निर्णय नं. ४३७७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३७७ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/०९/११ २१०८ निर्णय नं. ४३७७ ने.का.प. २०४८ अङ्क १० पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको फौ.पू.इ.नं. २९ फैसला भएको मिति : २०४८।९।११।५ मा निवेदक/प्रतिवादी : जि.कारागार शाखा दाङमा थुनामा रहेको लिलाबहादुर राउतसमेत विरुद्ध विपक्षी/वादी : मनी आलेको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) कुटपिट गरेबाट सोही चोट पीरले मरेको भन्ने कुरा पुष्टि हुन आएको तर मृतकको मृत्यु यसैको चोटले वा यही चोटको कारणले भएको भन्ने कुरा खुल्न नआएको र प्रतिवादीहरु समेतले चोट छाडेको भन्ने देखिन आएबाट निजहरुको कुटपिटको कारण समेतबाट मृतकको मृत्यु भएको देखिएकोले प्रतिवादीहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजायँ हुने ठहर्‍याएको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. ३१) (२) प्रतिवादीहरुले कुटपिट गरी चोट छाडे पनि सांघातिक हतियारले प्रहार गरेको नदेखिएको र घातक प्रहार नभई सामान्य कुटपिट गर्दा मृतकको मृत्यु हुन गएको देखिएको (साविक पेज नं. ५७६) हुँदा निजहरुको चोटलाई विचार गर्दा प्रतिवादीहरुलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले निजहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तको १८८ नं. बमोजिम १० वर्ष कैद सजायँ हुने । (प्रकरण नं. ३१) निवेदक, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शेरबहादुर के.सी. प्रत्यर्थी, वादीतर्फबाट : विद्वान का.मु. मुख्य न्यायाधीवक्ता श्री प्रेमबहादुर विष्ट फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।८।१७।३ मा भएको फैसला पूर्णइजलासबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकुम प्रमांगी बमोजिम पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. यही २०३९ साल मंसीर १८ गतेका दिन अं. १२ बजे मेरो लोग्ने पृथबहादुर गाउँ घुमी मादक पदार्थ सेवन गरी आई रहेको अवस्था घरबाट अं. १०० हात दक्षिण खरबारीमा आई पुग्दा देवर चोचे भन्ने दलसिंह आलेले पनि मादक पदार्थ सेवन गरेको हुँदा निजले लोग्ने पृथबहादुरलाई गाली गरेकोले देवर र लोग्नेको झगडा हुन लागेकोले म छुट्याउन पुगी सो अवस्थामा कुटुरे कामी, विदरे भन्ने दले कामी –१, लोटे भन्ने बल सिं कामी –१, नमै कामी –१ र साइलो देवर वेदे आले –१ समेत आई छुट्याएपछि हुकुमबहादुर रावत १, लिलाधर रावत क्षेत्री –१, खिमबहादुर वली –१ समेतले आई लोग्नेलाई कुटपिट गरेको र खिमबहादुर वलीले लोग्नेको अण्डकोष समाती मुटुमा हानेका थिए, सासू गुमाले पनि डण्डाले प्रहार गरेपछि लोग्ने मुर्छा परे । सोही चोटपीरले लोग्ने पृथबहादुर ०३९।८।२३ गते परलोक हुनुभएकोले कानुन बमोजिम सजायँ गरी पाउँ भन्ने मनी आले मगर्नीको जाहेरी दर्खास्त । ३. लाशको निधारमा लाठी ढुड्डाले हिर्काएको घाउ भएको, दायाँ कोखामा निलडाम भई सुन्निएको बायाँ अण्डकोषमा घाउ भई सुनिएको भन्ने समेत २०३९।८।२४ को लाश प्रकृति मुचुल्का । ४. चोटपीरले मरेको भन्ने पोष्टमार्टम रिपोर्ट । ५. गते बार थाहा छैन, भैलोको भोज खाने दिनमा हो, सौतेनी छोरा पृथीबहादुर मेरो छोरा चोचे भन्ने दलसिं आलेको साबुन विषयमा भनाभन झगडा हुँदा कुटुरे कामी, नमे कामी, लेन्टे कामी र छोरा वेदप्रसाद समेत भ