निर्णय नं. ४३७४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३७४ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०९/०१ २७२२ निर्णय नं. ४३७४ ने.का.प. २०४८ अङ्क ९, १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४५ सालको रिट नं. ११६१ आदेश भएको मिति: २०४८।९।१।२ मा निवेदक : तनहुँ जिल्ला अरुणोदय गा.पं. वा.नं. ५ बस्ने बद्रीप्रसाद सिग्देल विरुद्ध विपक्षी : श्री अञ्चलाधीश, अञ्चलाधीशको कार्यालय, नेपालगंजसमेत विषय : उत्प्रेषण (१) भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी दिएको विभागीय सजायँको आदेश उपर पुनरावेदन सुन्ने क्षेत्राधिकार प्रशासकीय अदालतमा स्थापित भइसकेपछि प्रशासकीय अदालत नियमावली, २०४४ बमोजिम उपरोक्त विषयमा विभिन्न कार्यालय वा अधिकारी समक्ष किनारा हुन बाँकी पुनरावेदनहरु प्रशासकीय अदालतमा पठाउनु पर्ने । (प्रकरण नं. ८) (२) आफ्नो अधिकार क्षेत्र नै नभएको अवस्थामा सो पुनरावेदनको किनारा गरेकोमा क्षेत्राधिकारको त्रुटि देखिँदा निवेदकको सम्बन्धमा विपक्षी कार्यालयले गरेको पुनरावेदन निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ८) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. वादी श्री ५ को सरकार प्रतिवादी म समेत भएको कीर्ते मुद्दामा मैले कुनै कसूर अपराध गरेको छैन भनी प्रतिवाद गरेको हुँदा हुँदै सर्वोच्च अदालत डिभिजनबेञ्चबाट सम्वत् २०४३।२।२६।२ मा कसूर गरेको ठहर्याई फैसला गरे उपर चित्त नबुझी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा निवेदन चढाउँदा दोहर्याई दिने हुकुमको प्रमांगी बक्स भई हाल सर्वोच्च अदालत पूर्णइजलासको विचाराधीनमा छ र म तारेखमा रहेको छु । म.प.क्षे.अ.बाट मलाई हराई फैसला गरेको आधार लिई विपक्षी भू.सु.अधिकारीज्यूले विभागीय कारवाही गरी निजामती सेवा नियमावली, २०२१ को परिच्छेद १० को नियम ६ को उपनियम (४) बमोजिम नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट अपराधी प्रमाणित भएको देखिएकाले २०४१।९।२ को निर्णय अनुसार ऐ.को परिच्छेद १० नियम १(६) बमोजिम भविष्यमा सरकारी नोकरीका निमित्त सामान्यतः अयोग्य ठहरिने गरी मेरो मुखिया पदबाट बर्खास्त गर्नु भयो । विपक्षी भूमिसुधार अधिकारीज्यूले मलाई विभागीय (साविक पेज नं. ५६२) सजायँ गर्ने गरेको निर्णय उपर पुनरावेदन गर्दा विपक्षी अञ्चलाधीशज्यूको कार्यालयबाट टिप्पणीं उठाउन लगाई आफू भन्दा तल्ला तहका कर्मचारीले उठाएको टिप्पणीलाई अञ्चलाधीशज्यूले भू.सु.का. कै निर्णयलाई सदर गर्ने ठहर्याई २०४४।८।१७ निर्णय भएको जानकारी मलाई २०४५।८।२४ मा दिइएको छ । यी दुवै निर्णयको नक्कल माग गर्दा नदिइएको हुनाले यस अदालतबाटै झिकाई हेरी पाउँ । मलाई जुन अभियोग लगाई मेरो मुखिया पदबाट बर्खास्त गर्ने सजायँ दिइएको छ सो कीर्ते मुद्दा यसै अदालतको पूर्णइजलासको विचाराधीन छ । कीर्ते मुद्दाको अन्तिम किनारा नहुँदै कीर्तेको कसूर गरेको भनी ठहर गर्न सर्वथा मिल्ने होइन । विपक्षी भूमिसुधार अधिकारीज्यूले विभागीय कारवाही र सजायँ गर्नु भएको निर्णय उपर मेरो विपक्षी अञ्चलाधीशज्यू समक्ष पुनरावेदन परी दायरै रहेकै अवस्थामा नेपाल निजामती सेवा ऐन, २०१३ को दफा ९ अनुसार बनाइएको प्रशासकीय अदालत नियमावली, २०४४ को निय