निर्णय नं. ४३७९ - दर्ता बदर समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३७९ - दर्ता बदर समेत भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/०७ २३४३ निर्णय नं. ४३७९ ने.का.प. २०४८ अङ्क १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४७ सालको दे.पू.इ.नं. ७३ फैसला भएको मिति: २०४८।१०।७।३ मा पुनरावेदक/वादी: ल.पु.न.पा.वडा नं. १ बस्ने पूर्णलाल अवाले विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.बस्ने हिराकाजी महर्जन मुद्दा : दर्ता बदर समेत (१) वादीको दावी नापी गोश्वाराले सुनाए बमोजिम जग्गा खिचोला गरी दर्ता बदर गरी मेरो हक कायम गरी पाउँ भनी मूल रुपमा जग्गा मिच्नेको १ नं. र १८ नं. (साविक पेज नं. ५८६) समेतलाई आड लिई आएको देखिँदा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ (७) ले तोकेको हदम्याद नाघि प्रस्तुत फिराद परेको भन्ने कुरा प्रासंगिक नदेखिने । (प्रकरण नं. १६) पुनरावेदक वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्त श्री बालमुकुन्द श्रेष्ठ विपक्षी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वारकृष्ण श्रेष्ठ, विद्वान अधिवक्त श्री गरुप्रसाद बराल फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर अनुमति प्रदान भई निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्त इजलास समक्ष पेश हुँदा माननीय न्यायाधीशहरु बीच मतैक्य हुन नसकी यस पूर्णइजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. पूर्व चोक पश्चिम हिराकाजीको जग्गा उत्तर अनन्तमानको जग्गा दक्षिण आफूलालको जग्गा मुल बाटो यति ४ किल्ला भित्रको हाल सर्भे नापी तिरो समेत नभएको ल.पु.न.पंं.वडा नं. ११ को टोमबहाल टोलको पूर्व पश्चिम १७ फिट उत्तर दक्षिण चौडा फुट ४० भएको केववारी १ जग्गा मंगललाललाई रिझाए बापत रु. २००१।– जाने मिति २०३७।५।१।१ मा रजिष्ट्रेशन भोगचलन समेत गरिआएको थिएँ । उक्त केववारीको पश्चिम पट्टिका संधियार हिराकाजीले खिचोला गरेकोले ३ नं. नापीमा उजुर गर्दा उक्त जग्गाको कि.नं. २१९ भन्नु पर्नेमा २२१ हुन गएको रहेछ र.नं २०४ बाट पारित बकसपत्रको ४ किल्ला भिड्न नआएकोले दर्ता गर्न नमिल्ने भनि मिति २०३९।२।२ मा जानकारी आएकोले विपक्षीले उक्त जग्गामा खिचोला समेत गर्नुभयो । कि.नं. २१९ केवबारी भन्नु पर्नेमा कि.नं. २२१ भनिन गएको सम्म हो । मेरो लिखित बकसपत्र अनुसारको जग्गाको खिचोला मेटाई दर्ता बदर गरी चलन समेत चलाई पाउँ भन्ने फिराद दावी । ३. विपक्षीका दाताका नाममा दर्ता रहेको प्रमाण, आधार रेर्कड केही छैन । दाताको आमा बुद्धिमायाको नाममा केवल लम्वाई हात १३ र जग हात १२ को केबवारी रहेकोमा हँुदै नभएको जग्गाको बढी क्षेत्रफल देखाई लिनेदिने गरिएको कार्य गैरकानूनी छ । साथै कि.नं. २१९ को जग्गाको हालै मात्र खिचोला गरेको भन्ने समेत दावी व्यहोरा झुठ्ठा हो भन्ने समेत प्रतिउत्तरपत्र । ४. नापीले कि.नं. २२१ को सम्बन्धमा जानकारी गराएकोमा अदालतमा प्रवेश गर्दा कि.नं. २१९ भनी लिएको दावीमा निर्णय गर्न मिलेन । अ.बं. १८० नं. ले खारेज हुुने ठर्हछ भन्ने ललितपुर जिल्ला अदालतको मिति २०४०।९।३ को फैसला । ५. सो खारेजी फैसला अन्यायर्पूण हुँदा बदर गरी इन्साफ पाउँ भन्ने वादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. वादी पुनरावेदकको दावी कानुन विपरीत र कि.नं. २१९ को दावी हदम्याद नाघी भएको समेत देखिँदा खारेज गरेको शुरु फैसला मनासिव ठर्हछ भन्ने बागमती अञ्चल अदालतको मिति २०४१।८।