निर्णय नं. ४३८५ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४३८५ - जिउ मास्ने बेच्ने भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/०९/२१ २५४२ निर्णय नं. ४३८५ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४५ सालको फौ.पु.नं. ५०० फैसला भएको मिति: २०४८।९।२१।१ मा पुनरावेदक/वादी : सन्तमाया दमिनीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.रुपन्देही बुटवल नं.पं.वा.नं.९ बस्ने सुरज भन्ने सुरेश सार्कीसमेत मुद्दा : जिउ मास्ने बेच्ने (१) मुद्दाको प्रमुख गवाहको रुपमा रहेकी पीडित पक्ष स्वयं जाहेरवाली समेत अदालतमा आई आफ्नो जाहेरी समर्थन गर्न सकेको छैन । यस्तो स्थितिमा बिना कुनै ठोस सबूद प्रमाण प्रतिवादीहरुलाई कसूरदार ठहर्याउन नसकिने । (प्रकरण नं. १६) पुनरावेदक, वादीतर्फबाट: विद्वान उपन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. न्या.प्र.सुधार ऐन, २०३१ को दफा १३(३)(ग) बमोजिम पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।२४ को फैसला उपर पुनरावेदन परी निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. २०४१ साल ज्येष्ठ ३ गते मेरी छोरी वर्ष १७ की सन्तमाया दर्जी मामाको घरमा जान्छु भनी गएकी र (साविक पेज नं. ६१८) अहिले सम्म घर नआएकीले २०४१ श्रावण ८ गते छोरी लिन भनी जाँदा मामा घरमा नगएकी थाहा पाएपछि सुराक पत्ता लगाउँदा कतै पत्ता नलागेकोले सुराक पत्ता लगाई खोजतलास गरी पाउँ भन्ने समेत हर्षबहादुर दमैको मिति २०४१।४।१३ गतेको हुलिया दर्खास्त । ३. २०४१ साल ज्येष्ठ ३ गतेको दिन म खेतमा गएको अवस्था सुरज भन्ने सार्कीले विवाह गर्छु भनी फकाई मानबहादुर कामी र १ जना नचिनेको समेत र म भारत जाउँ भनी सुनौलीमा सिनेमा हेर्न गएका र ऐ.५ गते दिल्ली पुगेपछि मलाई होटलमा राखी गएको र एक छिन पछि नचिनेको मानिस साथ लिई आई रिक्सामा राखी पठाएको, पछि मलाई दिल्ली जिवी रोड भन्ने ठाउँमा पक्की घरमा लगेपछि मानबहादुरले भा.रु. ५,०००।– लिई भागे । रुपैयाँ दिने माया तामाड्डले तिमीलाई बिक्री गरी रुपैयाँ लिई गए भनेपछि थाहा पाएँ मलाई बिक्री गर्ने सुरज र मानबहादुरलाई पक्राउ गरी नचिनेको एक जना को हो ? निजहरुबाट खुलाई पक्राउ गरी कानुन बमोजिम सजायँ समेत गरी पाउँ भन्ने समेत व्यहोराको सन्तमाया दमिनीको २०४१।११।११ को जाहेरी दर्खास्त । ४. म ५।६ वर्ष अगाडि भैरहवा सुनौलीमा गाडी चलाउँथे, २ वर्ष अगाडिबाट भारतको दिल्ली ओखला फैसटु इण्डष्ट्रिजमा चौकीदार काम गर्थे । सो ठाउँबाट आफ्नो घर शंकरनगरमा आउने जाने गर्दथें । मैले जाहेरवाला सन्तमाया दमिनीलाई बिक्री गरेको हैन । निजलाई सुरज सार्कीले विवाह गरी लगेको भन्ने कुरा थाहा पाएको थिएँ भन्ने समेत व्यहोराको प्रतिवादी मानबहादुर विश्वकर्माले प्रहरी समक्ष गरेको बयान कागज । ५. सन्तमायासंग प्रेम भएकोले सो ठाउँ छाडी अन्यत्र जाउँ भनी भनेकी मानबहादुर कामी भारत दिल्लीमा नोकरी गर्ने हुँदा निजसंग सल्लाह गर्दा मिलेमा नोकरी लगाई दिउँला भनेकोले २०४१ साल ज्येष्ठ ३।४ गते तिर सन्तमायालाई घरबाट लिई निस्कदा बाटामा नारायणघाट तिर घर हो भन्ने नाम यकीन नचिनेको मगर गुरुड्ड जस्तो व्यक्ति भेटी बाटा खर्च हाली दिन्छु भनेकीले भैरहवा देखि दिल्ली पुर्याई एक आइमाई कहाँ पुर्याई भा.रु. १,२००।– मा बिक्री गर्यो र पैसा बाँडी लिएको हो भन्ने समेत व्यहोराको प्रतिवादी सुरज भन्ने सुरेश सार्कीले प्रहरी समक्ष गरेको बयान कागज । ६. जाहेरवाली सन्तमाय