनुसार भएको देखिन्छ : लेखमा अदालतको अवहेलनाको कुनै तत्व, अवस्था र तथ्य सन्निहित छैन । न्यायपालिका प्रतिको जनआस्था कुठाराघात गर्न घटाउन, धुमिल गर्न र खलबल्याउन लेख लेखिएको होइन, न त कुनै माननीय न्यायाधीश वा सम्ममाननीय प्रधान न्यायाधीश प्रति कटु आलोचना गर्न र होच्याउन लेख उत्प्रेरित रहेको छ । ४. यसो पनि ठिक उसो पनि ठीक जे जस्तो भए पनि हुन्छ, जे भए पनि शिरोधार्य भन्ने राणाकालिन दासत्व मनोबृत्तिका अवशेष चाकरी र जि हजुरी प्रबृत्ति हो । अदालतबाट जो जस्तो निर्णय हुन्छ ति सबै ठीक छन् । न्यायशील छन् र आलोच्य रहित हुनु पर्छ, वादविवाद हुनु हुन्न भन्ने सम्झाई बुझाई यस्तो एउटा अन्धविश्वासको प्रतिक हो जसले न्यायिक साम्राज्यवाद निम्ताउँछ र अन्यायलाई मूर्त रुप प्रदान गर्छ । ५. नेपालको संविधानको धारा ११(२)(क) मा अभिव्यक्त स्वतन्त्रता प्रत्याभूत गरेको छ र अपराधिक रेखा बाहिर जस्तोसुकै कठोर शब्दमा अभिव्यक्त गर्न छुट रहेको छ । त्यो छुट सर्वोच्च अदालतको निर्णय सम्बन्धमा पनि प्रयुक्त हुन्छ, जुन कुरा स्वयं सम्मानित अदालतले डा.के.आई.सिंहको अवहेलनाको मुद्दामा बोलेको छ । ६. मन, बचन र कर्मबाट समेत सम्मानित सर्वोच्च अदालतको अवहेलना नगरेको बरु अदालतको मर्यादा र त्यस प्रतिको जनआस्था कायम रहोस् भन्ने उद्देश्यले लेख लेखेको हु