निर्णय नं. ४३७६ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३७६ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: पौस अंक: ९ फैसला मिति :२०४८/०८/२४ २४१३ निर्णय नं.४३७६ ने.का.प. २०४८ अङ्क ९, १० पूर्णइजालस सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको रि.पू.इ.नं. ६८ आदेश भएको मिति: २०४८।८।२४।३ मा निवेदक/प्रत्यर्थी : लोक सेवा आयोग विरुद्ध विपक्षी/रिटनिवेदक: जि.धनुषा जनकपुर नं.पा. वार्ड नं. १ घर भई सा.निं.शाखा इलामका असिस्टेण्ट इन्जिनियर भई काम गर्ने उमेश शरण श्रीवास्तव विषय : उत्प्रेषण (१) मुद्दामा पक्षको रुपमा सम्मिलित नभएका व्यक्तिलाई प्रतिकूल असर परेको सम्झन नमिल्ने । (प्रकरण नं. १३) (२) अन्तर्वार्ता सम्मको कारवाहीलाई यथावत राख्दै अन्तर्वार्ताको नतिजा र सो अनुसारको सिफारिश समेतको कारवाही तथा निर्णयमा संशोधन गर्ने गरी भएको लोक सेवा आयोगको निर्णयमा कुनै त्रुटि नदेखिँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया आदेश प्र.न्या.विश्वनाथ उपाध्याय १. सर्वोच्च अदालत संयुक्त इजलासको मिति २०४३।४।१३ को निर्णय दोहोर्याई पाउँ भनी लोक सेवा आयोगले श्री ५ महाराजाधिराज सरकार समक्ष दिएको बिन्तिपत्रमा उक्त मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहोर्याई हेरी कानुन बमाोजिम निर्णय गर्नु भन्ने मौसूफ सरकारबाट हु.प्र.बक्स भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ :– २. यसमा लो.से.आ. (कार्यविधि) नियम, ०२७ को नियम १० बमोजिम निवेदकको दर्खास्त लो.से.आ.ले जाँची निज बटुकमान मल्ल अन्तर्वार्ता तथा जाँचमा सम्मिलित भएको कुरामा विवाद छैन । यसरी लो.से.आ.ले नियम बमोजिमको कार्यविधि अपनाएपछि यस अदालतमा उक्त लो.से.आ.ले पे्रषित गरेको लिखितजवाफमा श्री ५ को सरकारको निर्णय बमोजिम निज बटुकमान मल्ललाई इन्जिनीयरिड्ड सेवा सिभिल समूह जनरल उपसमूहको पदको लागि उम्मेदवार नमानेको भनी उल्लेख गरेको पाइन्छ । एक पटक उम्मेदवार माने पछि निवेदकलाई उम्मेदवार नमानेको भनी लोक सेवा आयोग युक्ति तर्क संगतको देखिँदैन । अतः लोक सेवा आयोगले नं. १६८।०३८ को मिति ०३९।१२।२ मा अन्तर्वार्ता प्रकाशित गरेको सम्पूर्ण कारवाहीमा त्रुटि देखिएकोले बदर हुने ठहर्छ । कानुन बमोजिम कारवाही तथा निर्णय गर्नु भनी परमादेशको आदेश दिने ठहर्छ भन्ने समेत व्यहोराको रिट नं. ०३९ सालको रि.नं. १५२३ निवेदक वटुकमान मल्लको रिटनिवेदनमा ०४१।२।८ गते डिभिजनबेञ्चबाट भएको आदेश । ३. आयोगको कि.नं. १६८।०३८ अनुसार रा.प., (साविक पेज नं. ५७२) तृतीय श्रेणी इन्जिनीयरिड्ड सेवा सिभिल समूह जनरल उपसमूह १५ वर्षे (बढुवा) पदमा यसै शाखाको सूचना नं. ३१५।०३९ मिति ०३९।१२।२ को सूचनामा श्री महेश्वर मिश्र र श्री उमेशशरण श्रीवास्तव सिफारिश भएकोमा ०४१।२।८ को सर्वोच्च अदालतको फैसलाको सिलसिला अनुरुप भएको आयोगको ०४१।१२।२९ को निर्णयानुसार श्री उमेशशरण श्रीवास्तवको नाम उक्त योग्यता क्रमबाट हटाई श्री वटुकमान मल्ललाई उक्त स्थानमा सिफारिश समेत गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ भन्ने लोक सेवा आयोगको मिति ०४२।१।१२ गतेको बुलेटिनको सूचना नं. २।०४२ मा प्रकाशित भएको । ४. सम्मानित अदालतको