निर्णय नं. १५७० - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५७० - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३९/०६/०८ २२९८ निर्णय नं. १५७० ने.का.प. २०३९ अङ्क ७ फुलबेञ्च सम्माननीय प्र.न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३७ सालको रि.फू.नं. ५९ आदेश भएको मिति : २०३९।६।८।६ मा निवेदक : जि.सुनसरी, हरिनगर गा.पं.वडा नं. ९ बस्ने मौलिक मियाँ अन्सारीसमेत विरुद्ध विपक्षी : भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय सुनसरीसमेत बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) सबूत प्रमाणको आधारमा भू.सु.अ.ले तथ्यको निरोपण गरेकोमा सो तथ्य भित्र पसी पुनरावेदन तहबाट हेरेको जस्तो गरी भू.सु.अ.को निर्णय तथ्ययुक्त छ छैन भनी रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. १०) आदेश न्या.धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दामा डिभिजनबेञ्चबाट ०३७।९।५।६ मा भएको निर्णय दोहर्याइपाउँ भनी निवेदकहरुले न्यायिक समितिमा चढाएको बिन्तिपत्रमा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख)बमोजिम उपर्युक्त मुद्दा दोहर्याइदिन हुकुमबक्सेको छ भनी श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयबाट ०३८।१।१६ मा लेखी आई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यसप्रकार रहेछ : जग्गा जोतआवाद गरिरहेको अवस्थामा प्रत्यर्थीहरुले जग्गा जोत आवाद गर्न बाधा गरी मोही बेदखल गरेको भन्नेसमेत वादी, बेदखल गरेको छैन भन्नेसमेत प्रतिवादी भएको प्रस्तुत मुद्दामा मोही बेदखल गरेको छैन भन्न नमिल्ने हुँदा ज.ध.लाई मोही बेदखल गरे बापत ५। पाँच जरिवाना हुने ठहर्छ भन्ने समेत प्रत्यर्थी भू.सु.कार्यालयको निर्णय रहेछ । ३. रिट निवेदन जिकिर यस प्रकार रहेछ : भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४ को उपदफा १ बमोजिमको कबुलियत छ भन्न र बाली बुझाएको रसिद छ भन्न, लेख्न सकेको छैन र दफा २५ को उपदफा २ समेतको कानूनी त्रुटि गर्दै ०२५ सालमा नापी भई आफूले कमाएको जग्गाको विपक्षी दल्लु मियाँले मोहियानी हकको प्रमाण पाई सकेको र प्रकाशित अनुसूची २ मा उल्लेख गरिएको जग्गा भन्दा बढी जग्गाको मोहियानी प्रमाणपत्र पाएको देखिएको छ । अनुसूची २ मा ३ कित्ता जग्गा विगाहा १–५–० कमाएको भन्ने व्यक्तिले कि.नं.१८, ८५ र ८८ समेत ३ कित्ता जग्गाको जग्गा बिगाहा १–११–८ १/८ को मोहियानी हकको प्रमाणपत्र पाएको छँदै कि.नं.८० को जग्गाधनी हामी नभएकोमा जग्गाधनी भन्दै हामीहरुको मात्र जग्गाको विपक्षीलाई कि.नं.१७ को समेत मोही ठहर्नाले भनिएकोबाट जग्गा विगाहा ३–२–१९ १/२ को मोही कायम गरिएकोबाट जग्गा विगाहा १–११–११ बढी जग्गाको मोही कायम गरिएको निर्णय बदरभागी छ भन्ने समेत उल्लेख गरको रहेछ। ४. प्रत्यर्थीहरुबाट लिखितजवाफ लिई पेश गर्नु भन्ने समेत ०३६।१०।२२ को आदेश । ५. प्रत्यर्थी भूमिसुधार कार्यालय सुनसरीको लिखितजवाफमा सबूत प्रमाण र फिल्ड चेकको आधारबाट समेत न्यायिक दृष्टिकोंण राखी निर्णय भएको हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत उल्लेख भएको रहेछ । ६. प्रत्यर्थी दल्लु मियाँको नाउँमा ०३७।२।२१।३मा तामेल भएको सूचनाको म्यादगुजारी बसेका रहेछ । ७. यसमा जग्गा जोत आवाद गरी रहेको अवस्थामा विपक्षीहरुले आवाद गर्न बाधा गरी मोही बेदखल गरे भन्ने समेत वादी, बेदखल गरेको छैन भन्ने समेत प्रतिवादी भएकोमा वादी मोही ठहर्नाले मोही बेदखल गरेको छैन भन्न नमिल्ने हुँदा बेदखल गरे बापत रु.५ पाँच जरिवाना हुने ठहर्छ भन्ने समेत विपक्षी कार्यालयले निर्णय गरेक