निर्णय नं. ४३७२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३७२ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/०८ २४१२ निर्णय नं. ४३७२ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको रिट नं. ७६४ आदेश भएको मिति: २०४८।९।८।२ मा रिट निवेदक: भ.पु.न.पा. वडा नं. १७ बस्ने राधेश्याम उझांथाछे प्रधानसमेत (साविक पेज नं. ५५५) विरुद्ध विपक्षी : मालपोत कार्यालय भक्तपुरसमेत विषय : उत्प्रेषण (१) विवादित जग्गाहरुमा तेरो मेरो प्रश्न उपस्थित भएको अवस्थामा आफ्नो हक कायम गरी आउनु भनी सुनाउनु पर्नेमा नसुनाई विपक्षीहरुको नाम दर्ता गर्ने गरेको निर्णय कानुनी त्रुटिपूर्ण देखिँदा सो निर्णय र सो को आधारमा भएको दर्ता प्रमाण समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने। (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश राउत प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री सुरेशकुमार थापा आदेश न्या.केशवप्रसाद उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ । २. साविक दर्तावाला बुद्धिलाल –१, रत्नलाल –१, हर्षलाल –१, सुन्दरबहादुर –१, इश्वरीमान –१, टेकबहादुर –१ समेत छ जनाका नाउँमा दर्ता भएको साविक भ.पु.लास्को खौमा ५५ नं. पोता लगत अनुसार १३ नं. कटुन्जे मौजाको न.नं. ६५४ क्षेत्रफल ६ मध्ये हाल नापीमा भ.पु. कटुञ्जे पञ्चायत वडा नं. १ ख. स्थित कि.नं. ४६५ को ०–४–२ र कि.नं. ४७५ को ०–६–२ जग्गा कायम भई साविक दर्तावालाहरु परलोक भइसकेको हुँदा साविक दर्तावाला टेकबहादुरका एकासगोलका छोरा रिट निवेदक मध्ये म व्यासदेव समेत जना ७ का नाउँमा रैकर परिणत गरी दर्ता नामसारी गरी पाउँ भनी २०४४ साल कार्तिकमा मालपोत कार्यालय भक्तपुरमा निवेदन चढाएका थियौं । सोही दुवै कित्ता ४५६ र ४७५ को जग्गा विपक्षी विष्णुबहादुर, प्यारीमैया र राधेश्याम मुलका स्व. पति पिता पदमबहादुर मूलले संयुक्त नाउँमा दर्ता गरी पाउँ भनी सोही कार्यालय समक्ष निवेदन दिएको रहेछ । ३. हामी रिट निवेदकले यी दुई कित्ता जग्गा बाहेक अन्य कित्ता जग्गाहरु नामसारी दर्ता गरी ज.ध.प्र.पुर्जा समेत प्राप्त गरी सकेका छौं । यी दुई कित्ता जग्गाको दर्ता नामसारी कारवाहीको सम्बन्धमा हामीलाई कुनै जानकारी थिएन, न त तारिखमा राखिएको थियो । ४. हामी निवेदकहरुको नाउँमा दर्ता भई ज.ध.प्र.पुर्जा पाइसकेको कि.नं. ४६० को जग्गाको सम्बन्धमा भ.पु.जि.अदालत समक्ष हामीहरुको विरुद्ध विपक्षी मध्येका प्यारी मैया मूल –१, राधेश्याम मुलले (साविक पेज नं. ५५६) दायर गरेको निर्णय बदर हक कायम मुद्दाको २०४६।४।१६ मा हामीलाई बुझाएको म्याद सहितको फिराद प्रतिलिपिमा उल्लेखित कि.नं. ४६५ र ४७५ को दुवै कित्ता जग्गा दर्ता गरेको व्यहोरा उल्लेख गरेको र तत्सम्बन्धमा के भएको रहेछ भनी मा.पो.का. भक्तपुरमा उक्त कि.नं. ४६५, ४७५ को जग्गा विपक्षीको नाउँमा दर्ता गर्ने गरी २०४५।९।२२ मा निर्णय भएको कुरा मिति २०४६।५।२४ मा नक्कल सारी लिंदा थाहा पाएकोले उक्त मा.पो.का. भक्तपुरको निर्णय बदर गरी पाउन अन्य उपचारको अभावमा नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत प्रस्तुत रिट गर्न आएका छौं । ५. उक्त कि.नं. ४६५ र ४७५ को जग्गा साविक दर्तावाला टेकबहादुर समेत ६ जना परलोक भइसकेपछि निजको हकदार हामी निवेदक हौं भनी नाता प्रमाण समेत संलग्न गरी हकदार हो भन्नेमा कुनै विवाद नभएपछि हामीहरुको नाउँमा दर्ता नामसारी नगर्नु पर्न