निर्णय नं. ११५२० - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११५२० - जबरजस्ती करणी भाग: ६७ साल: २०८२ महिना: चैत्र अंक: १२ फैसला मिति :२०८१/०१/०४ ५८६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल फैसला मिति : २०८१।०१।०४ मुद्दाः- जबरजस्ती करणी ०७४-CR-०१७१ पुनरावेदक / प्रतिवादी : विष्णुबहादुर शाहीको छोरा, जिल्ला कालिकोट, लालु-३ को हाल नरहरिनाथ गाउँपालिका, वडा नं. ९ बस्ने वर्ष २१ को राजेन्द्रबहादुर शाही विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम सङ्केत नं. ५९ ‘A’ को जाहेरीले वादी नेपाल सरकार ०७५-CR-००५६ पुनरावेदक / वादी : परिवर्तित नाम सङ्केत नं. ५९ ‘A’ को जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : विष्णुबहादुर शाहीको छोरा, जिल्ला कालिकोट, लालु-३ को हाल नरहरिनाथ गाउँपालिका, वडा नं. ९ बस्ने वर्ष २१ को राजेन्द्रबहादुर शाही प्रतिवादीको कसुर सिलसिलाबद्ध रूपमा मालाकारको सिद्धान्त (principle of corroboration) बमोजिम प्रामाणिक मूल्ययुक्त वस्तुनिष्ट ठोस प्रमाणबाट खम्बिर भइरहेको परिप्रेक्ष्यमा निज प्रतिवादीको इन्कारी र पुनरावेदन जिकिरलाई मात्र आधार लिई निजलाई विनासबुद प्रमाण सजायबाट उन्मुक्ति दिने हो भने दण्डहीनताले प्रश्रय पाउने । यसले समाजमा सुख, शान्ति, सुरक्षा, अमन चयन र खुसीको वातावरणमा तुषारापात ल्याउने अवस्था सिर्जना हुने र समाजको समृद्धिमा समेत असर पर्ने । प्रतिवादीको कसुरको मात्राबमोजिम सजाय दिनु कानून निर्माता विधायिकाको मनसायलाई हृदयङ्गम गरी उपलब्ध सबुद प्रमाणको उपयुक्त मूल्याङ्कन गरी उचित र स्वच्छ न्याय सम्पादन (just & fair justice delivery) गर्नु न्यायको मूल्य र मान्यता रहेको हुँदा यसबाट न्यायिक सुशासन (judicial good governance) कायम हुने । (प्रकरण नं.८) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रतिमा दाहाल प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री विष्णु लुइँटेल तथा विद्वान् अधिवक्ताहरू श्री भुवनप्रसाद वाग्ले र श्री शुशिलाकुमारी रोकाया अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्यायाधीश श्री केशवकुमार पाण्डे कालिकोट जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री शेषराज सिवाकोटी मा. न्यायाधीश श्री रमेशप्रसाद राजभण्डारी उच्च अदालत सुर्खेत, जुम्ला इजलास फैसला न्या.विनोद शर्मा : न्याय प्रशासन ऐन, २०७३ को ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७२।०९।११ को दिउँसो अन्दाजी १२:०० बजेको समयमा मेरी नाबालिका छोरी परिवर्तित नाम वर्ष ४ की सङ्केत ५९B घरको माथिल्लो तलामा पढी बसेको अवस्थामा निज अन्यायी राजेन्द्रबहादुर शाहीले आफ्नो कोठाभित्र बोलाई मैले आलु पकाएको छु खाउला भनी फकाइ निज छोरीले लगाएको सुरूवाल खोल्न लगाई आफ्नो लिङ्ग मेरी छोरीको अङ्गमा राखी निज छोरीले रोइ कराइ गर्दा निजको लिङ्गबाट खसेको वीर्य मेरी छोरीको अङ्गमा खसी निजले आफ्नो साथमा रहेको रूमालले मेरी छोरीको अङ्ग योनि सफा गरी निजले मेरी नाबालिका छोरीलाई जबरजस्ती करणी गरेकोले निज अन्यायी राजेन्द्रबहादुर शाहीलाई पक्राउ गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलबमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७२।०९।१३ को जाहेरी दरखास्त । जिल्ला कालिकोट, मान्म गा.वि.स., वडा नं.५ स्थित पूर्वमा रंगलाल देवकोटाको पक्की घर, पश्चिममा धनसिंह पाण्डेको कच्ची घर, दक्षिणमा कर्णा