निर्णय नं. ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०८०/१२/२१ ४९०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री कुमार चुडाल माननीय न्यायाधीश श्री सुनिलकुमार पोखरेल फैसला मिति : २०८०।१२।२१ मुद्दा : गोली हानी मारेको कर्तव्य ज्यान ०७५-CR-२१८९ पुनरावेदक / वादी : दीपेन्द्र कुमार चौधरीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी शम्भुनाथ-८ बस्ने भोला साहको छोरा पूर्व सांसद जगदिश प्रसाद साहसमेत ०७६-CR-०४६० पुनरावेदक / प्रतिवादी : जिल्ला सुनसरी इनरूवा नगरपालिका वडा नं. ६ घर भई जिल्ला सप्तरी शम्भुनाथ-८ बस्ने पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक हाल सुन्धारा स्थित केन्द्रीय कारागार जगन्नाथदेवल थुनामा रहेको प्र.ज. प्रवेश कुमार मेहता विरूद्ध प्रत्यर्थी / वादी : दीपेन्द्र कुमार चौधरीसमेतको जाहेरीले नेपाल सरकार फौजदारी मुद्दामा प्रतिवादीउपर के अभियोग लागेको थियो भन्ने भन्दा पनि प्रतिवादीले कसुरजन्य के कस्तो कार्य गर्यो र सो कार्य गर्दाको अवस्था र परिस्थितिको न्यायसङ्गत मूल्याङ्कन गर्नु न्यायकर्ताको पहिलो कर्तव्य हुने । अपराध स्थापित भएपछि उक्त अपराध ऐनद्वारा निषेधित कुन श्रेणीको हो भन्ने वर्गीकरण गरी सोहीअनुसार सजाय निर्धारण गर्ने कार्यले मात्र न्यायको अभिष्ट पूरा हुने । अपराध स्थापित हुनासाथ सोको न्यायसङ्गत वर्गीकरण विना दाबीबमोजिमको कसुर कायम गर्नु फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने । प्रतिवादीउपर तत्कालीन मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) को अभियोग लागे तापनि मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले गरेको कार्य १३(१) बमोजिमको मनसायप्रेरित हो या ऐ. को १४ नं.बमोजिम आवेशप्रेरित हो वा ऐ. को ५ नं.बमोजिमको भवितव्यबाट मृतकको मृत्यु हुन पुगेको हो भन्नेतर्फ न्यायकर्ताको न्यायिक दृष्टि पुग्नुपर्ने । (प्रकरण नं.२०) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री युवराज महत प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सतीश कृष्ण खरेल, श्री सनद देवकोटा र श्री टिकाराम भट्टराई तथा विद्वान् अधिवक्ताहरू श्री हेम नारायण चौधरी, श्री नागेन्द्र यादव, श्री बिरेन्द्र प्रसाद साह, श्री सुमन कुमार पौडेल र श्री चिरञ्जिवी खतिवडा अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई सप्तरी जिल्ला अदालत उच्च अदालतमा फैसला गर्ने: माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री नित्यानन्द पाण्डेय उच्च अदालत जनकपुर, राजविराज इजलास फैसला न्या.सुनिलकुमार पोखरेल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (ख) र (ग) बमोजिम दर्ता हुन आएको प्रस्तुत मुद्दा यसै अदालतको क्षेत्राधिकारभित्रको हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:- तथ्य खण्ड जिल्ला सप्तरी शम्भुनाथ गा.वि.स. वडा नं. ८ स्थित जगदिश प्रसाद साहको घर कम्पाउन्ड दरबाजामा मिति २०६८।०३।३२ गतेका राति २२:०० बजेको समयमा जिल्ला सप्तरी शम्भुनाथ गा.वि.स. वडा नं.७ बस्ने रामबहादुर चौधरीलाई गोली लागी घाइते भएको र कुटपिटबाट पूर्व सांसद जगदिश प्रसाद साहको अङ्गरक्षक प्र.ज. प्रवेश कुमार मेहता गम्भीर घाइते अवस्थामा रहेको, घटनास्थलमा ४ जोर चप्पल, रगत लागेको सर्ट तथा सेन्डो गन्जीसमेत फेला परेकोले फेला परेको चप्पल, सर्ट, सेन्डो गन्जीसमेत बरामद गरी घाइते रामबहादुर चौधरी र प्र.ज. प्रवेश कुमार मेहता