निर्णय नं. ११५१६ - सम्पत्ति शुद्धीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११५१६ - सम्पत्ति शुद्धीकरण भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०८०/११/०२ १७९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल फैसला मिति : २०८०।११।०२ ०७८–ऋच्–०२३६ मुद्दाः सम्पत्ति शुद्धीकरण पुनरावेदक / प्रतिवादी : भारत देश उत्तर प्रदेश प्रान्त जिल्ला बहराइच तहसिल नानपारा ग्राम सहजनवा बस्ने रामफल पाठकको नाति चन्द्रिकाप्रसाद पाठकको छोरा रभिस तथा रविस पाठक भन्‍ने रविश चन्द्र पाठक विरूद्ध प्रत्यर्थी / वादी : सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको तर्फबाट अधिकारप्राप्‍त अनुसन्धान अधिकृतद्वय शाखा अधिकृत सुरज घिमिरे र प्रहरी निरीक्षक प्रदिप थापाको प्रतिवेदन तथा विशेष सरकारी वकील कार्यालय, माइतिघर, काठमाडौंको निर्णयले नेपाल सरकार सम्पत्ति शुद्धीकरणको कसुर हुनका लागि सम्बद्ध कसुर (उचभमष्अबतभ यााभलअभक) र त्यस्तो कसुरबाट प्राप्‍त सम्पत्तिको विद्यमानता हुनुपर्ने । सम्बद्ध कसुरबाट प्राप्‍त सम्पत्तिको वास्तविक प्रकृति, आयस्रोत, स्थान, हस्तान्तरण, गति र त्यसमाथिको अधिकार वा स्वामित्वलाई सो सम्पत्ति आपराधिक कार्यबाट प्राप्‍त भएको होइन भनी उक्त सम्पत्तिलाई वैध देखाउन (बउउभबच तय दभ भिनष्तष्mबतभ) गरिने कार्य नै सम्पत्ति शुद्धीकरणको कसुर हुने । अपराधबाट सिर्जित सम्पत्तिलाई वैध गराउने कार्यले आपराधिक क्रियाकलापलाई प्रोत्साहन गर्ने र वैध गराइएको सम्पत्तिले अर्थतन्त्रमा क्रमबद्ध असर (चष्उउभि भााभअतक) पुर्‍याउने भएकाले सम्पत्ति शुद्धीकरणको कसुरलाई गम्भिर प्रकृतिको कसुरका रूपमा लिइने । (प्रकरण नं.२) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ ले सम्पत्ति शुद्धीकरणको कसुरलाई सह–अपराध भनी उल्लेख भए तापनि ऐ. ऐनको दफा २९ ले सम्पत्ति शुद्धीकरणको कसुरलाई स्वतन्त्र कसुर (कतबलमबयिलभ यााभलकभ) रूपमा लिएको देखिने । सम्बद्ध कसुरमा अभियोजन नभए तापनि सम्पत्ति शुद्धीकरणको कसुरमा कारबाही हुने गरी ऐनको दफा ३ ले गरेका व्यवस्थाभन्दा फरक प्रावधान गरी दफा २९ बमोजिम स्वतन्त्र कसुरमा मात्रै पनि कारबाही चलाउन सक्ने गरी ऐनमा विधायिकी मनसाय व्यक्त भएकोले कुनै प्रतिवादीलाई सम्बद्ध कसुरमा अभियोजन नचलाइएको कारणले मात्र निजलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोजन गर्न नमिल्ने नेदेखिने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्ति न्यौपाने अवलम्बित नजिर : ने.का.प.२०७२, अङ्क ५, नि.नं.९४०६ सम्बद्ध कानून : सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः सदस्य मा.न्या.श्री अब्दुल अजीज मुसलमान सदस्य मा.न्या.श्री बालेन्द्र रूपाखेती सदस्य मा.न्या.श्री नित्यानन्द पाण्डेय विशेष अदालत काठमाडौं फैसला न्या.हरिप्रसाद फुयाल : विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवम ठहर यस प्रकार रहेको छः– तथ्य खण्ड मिति २०७५।११।२२ को दिन बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ पासाङ ल्हामु मार्ग सडक खण्डमा भारत जिल्ला ग्ए ३२ व्त् ८२४४ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले रोकी चेकजाँच गर्ने क्रममा भारत देश जिल्ला बहराइच थाना रूपैडीया सहजनवा बस्ने रामफल पाठकको नाति, चन्द्रिका पाठकको छोरा वर्ष ३० को रविश चन्द्र पाठकले चलाइ पछाडि बसेका बाँके जिल्ला, नेपा