निर्णय नं. ४३६६ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३६६ - निषेधाज्ञा भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०८/२९ २६४३ निर्णय नं. ४३६६ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको दे.पु.नं. ८७२ फैसला भएको मिति : २०४८।८।२९।१ मा पुनरावेदक/वादी: जि.बाँके नेपालगञ्ज नगरपालिका वडा नं. ११ बस्ने डा.छत्रपाल अग्रवाल विरुद्ध प्रतिवादी: ऐ.ऐ.बस्ने शौक्त अलि मोचीसमेत मुद्दा : निषेधाज्ञा (१) प्रमाणको अभावमा प्रतिवाद गर्दा मेरो भनेकै आधारमा हक बेहकको प्रश्न समावेश रहेको भन्न मिलेन । (प्रकरण नं. १२) (२) प्रतिवाद जिकिरबाटै सेफ्टी टंकी सफा गर्ने कार्यमा अवरोध हुने आशंकाकै विद्यमानतामा निषेधाज्ञाको आदेश जारी गर्ने ठहर्‍याएको अञ्चल अदालतको फैसला मिलेको देखिँदा सो फैसलालाई उल्टी हुने ठहराएको क्षेत्रीय अदालतको निर्णय बदर हुने । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास फैसला न्या.रुद्रबहादुर सिंह १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।१० को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. जि.बाँके ने.गं.न.पं. वडा नं. ११ मा पर्ने मेरो घरको पूर्व पट्टि रहेको मेरो सेफ्टी टंकी सफा गर्न लाग्दा विपक्षीहरुले रिसइवी सध्य गर्नलाई सो सेफ्टी टंकी सफा गर्न दिन्नौं भन्दै धम्की दिंदै हिंडेका र टंकी सफा नगरेमा दुर्गन्ध फैलिई मेरो घर र आसपासमा समेत बस्न नहुने भएकोले उक्त टंकी सफा गर्दा विपक्षी अन्यायीहरुले अनाहकमा हुल हुज्जत गरी झगडा गर्ने पूर्ण आशंका भएकाले मेरो एकलौटी हक भोगको सम्पत्तिमा कुनै किसिमको आघात पर्न नपाउने गरी नागरिक अधिकार ऐन, २०१२ को दफा १७(२) अनुसार विपक्षीका नाउँमा अन्तरिम आदेश सहितको निषेधाज्ञा जारी गरी पाउँ भन्ने समेत डा.छत्रपाल अग्रवालको निवेदनपत्र । ३. विपक्षीले सार्वजनिक जग्गा च्यापी दिवाल लगाएको र सो ठाउँमा रहेको म सामूल हक मोचीको जग्गा समेतलाई सार्वजनिकमा पार्ने यो झुठ्ठा निवेदन दिएका हुन निवेदकले सेफ्टी टंकी सफा गर्न नपाएको भन्ने काल्पनिक व्यहोरा पारी झुठ्ठा निवेदन दिएकोले निवेदन खारेज गरी पाउँ भन्ने समेत सामूल हक मोचीको लिखितजवाफ । ४. निवेदनमा उल्लेखित सेफ्टी टंकी निवेदकको नभई वसिमूल हक मोचीको हो सो सेफ्टी टंकी रहेको जग्गामा नै विपक्षीको कुनै हक नभएकोमा झुठ्ठा निषेधाज्ञा गरी पाउँ भनी दिएको निवेदन खारेज गरी पाउँ भन्ने समेत सौकत अलिको लिखितजवाफ । ५. निवेदकले नेपालगंज नगरपञ्चायतबाट (साविक पेज नं. ५३१) ०२६।९।८ मा सेफ्टी टंकी बनाउन नक्शा पास गराई निवेदकले सेफ्टी टंकी बनाएको भन्ने देखिने र विपक्षीहरुले बिना प्रमाण सेफ्टी टंकीमा नै विवाद सृजना गरेको पाइएकाले यस अवस्थामा सेफ्टी टेंकी सफा गर्दा विपक्षीहरुले बाधा अपरोध नगर्लान भन्न सक्ने अवस्था नहुँदा सो हुन नपाउने गरी विपक्षीहरुका नाउँमा निषेधाज्ञाको आदेश जारी हुने ठहर्छ भन्ने समेत भेरी अञ्चल अदालतको मिति ०४४।१२।११ को निर्णय आदेश । ६. निवेदकको माग अनुसार निषेधाज्ञाको आदेश जारी हुने ठहर्‍याएको भेरी अञ्चल अदालतको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने समेत सामुल हक मोचीको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदनपत्र । ७. सेफ्टी टेंकीमा समेत विवाद देखिएको अवस्थामा निषेधाज्ञाको आदेश जारी गर्ने ठहर्‍याएको भेरी अञ्चल अदालतको निर्णय नमिली फरक पर्ने देखिँदा विपक्षी भिका