निर्णय नं. ४३८० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३८० - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/०९/१६ २२०१ निर्णय नं. ४३८० ने.का.प. २०४८ अङ्क १० पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४७ सालको फौ.पु.पूर्ण इ.नं. २८ फैसला भएको मिति: २०४८।९।१६।३ मा निवेदक/प्रतिवादी : जिल्ला कारागार मोरड्डमा थुनामा रहेको धनेश्वर लिम्बू विरुद्ध विपक्षी/वादी : मनकुमारी राइको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) चस्मदिद व्यक्तिहरुको बकपत्र वारदात भएको एक वर्ष भन्दा पनि पछि भएको देखिएकोले त्यस्तो स्थितिमा शर्ट, पाइन्टको रंग कस्तो थियो भन्ने जस्ता सानातिना कुराहरु याद नहुन पनि सक्ने हुँदा जाहेरी दर्खास्त, जाहेरवालीको अदालतमा गरेको बकपत्र समेतबाट घटना हुँदा वारदात स्थलमा नरहेको भन्न मिल्ने स्थिति नदेखिँने । (प्रकरण नं. ४४) (२) निवेदक प्रतिवादी मौकामा वारदातमा उपस्थित भएको तर निजले आफ्नो साथमा कुनै हतियार लिएको वा मृतक माथि प्रहार गरेको भन्ने कुरा प्रमाणित हुन नआएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को देहाय दफा (३) बमोजिम तीन वर्ष कैद सजायँ हुने । (प्रकरण नं. ४४) निवेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री बाल (साविक पेज नं. ५९१) कृष्ण न्यौपाने, विद्वान अधिवक्ता श्री प्रेमप्रसाद अधिकारी विपक्षी/वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.त्रिलोकप्रताप राणा १. श्री ५ महाराजाधिराजका हजूरमा यस सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४६।३।५ मा भएको फैसला दोहर्याई पाउँ भनी प्रतिवादी धनेश्वर लिम्बुको हकमा अधिवक्ता वालकृष्ण न्यौपानेले न्यायिक समिति मार्फत चढाएको बिन्तिपत्र र सो सम्बन्धमा न्यायिक समितिद्वारा चढाई पठाएको पर्चा समेतको व्यहोरा जाहेर हुँदा नेपालको संविधान, २०१९ को धारा ७२(ख) बमोजिम उक्त निर्णय दोहर्याई हेरी कानुन बमोजिम गर्नु भनी हुकुम बक्सेको छ भनी मौसूफ सरकारका प्रमुख सचिवालय राजदरबारबाट मिति २०४७।४।२ मा लेखी आए बमोजिम पूर्णइजलास लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. मिति २०४०।११।२८ गतेमा दिन ४ बजे पनि उत्तम राइको साथमा म माइती दाजु प्रेमराजको घरमा गएकोमा जहरमान लिम्बू, नासपाते साइला, धनेश्वर, मनमती, नरेन्द्र, कृष्ण, गजेश्वर, चन्द्र लिम्बू, भवानी खरेल, पुष्प लिम्बु, विष्णुबहादुर, जन्तरे लिम्बू, विजुले लिम्बू र नचिनेका अरु ५, ५ जना समेतले लाठी खुकुरी लिई मेरो श्रीमती लाने उत्तमे राइलाई ठीक नगरी भएन भनी जहरमानले बचन दिई समाउदै घोक्र्याउँदै घिसारी लाठी खुकुरीले हानी पति उत्तम राइलाई मारे भन्ने जाहेरी दर्खास्त । ३. धारिलो हतियारले काटिएको या चोट भएको भन्ने लाश प्रकृति मुचुल्का भएको र लाश जाँच पोष्ट मार्टम रिपोर्ट समेत भएको रहेछ । ४. झगडा हुँदा छुट्याउने मर्नेकी श्रीमती र प्रेमराजलाई पनि कुट्दै थिए मैले मनाही गर्दा जहरमानको जार हो काट्न पाइन्छ तलाई केही हुँदैन चुप लाग भनी उत्तरपट्टी गए भन्ने एककुमार अधिकारीको मौकाको कागज । ५. धनेश्वरको नातीले ११ पल्ट उत्तमलाई गनी गनी काटे भनी इन्द्रकुमारीलाई भनी रहेको सुनँे भन्ने बलमाया लिम्बुनीको मौकाको कागज । ६. जहरमानको श्रीमती लगेको कारण उत्तमलाई कर्तव्य गरी मारेको हुन् भन्ने इन्द्रकुमारी लिम्बू, चन्द्रक