निर्णय नं. १५६९ - परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरी पाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५६९ - परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरी पाऊँ भाग: २४ साल: २०३९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३९/०७/१६ २५५९ निर्णय नं. १५६९ ने.का.प.२०३९ अङ्क ७ फुलबेञ्च माननीय न्यायाधीश श्रीबासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रिट फू.नं. ३८ आदेश भएको मिति : २०३९।७।१९।६ मा निवेदक : जि.झापा घैलाडुब्बा गा.पं.वडा नं.४ बस्ने केदारबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ.वडा नं.२ बस्ने टंकबहादुर घिमिरे, झापा भूमिसुधार कार्यालयका भूमिसुधार अधिकारी माधवप्रसाद शर्मा सम्वत् २०३८ सालको रिट फू.नं. ३८ विषय : परमादेश मिश्रित उत्प्रेषणको आदेश जारी गरी पाऊँ । १ श्री ५ को सरकारले कूत निर्धारित गरी सकेकोमा सो तोकिए बमोजिमको कूत नै निवेदकलाई दिलाउनु पर्नेमा सो नगरी साविक बमोजिम कूत धरौट राखेको देखिएको भनी सो धरौट रहेको कूत निवेदकले बुझिलिनु पर्ने निर्णय गरेको प्रत्यर्थी भूमिसुधार अधिकारीको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १४) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगाना आदेश न्या.धनेन्द्रबहादुर सिंह १. यस अदालत डिभिजनबेञ्चको ०३७।११।८ को निर्णय दोहर्‍याई पाउँ भनी न्यायिक समिति मार्फत परेको निवेदनमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएका हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण निम्नानुसार छ : २. मेरो नाममा दर्ता भएको घैलाडुब्बा गा.पं.वडा नं.८ को कि.नं.८१ को विपक्षी मोही भएको र निजले मलाई बुझाउनु पर्ने किसिम अनुसारको ठेक्का ३४ मन २० सेर धान नबुझाएकोले सो बजार भाउले प्रतिमन रु.५७। ले हुने रु.१९१४।७५ दिलाई मोही निष्कासन गरी पाउँ भन्ने निवेदककको दावी र ०२५।११।२९।४ मा जग्गाधनीसँग कूत कबुलियत प्रति विगाह ८ मनका दरले भएको र सोही अनुसार बजार भाउले हुने रु.९१४।८४ घैलाडुब्बा गा.पं.मा धरौटी राखेको छु भन्ने प्रतिवादी भएकोमा वादी भन्दा अघिका जग्गाधनी गणेशकुमार श्रेष्ठसँग ८ मन प्रति विगाहाको दरले कूत कबुलियत भई रहेकै र २०३४ सालसम्मको ठेक्का पाएको गा.पं.को ०३५।५।९ को पत्रबाट जानकारी हुन आउँछ, सो अनुसार ठेक्का प्रति बिगाहा ८ मनका दरले नै रहेको प्रमाणित हुन आउने हुँदा र सो अनुसार गा.पं.मा कानून बमोजिम धरौट रहेको हुँदा सो बाली पाउनु पर्ने ठहर्छ । मोही निष्कासन पट्टी केही गर्नु परेन भन्ने समेत भूमिसुधार अधिकारीको निर्णय रहेछ। ३. विपक्षीले ८ मन प्रति बिगाहाको दरले राख्नु भएको धरौट धान मैले बुझ्न पाउने गरी विपक्षी कार्यालयले मेरो हकलाई आघात पारी फैसला गरेको छ । विपक्षी कार्यालय स्वयंले ०३४ सालको बाली मेरो उल्लिखित दावी अनुसार भराई पाउने निर्णय गरी सकेपछि पुनः सोही दावीमा मेरो हकको विरुद्ध फैसला गर्नाले ०३५।११।२३ को फैसलासँग ०३६।५।३ को फैसला बाझिएकोले त्रुटिपूर्ण छ । विपक्षी कार्यालय र विपक्षी मोहीले नै दावी अनुसार मोही बाली बुझाउने तथ्यलाई स्वीकारेपछि ०३५ सालको बाली ८ मन प्रतिविगाहा बुझाउने निर्णय गर्नु पूर्णत : असंगत छ । ८ मन प्रतिबिगाहा धान प्राप्त हुने भनी ०३६।५।३ मा गरेको फैसलाले ०३५।११।२३ को फ