निर्णय नं. ४३८२ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३८२ - उत्प्रेषणयुक्त परमादेश भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/०८ २०४१ निर्णय नं. ४३८२ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४६ सालको रिट नं. ६८३ आदेश भएको मिति: २०४८।१०।८।४ मा निवेदक : जि.ओखलढुंगा वरुणेश्वर गा.वि.स. वार्ड नं.२ बस्ने निलहरी दाहाल विरुद्ध विपक्षी : श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालयसमेत विषय : उत्प्रेषणयुक्त परमादेश (१) राजपत्रअनंकित कर्मचारीको नियुक्ति गर्ने अख्तियारी कानुनतः श्री ५ को सरकारलाई भएको देखिन नआएको, अख्तियार प्राप्त निकाय या व्यक्ति पदाधिकारीको निर्णय आदेश कानुन बमोजिम भएको खण्डमा मात्र त्यो कानुनको दृष्टिबाट मान्य हुन सक्छ तर प्रस्तुत रिटनिवेदनमा विद्यमान कानुनले निवेदकलाई निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम पर्चा खडा गरी नोकरीबाट हटाउने अख्तियार श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको नदेखिँदा श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयबाट निवेदकलाई दिइएको पत्र अनधिकृत देखियो । अनधिकृत काम कारवाही न्यायको दृष्टिमा मान्य रही रहन नसक्ने । (प्रकरण नं. १२) (२) केवल जिम्मेवारी अनुसार आचरण नगरेको भन्ने वाक्यांशको समावेश गर्नु नै कर्मचारीको सेवाको समाप्तिको पर्याप्त कानुनी आधार मान्न नसकिने । (प्रकरण नं. १३) (साविक पेज नं. ६०५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ र सर्वोच्च अदालत नियमावली, २०२१ बमोजिम दर्ता भई आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. श्री ५ को सरकारले तपाईलाई मिति २०४५।४।२५ को निर्णय अनुसार आफ्नो पद अनुसारको आचरण नगरेको अभियोगमा निजामती सेवा ऐन, २०१३ को दफा ६(१)(ख) बमोजिम निजामती सेवा नियमवाली, २०२१ को दफा १०.६(५) को कसूरमा सोही नियमावलीको नियम १०(१)(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी रामपुर हेल्थपोष्ट ओखलढुंगाको अ.हे.ब.पदबाट हटाइएको छ भन्ने व्यहोराको २०४५।७।२१ को पत्र मिति २०४५।९।१२ मा मलाई दिइयो । यसरी मलाई सेवाबाट हटाइएको सम्बन्धमा भएका निर्णयहरु समेत त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भनी मैले प्रशासकीय अदालतमा पुनरावेदन दिएकोमा विभागीय सजायँको आदेश दिन पाउने अधिकारीले सफाइको सबूद दिन मनासिब माफिकको मौका दिन अव्यवहारिक हुने कारण समेत खुलाई पर्चा खडा भएको देखिँदा श्री ५ को सरकारले पुनरावेदक निलहरी दाहाललाई नि.से., नि. २०२१ को नियम १०.६(५) को कसूरमा नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने मिति २०४५।४।२५ को निर्णय मिलेकै देखिँदा मनासिब ठहर्छ भनी उक्त अदालतबाट निर्णय भएको छ । ३. मेरो नोकरी अवधिमा एक पटक नसिहत समेत पाएको छुइन । यस्तो अवस्थामा प्रतिवादको मौका समेत नदिई नोकरीबाट बर्खास्त गर्ने गरेको निर्णय मिलेको छैन, निजामती सेवा ऐन, २०१३ को दफा ६(१) ले कुनै पनि निजामती कर्मचारीलाई निज उपर गरिने कार्यवाहीको सन्दर्भमा सफाइको सबुद दिने मनासिब माफिकको मौका नदिई बर्खास्त गर्नु वा दर्जा तलब घटाइनु हुँदैन भनी किटानी व्यवस्था गरेको पाइन्छ । सोही ऐनको दफा ६(१) को खण्ड (ख) को अवस्था आकर्षित हुने स्थिति यसमा छैन । किनकी यसमा विभागीय सजायँक