निर्णय नं. १५७१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५७१ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: २४ साल: २०३९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३९/०७/०२ २३३३ निर्णय नं. १५७१ ने.का.प. २०३९ अङ्क ७ फुलबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको रिट फू.नं. ४४ आदेश भएको मिति : २०३९।७।२।३ मा निवेदक : जि.वारा बसन्तपुर गा.पं.वडा नं.१ बस्ने अदालत शाहु तुरहा विरुद्ध प्रत्यर्थी : जि.न्या.केदारप्रसाद गिरी, बारा समेत बिषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) २०३४।४।२८ मा ०–८–५ जग्गा लिलाम गरेको र त्यसबाट नपुग बिगोमा पुनः मिति ०३४।८।७ मा ०–२–० जग्गा लिलाम गरिएको देखिएबाट खाम्नेभन्दा बढी जग्गा लिलाम भएको भन्न नमिल्ने । (प्रकरण नं. ९) (१) तायदात गर्दा बिचारी र उपप्रधानपञ्च समेतबाट र पन्चकृति मोल कायम गर्दा भू.प्र.का. बाराको खरीदारसमेत साक्षी राखेको देखिँदा त्यस्तो बेरीत भएको नदेखिने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।३।१४।५ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तीपत्र परी फुलबेञ्चबाट दोहर्‍याई निर्णय गरिदिनु भन्ने मौसुफका बिशेष जाहेरी विभाग मार्फत बक्स भई आएका हुकूम प्रमांगी बमोजिम फुलबेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ : २. मैले जमुना साहु तेलीलाई मिति ०३९।९।१३ मा जग्गा बिगाहा ०–२–८ रु.२९००। मा सुक्रिबिक्ति गरेकोमा हाम्रो हक बदर गरी पाउँ भनी आमा अकली र भतिजा मदनको उजुर परेकोमा त्यसमध्ये ०–१–८ जग्गाको लिखत बदर हुने भनी बारा जिल्ला अदालतबाट ०३२–१२–९ मा फैसला भएको र नारायणी अञ्चल अदालतको मिति ०३३।८।१३ गते मुद्दा फैसला भएकोले रु.१९३३।३४ को कपाली हुन गयो । सो कपाली भएको तमसुकको ०२९।९।१३ देखि नै ब्याज र साँवा पाउँ भनी निज जमुना साहुको फिराद परेकोमा पुरै साँवा ब्याज भराउने गरी बारा जि.अ.र ना.अं.अदालतबाट फैसला भएकोले नारायणी अञ्चल अदालत उपर पुनरावेदन गर्न पाउँ भनी म.क्षे.अ.मा मैले पुनरावेदनको निवेदन दिई कारवाई चली तारेखमा बसिरहेकोमा कारवाई चल्दा चल्दै उक्त साँवा ब्याज भराई पाउँ भनी निज जमुना साहुको जायजातको दर्खास्त परेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतमा मुद्दा चली रहेको विवरण खोली बारा जिल्ला अदालतमा निवेदन दिएको थिएँ । बारा जिल्ला अदालतले जायजात तायदात गर्ने फैसला गरी सारा काम कम्तिमा बिचारी दर्जाको कर्मचारीले गर्नु पर्नेमा बहिदार दर्जाद्वारा सारा काम गराइयो । पञ्चकिर्ति मोल कायम गर्दा १२ सय प्रतिकठ्ठाको मोल कायम गरी खरीद बिक्री भएको मिसिल भई प्रमाणित रहेको छँदा छँदै २ सय प्रतिकठ्ठा मोल कायम गरी खरीद बिगाहा ०–१–१२ को बदलामा जग्गा बिगाहा ०–१०–५ लिलाम गराई निज जमुना साहुलाई दिलाएकोले बारा जिल्ला अदालतले अन्याय गर्नु भएको छ । लिलाम बिक्री गर्दा असुल गर्न खामे सम्म मात्र लिलाम गर्नुपर्छ भन्ने उक्त जिल्ला तथा अञ्चल नियमावलीमा लेखिएको छ र लिलाम गर्दा पन्चकिर्ति मोलभन्दा घटि डाक भएमा ३ पटक सम्म लिलाम बढाबढ गरी लिलाम बिक्री गर्नु पर्नेमा सो केही नगरी त्यस्तो वेरीतको लिलामलाई सदर गरी मेरो नाउँबाट उक्त जग्गाको लगत काटी जमुना साहुको नाउँमा दर्ता गर्नु भनी बारा जिल्ला अदालतको न्यायाधीशले मिति ०३४।४।३१।२ मा आदेश दिनु भएको र बाँकी जग्गा समेत लिलाम भएको सदर गरी मिसिल ताम