निर्णय नं. ४३७१ - मोही हक कायम गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३७१ - मोही हक कायम गरी पाउँ भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०८/२९ २३६७ निर्णय नं. ४३७१ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको दे.पु.नं. ५२८ फैसला मिति : २०४८।८।२९।१मा पुनरावेदक/प्रतिवादी: जि.मोरङ विराटनगर न.पं. वडा नं. २० बस्ने बिनोदकुमार यादवको हकमा निजको संरक्षक सगोलको पिता ऐ.ऐ.बस्ने वर्ष ४४ को रघु यादव विरुद्ध विपक्षी/वादी: ऐ.बुधनगर गा.पं. वडा नं. १ बस्ने रामप्रसाद (साविक पेज नं. ५५२) यादव मुद्दा : मोही हक कायम गरी पाउँ (१) जग्गावालाले पञ्चायतमा कबूलियत दाखिल नगरेको कारणले मात्रै कबूलियत बमोजिम मोही भइसकेको व्यक्तिलाई मोही होइन भनी भन्न नमिल्ने । (प्रकरण नं. १२) पुनरावेदक प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्ज बिहारीप्रसाद सिंह विपक्षी वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल फैसला न्या.ओमभक्त श्रेष्ठ १. पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति ०४६।१।१२ को फैसला उपर चित्त नबुझी निवेदक बिनोद कुमारको हकमा निजको संरक्षक पिता रघु यादवको पुनरावेदनको अनुमतिको लागि पर्न आएको निवेदनमा अनुमति प्राप्त भई इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यसप्रकार रहेछ । २. कमलावती यादवनी नाउँ दर्ताको मोरड्ड जतुवा ठकुप्पा गा.पं. वडा नं. ४ कि.नं. १३८ को ज.वि. ०–१३–८ जग्गा ठेक्कामा मोहीमा कमाई मिति २०३९।१।२ गतेका कबूलियतनामा अनुसार बाली बुझाई भर्पाई लिई जग्गामा मोहीको हैसियतले बाली लगाउँदै आएकोमा साविक जग्गाधनी कमलावतीले उक्त जग्गा बिनोदकुमारलाई बिक्री गरेपछि हालका जग्गाधनीले मैले लगाएको धान बाली काट्न नदिने कुरा गरेकोले बालीको संरक्षण गरी भू.सं. ऐन, २०२१ को दफा २५(२) बमोजिम मेरा नाउँमा उक्त जग्गाको मोही हक कायम गरी पाउँ भन्ने समेत रामप्रसादको ०४३।७।२ को निवेदन । ३. विपक्षीले मोहीमा दावी लिएको मोरड्ड जतुवा कठकुप्पा गा.पं. वडा नं. ४(घ) कि.नं. १६८ को ०–१३–८ जग्गा मेरा दाता कमलावतीले राजीनामा लिखत पारीत गरी दिंदा विपक्षीसंग साविक जग्गाधनीको कबूलियत भएको र मोही भएको कुरा उल्लेख भएको छैन विपक्षी उक्त विवादित जग्गाको मोही नहुँदा ०४३ सालमा मैले लगाएको धानबाली पाकी तयार भएपछि विपक्षी समेत भई लुटी खाएकोले ०४३ सालको फौ.नं. १३४ को लुटपिट मुद्दा मोरड्ड जिल्ला अदालतमा दिएको हुँदा लुटपिटको कसूरबाट बच्न विवादित जग्गाको मोही भनी दावी गरेका हुन भनी बिनोदकुमारको हकमा रघु यादवको प्रतिउत्तर जिकिर । ४. वादी दावीको जग्गा मैले रामप्रसाद यादवलाई ०३९ सालको बालीदेखि दोहोरो कबूलियत गरी मोहियानी शर्तमा कमाउन दिएको हुँदा वादीले पेश गरेको कबूलियत र भर्पाई मैले गरी दिएकोले मैले बिनोदकुमारलाई जग्गा पास गरी दिंदा रामप्रसाद यादव मोही हुन भनेका थिएँ भन्ने समेत कमलावती यादवको वा.केदार रायले गरेको बयान । ५. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) बमोजिम वादीले दावा गरेको जग्गामा वादीको मोहियानी हक कायम हुने भई ३ नं. स्थायी प्रमाणपत्र समेत वादीले पाउने ठहर्छ भन्ने भूमिसुधार कार्यालय मोरड्डको ०४४।२।७ को निर्णय । ६. यसमा वादीले प्रमाण दिएको कबूलियतनामा र भर्पाई अ.बं. ७८ नम्बर अनुसार प्रतिवादीलाई नसुनाई गरेको इन्साफ विचारणीय हुँदा प्रत्यर्थी वादीलाई झिकाई निजबाट उक्त सक्कल लिखत दाखिल गर्न लगाई गा.पं.बाट दर्ता भएको रजिष्ट्रर सक्कल कबूलियतनामा समेत झिका