निर्णय नं. ११५१७ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११५१७ - उत्प्रेषणसमेत भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०८०/१०/०४ १४४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा माननीय न्यायाधीश श्री बालकृष्ण ढकाल आदेश मिति : २०८०।१०।०४ ०७५-WO-००३४ विषयः उत्प्रेषणसमेत निवेदक / पक्ष : केशव मान डंगोलकी बुहारी धर्म महर्जनकी छोरी सबिन डंगोलकी श्रीमती नाबालक छोरा सचेत डंगोलको संरक्षक भई आफ्नो हकमा समेत काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २० घर भई ऐ. ऐ. वडा नं. १६ नयाँबजार स्थित माइती बस्ने अर्चना महर्जन (डंगोल) विरूद्ध विपक्षी / प्रत्यर्थी : कान्छा डंगोलको नाति केशवमान डंगोलको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २० घर नं. ५७ द्योलाननी, भीमसेनस्थान बस्ने सबिन डंगोलसमेत सामान्यतया लगाउमा रहेका मुद्दाहरूको कारबाहीमा जुन कार्यविधिबाट मुद्दाका पक्षहरूलाई सहज हुने देखिन्छ सोही कार्यविधिबाट नै मुद्दाको कामकारबाही अघि बढाउनुपर्ने । भिन्न भिन्न कार्यविधि अपनाइने कुनै दुई वा सोभन्दा बढी मुद्दाहरू एकआपसमा अन्तरप्रभावी रही लगाउमा रहेको कारण दुवै मुद्दामा एकैदिनको तारिख तोकिएकोमा तोकिएको तारिख गुज्रिई, गुज्रेको तारिख थमाउने निवेदन दिँदा उक्त दुईवटा मुद्दाहरूमध्ये एउटा मुद्दामा तारिख थामिने र अर्को मुद्दामा तारिख नथामिने गरी कुनै न्यायिक निकायबाट आदेश हुँदा न्यायिक अनिश्‍चितताको अवस्था सिर्जना भई पक्षहरूको न्यायको पहुँचमा समेत बाधा व्यवधान सिर्जना हुन पुग्ने । सुरू अदालतका स्रेस्तेदार तथा न्यायाधीशबाट लगाउको मुद्दामा गुज्रेको तारिख थामिने र अन्य मुद्दामा निवेदकको गुज्रेको तारिख नथामिने भनी भएको आदेश र सो आदेश सदर हुने गरी उच्च अदालतबाट भएको आदेशले न्यायिक निश्‍चिततामा प्रश्‍न खडा गरी रिट निवेदकको न्यायिक पहुँचसम्बन्धी हक अधिकारमा आघात पुर्‍याउनुका साथसाथै विधिको शासनको मूल्य मान्यतासमेत उल्लङ्घन हुने । (प्रकरण नं.७) निवेदक / पक्षका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री उपेन्द्र प्रसाद अर्याल, श्री रिना डंगोल र श्री धनकर महर्जन विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री मदन रेग्मी अवलम्बित नजिर : ने.का.प.२०६५, अङ्क ५, नि.नं.७९७० ने.का.प.२०७५, अङ्क ९, नि.नं.१००९४ सम्बद्ध कानून : नेपालको संविधान संक्षिप्त कार्यविधि ऐन, २०२८ आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको संविधानको धारा १८(१)(२), २०(८) (९) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यसप्रकार छः रिट निवेदनको संक्षिप्त तथ्य विपक्षी पतिले म निवेदिकासँगै निकालिएको नाबालक छोरा आफूसँग रहेको देखाइ अंश मुद्दा दायर गरेको र म निवेदिकाले नाबालक छोराको पालन पोषण र आफ्नो जीवनयापन दुष्कर भएपछि मिति २०७४।७।१७ मा मानाचामल मुद्दा दिएको अवस्थामा मिति २०७४।७।२३ मा संक्षिप्त कार्यविधि ऐनअन्तर्गत चलेको मानाचामल मुद्दा साधारण कार्यविधि ऐनअन्तर्गत चलेको अंश मुद्दासँग लगाउमा राख्ने आदेश भएको थियो । मिति २०७४।८।२८ मा विपक्षी पतिको प्रतिउत्तर परी मिति २०७४।११।३ मा साक्षीको बकपत्रको कार्य पूरा भयो । लगाउको अंश मुद्दामा साथ राखी पुर्पक्षमा राखिएको कारण संक्षिप्त कार्यविधि ऐन, २०२८ को दफा १०(१) मा उल्लिखित ९० दिनभित्र मुद्दाको किनारा भएन । त्यस्तै गरी मिति २०७४।११।३ मा साक्षी प्रमाण बुझिसकेको मितिले उक्त ऐनको दफा १०(२) बमोजिमको म्यादभित्र पनि लगाउमै रहेको कारणले किनारा गरिएन । लगाउमा रहेका यी दुव