निर्णय नं. ४३६७ - अदालतको अवहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३६७ - अदालतको अवहेलना भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०८/२९ २५२४ निर्णय नं. ४३६७ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको फौ.पु.नं. ६१३ फैसला भएको मिति: २०४८।८।२९।१ मा पुनरावेदक/वादी: जिल्ला बाँके नेपालगंज नगरपालिका वडा नं. ११ बस्ने डा. छत्रपाल अग्रवाल विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने शौकत अलि मोचीसमेत मुद्दा : अदालतको अवहेलना (१) आफ्नो हक भोग नै नभएको जग्गामा निर्मित सेफ्टी टैंकी सफा गर्ने कार्यमा बिना आधार प्रमाण विपक्षी प्रतिवादीहरुबाट विवाद श्रृजना गरेको भन्ने कुरा विपक्षीहरुको भनाइबाटै प्रमाणित भइरहेको देखिँदा अन्तरिम आदेश बमोजिम पुनरावेदक वादीलाई उक्त सेफ्टी टैंकी सफा गर्न बाधा विरोध उत्पन्न गरेनन् होला भन्न सकिने अवस्था नदेखिएकोले प्रतिवादीहरुले अदालतको दिएको आदेशको पालना नगरी अदालतको अवहेलना गरेको पुष्टी हुन आएकोले अञ्चल अदालतबाट प्रतिवादीले अदालतको अवहेलना गरेको ठहर्याई गरेको इन्साफ (साविक पेज नं. ५३३) मिलेकै देखिने । (प्रकरण नं. १२) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल फैसला न्या.रुद्रबहादुर सिंह १. मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४५।१०।१० को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो सेफ्टी टैंकी विपक्षीहरुले सफा गर्न नदिंदा विपक्षीहरुका नाउँमा सो सम्बन्धमा अदालतमा निषेधाज्ञाको निवेदन दिंदा निजहरुका नाउँमा अदालतबाट अन्तरिम आदेश जारी भई सो अनुसार उक्त सेफ्टी टैंकी सफा गर्न जाँदा विपक्षीहरु र निजका परिवार समेत भई सेफ्टी टैंकी सफा गर्न नदिएका र उक्त अदालतबाट भएको आदेश मान्दैनौ भनी अदालतको आदेशको अपहेलना गरी अदालतको मान मर्यादामा आघात पारी अदालत प्रति जनआस्थामा कुठाराघात गरेकाले न्या.प्र.सु. ऐन, २०३१ को दफा ११ अनुसार विपक्षीहरुलाई कारवाही गरिपाउँ भन्ने समेत छत्रपाल अग्रवालको भेरी अञ्चल अदालतमा परेको निवेदनपत्र । ३. निवेदनमा उल्लेखित सेफ्टी टैंकी त्यहाँ वादीको हुँदै नभएको र मेरो मात्र त्यहाँ सेफ्टी टंकी भएकोमा सेफ्टी टैंकी सफा गर्न नदिएको भन्ने निवेदकले झुठ्ठा व्यहोराको निवेदन दिएको र मैले अदालतको आदेशको उल्लंघन नगरी अदालतको आदेशको मान मर्यादा गरी आएको छु । निवेदकको झुठ्ठा दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत प्र.सामुलहक मोचीले अदालतमा गरेको बयान । ४. अदालतबाट जारी भएको अन्तरिम आदेश बमोजिम निवेदकलाई सेफ्टी टैंकी सफा गर्न नदिएको होइन । निवेदकले उल्लेख गरेको स्थानमा निजको सेफ्टी टैंकी नै नभएको र सो ठाउँमा हाम्रो मात्र सेफ्टी टैंकी रहेकाले मैले अदालतको आदेशको अपहेलना समेत नगरेको हुँदा झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्र.सौकत अलि मोचीले अदालतमा गरेको बयान । ५. यिनै पक्ष विपक्ष भएको निषेधाज्ञा मुद्दामा निषेधाज्ञाको आदेश जारी हुने ठहरी आजै फैसला भएको र सो मुद्दा सेफ्टी टैंकी सफाई गर्न दिनु भन्ने अन्तरिम आदेश समेत जारी भएकोमा विवादित सेफ्टी टैंकीमा बिना आधार प्रमाण विपक्षीबाट विवाद श्रृजना गरेको देखिँदा निवेदकलाई टंकी सफाई गर्न दिएहोला भन्न सकिने स्थिति नरहेको र यस अदालतबाट दिएको आदेशको पालना नगरी अपहेलना गरेको प्रष्ट देखिँदा निजहरुलाई जनही रु. १०।– जरिवाना हुने ठहर्छ भन्ने समेत