निर्णय नं. ४३८३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३८३ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/०६ २३५४ निर्णय नं. ४३८३ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४७ सालको रिट नं. ७२२ आदेश भएको मिति: २०४८।१०।६।२ मा निवेदक : भ.पु.नं.पा. वडा नं. ३ गछें टोल बस्ने मोहनकुमार प्याथ विरुद्ध प्रत्यर्थी : मालपोत कार्यालय, भक्तपुरसमेत विषय : उत्प्रेषण(साविक पेज नं. ६०८) (१) सगोलको सम्पत्ति कानुन बमोजिम दुवैको मञ्जूरीबाट अलग अलग गरी लिखत गरेको अवस्थामा बाहेक दुइजनाको नाममा छुट्टा छुट्टै दर्ता गर्न नसकिने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री राम लोचन झा विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. पुर्खौली स्ववासी हक भोगको हाल नापीमा भक्तपुर जिल्ला नं.पा. वडा नं. ३ कि.नं. २५५ क्षेत्रफल ०–०–३–० घर जग्गा १ र म निवेदक विपक्ष मध्येका बद्रीनारायण जना २ को नाममा मिति २०३०।६।९ मा सगोलमा राजीनामा पारित गरी पाएको ऐ.ऐ.कि.नं. ३२८ क्षेत्रफल ०–०–२–१ को घर जग्गामा समेत हामीहरु समेतका अंशियारहरुको बीच मिति २०३१।६।२५ मा घरसारमा बण्डापत्र खडा गरी भिन्न हुँदा कि.नं. २५५ को घर जग्गा म निवेदकको भाग र कि.नं. ३२८ विपक्ष बद्रीनारायणको भागमा परी भोग चलन गरी आएकोमा आ–आफ्नो भाग आ–आफ्नो नाममा दर्ता हुन ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीमा उजूरी दिंदा विपक्ष बद्रीनारायणले बण्डापत्रलाई अस्वीकार गरी कि.नं. २५५ को घर सगोलमा दर्ता हुनु पर्ने भनेकाले ३ नं. नापी गोश्वारा १ नं. नापी टोलीबाट मिति २०४१।४।७ का दिन कि.नं. ३२८ दुवै जनाको नाममा सगोलमा र कि.नं. २५५ समेत सगोलमा अस्थायी दर्ता हुने निर्णय भएको कि.नं. २५५ को हकमा वादी म मोहनकुमार प्याथ र प्रतिवादी विपक्ष बद्रीनारायण भएको खिचोला समेत मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति ०४३।८।८ मा नापी अड्डाले सगोलमा अस्थायी दर्ता गर्ने गरेको निर्णय मिलेकै देखिएकोले वादी दावी पुग्न नसक्ने ठहराई भएको फैसला बागमती अञ्चल अदालतबाट मिति ०४५।२।१६ मा डिसमिस फैसला भई सगोल दर्ता हुने कि.नं. २५५ को घर तथा कि.नं. ३२८ को घर समेत विपक्ष मध्येका बद्रीनारायण प्याथको निवेदन अनुसार भनी विपक्ष मालपोत कार्यालय र मे.ना.शा. भक्तपुरबाट मेरो स्वीकृति र मञ्जूरी बेगर मलाई बुझ्ने तथा प्रतिवाद गर्ने कुनै मौकासम्म नदिई कि.का. गरी क्रमशः कि.नं. ८०४ क्षेत्रफल ०–०–११२ र कि.नं. ८०६ क्षेत्रफल ०–०–१–२ म निवेदक मोहनकुमारको नाममा तथा कि.नं. ८०५ क्षेत्रफल ०–०–११२ र कि.नं. ८०७ क्षेत्रफल ०–०–१–२ विपक्ष बद्रीनारायणको नाममा कायम गरी अदालतको फैसला बमोजिम विपक्ष बद्रीनारायणको नाममा ज.ध.प्रमाण पूर्जा दिने गरी विपक्ष मालपोत कार्यालय भक्तपुरबाट मिति २०४६।६।९ मा टिप्पणीं आदेशद्वारा निर्णय गरेको रहेछ । ३. सगोल दर्ता भएको दर्तावालाहरुले कानुन बमोजिम बण्डा फाडी वा हक भाग छुट्याई लिनु दिनु गरेर नआउन्जेल एकाको मञ्जूरी बेगर सगोल दर्ता फोड्ने, कित्ताकाट गर्ने र अलग अलग नाममा दर्ता गर्ने गरेको मे.ना.शा. र मालपोत कार्यालय भक्तपुरको उक्त निर्णय कानुन प्रतिकूल र प्राकृतिक न्याय विपरीत छ । मालपोत ऐन, २०३४ को दफा