निर्णय नं. ४३६९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३६९ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०७/१२ २३२३ निर्णय नं. ४३६९ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४७ सालको फौ.सा.नं. ६४ फैसला भएको मिति: २०४८।७।१२।३ मा वादी: हस्तबहादुर गुरुङ्गको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी: जि.संखुवासभा मादीमूलखर्क गा.पं. वडा नं. २ बस्ने प्रेमबहादुर गुरुङ्ग समेत मुद्दा : कर्तव्य ज्यान (१) प्रतिवादीले जाँडमा विष हाली खुवाई सोही विषको कारणबाट मृत्यु भएको भन्ने कुरा देखिन आएको प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(२) नं. बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको फैसला मिलेको देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. ३१) (२) अभियुक्तको उमेर १९ वर्ष मात्र देखिएको र निजले अदालतमा सत्य कुरा गरी अपराध गरेमा सावित भएको कुरालाई दृष्टिगत गर्दै अपराध गरेको परिस्थिति समेतलाई विचार गरिएमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने तथा कैद वर्ष १५ सजायँ गर्दा पुग्ने देखिएकोले प्रतिवादीलाई अ.बं. १८८ नं. प्रयोग गरी वर्ष १५ मात्र सजायँ हुने । (प्रकरण नं. ३२) फैसला न्या.रुद्रबहादुर सिंह १. पूर्वाञ्चल क्षेत्रीय अदालतबाट मिति २०४७।६।२८ मा फैसला भई साधक सदरको निमित्त जाहेर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ :– २. २०४१।१२।१ का दिन मेरो छोरा रामवेनी अन्तर्गत बिहिबारे हाट गएको नफर्केकोले खोज तलास गर्दा हल्लुडे डाँडामा मरेको लाश फेला परेकोले अपराधी पत्ता लगाई कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने ०४१।१२।३ को जाहेरी दर्खास्त । ३. २०४१।१२।१ गते अं. ५ बजेको समयमा दुर्गाबहादुर समेत मेरो घरमा आई जाँड खाई गएका हुन भन्ने प्रत्यक्षदर्शी भनेकी रुपमाया र बलबहादुरले ०४१।१२।६ मा प्रहरीमा गरेको छुट्टा छुट्टै कागज । ४. २०४१।१२।१ गते दुर्गाबहादुर आई आमा कौशिल्यालाई आज मलाई प्रेमबहादुरले रक्सीमा विष हाली खान दिएछ मुटु दुख्यो भनी कराएको भन्ने व्यहोराको अम्बिका कार्कीले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज । ५. २०४१।१२।१ गते दुर्गाबहादुर मेरो घरमा आई मलाई प्रेमबहादुरले विष हाली दिएछ भनी कराए मैले ठीक हुन्छ भनी कागती खान दिएँ निज घस्रदै पेटीमा आई केही छिनमा मरेका हुन भन्ने कौशिल्या कार्कीले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज । ६. २०४१।१२।१ गतेका दिन अं. ५ बजेको समयमा छिर्रि शेर्पा र दुर्गाबहादुर झगडा गर्दै आएका (साविक पेज नं. ५४३) थिए, मैले आ–आफ्नो घर जाउ भनी सम्झाएको थिएँ र दुवैजना मेरो पसलबाट मुलखर्क जाने बाटो तर्फ लागेका थिए भन्ने नरबहादुर कार्कीले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज । ७. २०४१।१२।६ गते प्रेमबहादुर मेरो घरमा आई म संग रु. १००।– सापटी मागे मैले पैसा छैन भनी दिइन भन्ने भगिमाया गुरुङले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज । ८. २०४१।१२।१ गतेका दिन दुर्गाबहादुर टंकबहादुरकै घरमा सुतिराखेको देखेको हुँ र म त्यहाँबाट सरासर आफ्नो घरतर्फ गएको हुँ भन्ने अमृतबहादुरले ०४१।१२।६ मा प्रहरीमा गरेको कागज । ९. २०४१।१२।१ गते दुर्गाबहादुरले मलाई प्रेमबहादुरले जाँडमा विष हाली खान दिएछ । भनी कराएर टंकबहादुरको आँगनमा छाद्न थाले र छाद्दै पेटीमा गई मरेपछि म समेत भई फालेको हुँ भन्ने सलबहादुर लिम्बुले ०४१।१२।७।४ मा प्रहरीमा गरेको कागज । १०. दुर्गाबहादुरलाई मैले जाँडमा विष हाली खान दिएको तासिरबाट मरेका हुन अरु कसैको सहमति छैन भन्ने प्रेमबहा