निर्णय नं. ४३७० - करार अनुसार लिखत पास गराई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३७० - करार अनुसार लिखत पास गराई पाउँ भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०८/२९ ५३७६ निर्णय नं. ४३७० ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री रुदबहादुर सिंह माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४४ सालको दे.पु.नं. ६२९ फैसला भएको मिति: २०४८।८।२९।१ मा पुनरावेदक/वादी : का.प.जि.कालाती भूमेडाँडा गा.पं. वडा नं. ६ बस्ने चिवेको छोरा वर्ष २३ को सार्की कामीसमेत (साविक पेज नं. ५४६) विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने भिमसेनको छोरा वर्ष ४५ को कान्छो कामी मुद्दा : करार अनुसार लिखत पास गराई पाउँ (१) करार हुनका लागि कुनै काम गर्न वा नगर्नका लागि दुई वा सो भन्दा बढी पक्षहरु बीच सहमति भएको हुनु पर्ने र एकपक्षले राखेको प्रस्ताव अर्को पक्षले स्वीकृति दिएमा करार भएको मानिने । (प्रकरण नं. १३) (२) लिखत जे नाम राखेर गरिएको भए पनि उक्त लिखतमा करारका आवश्यक तत्वहरु विद्यमान भई करार ऐन, २०२३ ले गरेको करारको परिभाषा भित्र पर्ने देखिँदा यी वादी प्रतिवादी बीच भएको लिखतलाई करारको लिखत मान्नु पर्ने । (प्रकरण नं. १३) (३) स्पष्टरुपमा पैसा बुझी जग्गा फिर्ता दिन्न भनेर प्रतिवादीले २०४०।१०।१५ मा वादीलाई भनेपछि मुद्दा गर्नु पर्ने कारण परेको भनी वादीले देखाएको मितिलाई प्रतिवादीले अन्यथा भन्न नसकेको स्थितिमा वादीको फिराद हदम्याद बाहिरको छ भन्न सक्ने अवस्था नरहने । (प्रकरण नं. १५) (४) लिखत भएकोमा प्रतिवादीले स्वीकार नै गरेको हुँदा यस्तो स्थितिमा प्रतिवादीले जग्गामा हक कायम गरेको भए पनि निज प्रमाण ऐन, २०३१ को दफा ३४ ले विबन्धित हुने हुँदा प्रतिवादीले वादीलाई उक्त जग्गामा दावी गर्ने अधिकार नै छैन भन्न सक्ने होइन करारको लिखत रजिष्ट्रेशनको १ नं. अनुसार पास गराउनु पर्ने कानुनी व्यवस्था रहे भएको समेत देखिँदैन । (प्रकरण नं. १५) (६) स्वेच्छाले गरिदिएको लिखत सदर हुने अ.बं. २४ नं. मा स्पष्ट व्यवस्था भएको देखिने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठ विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री हिरा रेग्मी, विद्वान अधिवक्ता श्री लोकभक्त राणा अवलम्बित नजीर: तिर्थराजकुमारी राणा वि.रामशंकर श्रेष्ठ, मुद्दा :– करार बमोजिम लिखत पास गरी पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत पूर्णइजलासबाट (ने.का.प. २०४०, अंक ७, पृष्ठ २९८) प्रतिपादित सिद्धान्त फैसला न्या.रुद्रबहादुर सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४४।३।२४ को फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई दायर भई दायर हुन आएको प्रस्तुत (साविक पेज नं. ५४७) मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. भूमेडाँडा गा.पं. वडा नं. ६ कि.नं. १०२ क्षेत्रफल ७–१३–०–१ मध्ये २–४–०–० जग्गा ६,०००।– मा पृथ्वीबहादुरलाई राजीनामा रजिष्ट्रेशन गरी दिई रुपैयाँ बुझाउन आएका बखत रुपैयाँ बुझी जग्गा फिर्ता गरी दिने भनी निजले कागज गरी दिएकोमा विपक्षीले हकदार हुँ भनी सो जग्गा निखन्न धरौट रु. ६,३००।– मालपोतमा राखेपछि हामीले पृथ्वीबहादुरले गरी दिएको कागज देखाई धरौट वापस लिनु पर्यो भन्दा विपक्षीले समेत मिति २०३६।१२।१५ मा जग्गा निखनी लिए पनि रुपैयाँ सकेको बेलामा बुझाउन ल्याए बुझी जग्गा पास गरी दिनेछु भनी कागज गरेका थिए । विपक्षीले जग्गा दर्ता गरी पाउँ भनी मालपोतमा निवेदन दिई हामीहरुलाई झिकाई मालबाट विपक्षी कान्छो कामीको नाउँमा दा.खा. गरी ज.ध.दर्ता प्रमाण पूर्जा बनाई दिने भनी मिति २०३९।१०।११ मा निर्णय भए