निर्णय नं. ४३७८ - खिचोला दर्ता बदर हक कायम समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३७८ - खिचोला दर्ता बदर हक कायम समेत भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/०९/२५ १९९९ निर्णय नं. ४३७८ ने.का.प. २०४८ अङ्क १० पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको दे.पू.इ.नं. ७२ फैसला भएको मिति: २०४८।९।२५।५ मा पुनरावेदक/वादी: का.न.पा.वडा नं. २४ बस्ने गोपालमान जोशी विरुद्ध विपक्षी/प्रतिवादी : का.न.पा. वडा नं. २४ बस्ने कृष्णराज पाण्डे मुद्दा : खिचोला दर्ता बदर हक कायम समेत (१) धारा, भरेङ र चिबहाल रहँदैमा चोक वादीको एकलौटी हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) साझा भनी दावी गर्नेले साझाको अवस्था सम्म देखाई दिए पुग्ने । (प्रकरण नं. १७) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री नारायण वल्लभ पन्त, विद्वान अधिवक्ता श्री प्रकाश राउत फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमतिद्वारा पुनरावेदन परी पेश हुँदा सर्वोच्च अदालत संयुक्त इजलासका माननीन न्यायाधीशहरु बीच राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. का.न.पा. वार्ड नं. १० को परिवर्तित २४ अन्तर्गतको मेरो घरको दक्षिणतर्फ एकलौटी चोक कि.नं. ९२ मा नाप नक्शा भएको चोकमा मेरो धारा चर्पी (साविक पेज नं. ५८२) चीवहाल समेत छ । त्यस्तो चोक साझा भनी विपक्षीले खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने समेत वादीको फिराद दावी । ३. चोकको पश्चिमतर्फ मेरो घर भएको र पहिलेको नक्शाबाट समेत साझा चोक देखिएको चोकमा भर्याङ बनाएकोतर्फ भत्काई पाउँ भन्ने मेरो फिराद परेको छ । चोक निजको एकलौटी होइन साझा कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तर । ४. चोक एकलौटी कायम गरिपाउँ भन्ने वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको ०३९।३।३१ को फैसला । ५. सो उपर चित्त बुझेन दावी बमोजिम एकलौटी कायम गरिपाउँ भन्ने समेत वादीको वागमती अञ्चल अदालतमा परेको पुनरावेदन । ६. साझा चोक कायम गरेको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ भन्ने समेत वागमती अञ्चल अदालतको २०४०।१।६ को फैसला । ७. वा.अं.अ.को फैसलामा प्रत्यक्ष कानुनी त्रुटि हुँदा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने वादीको म.क्षे.अदालतमा परेको निवेदन । ८. लगाउको नि.नं. १८११ को मुद्दामा अनुमति प्रदान भएकोले यसमा पनि पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०४१।११।२४ को सिंगलबेञ्चको आदेश । ९. अचल सम्पत्तिको हक स्वामित्वको सन्दर्भमा खम्बिर प्रमाण बिना ठहर गर्न न्यायोचित नदेखिने अवस्था देखिएकोले विवादित चोकलाई साझा कायम गर्ने गरेको शुरुको सदर गरेको वागमती अञ्चल अदालतको फैसलामा कानुनी त्रुटि नदेखिँदा इन्साफ मनासिब ठहर्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४०।९।२० गतेको फैसला । १०. विवादित चोकमा विपक्षीले कहिले पनि भोगचलन गरेको छैन । मेरो नाउँको धारा जडान भएको, मेरो घरमा उक्लने इंटा सिमेन्टको भरेङ छ र मेरो चर्पी पनि छ जुन कुरा अदालतबाट भएको नक्शामा देखिएको छ । भरेङ भत्काई पाउँ भनी विपक्षीले नालेश दायर गरेकोमा निजको दावी पुग्न नसक्ने भई एकै दिन २०४३।९।२० गते म.क्षे.अ.बाट फैसला भएको छ । म.क्षे.अ.को फैसला ने.का.प. २०३३।१८२ मा प्रकाशित र प्रतिपादित सिद्धान्त वि