निर्णय नं. १५७५ - दोहरो लिखत बिक्रि बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५७५ - दोहरो लिखत बिक्रि बदर भाग: २४ साल: २०३९ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०३९/०६/०७ २३४८ निर्णय नं. १५७५ ने.का.प. २०३९ अङ्क ७ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३९ सालको दे.फु.नं. २६० फैसला भएको मिति : २०३९।६।७।५ मा पुनरावेदक/वादी : राप्ती अं.प्यूं.जि.सापडाँडा गा.पं.४इन्द्रे डाँडा बस्ने बलबहादुर भण्डारी क्षेत्री विरुद्ध विपक्षी : बिजवारटारी बस्ने ऋषिराम भण्डारी मुद्दा : दोहरो लिखत बिक्री बदर (१) अपराध कायम गराउने नगराउने कुरा दोहरा लिखत गराई लिने व्यक्तिको इच्छामा निर्भर हुन जान्छ र सो कार्यले जुन कुरामा प्रतिबन्ध लगाउन खोजेको छ सो कुरा निष्कृय र निस्प्रयोजन हुनजाने हुन्छ । तसर्थ एकालाई लेखी दिई सकेको जग्गा अर्कोलाई दोहरा पारी लिखत गरी दिनु नै अपराध हुने भएकोले लिखत भई सकेपछि लिखत पास नभएको कुराले कुनै प्रतिकूल असर पार्न सक्ने नदेखिने । (प्रकरण नं. १०) फैसला न्या.धनेन्द्रबहादुर सिंह १. सुदूर पश्चिमाञ्चल क्षत्रिय अदालतको ०३८।५।१८ को फैसलामा कानूनको त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी बलबहादुरको निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।७।३ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ : २. अन्यायवाला बलबहादुर भण्डारीले पहाडको घरजग्गा ०३०।६।११गते रु.५५०००।–मा मलाई राजीनामा गरिदिएको पारित गराई माग्न मेरो फिराद परेकोमा लिखत पारित हुनेठहरी ०३२।२।१५ मा जि.अ.प्यूठानबाट फैसला भई लिखत पारित गरिदिनु भनी प्यूठान माल कार्यालयलाई लेखी पठाई हाजिर हुन जाँदा तारेखमा राखी यस विषयमा जाहेर गरिएकोले अर्को सूचना नआएसम्म तारेखमा रहन नपर्ने भनी मलाई बोधार्थ दिएको, बलबहादुरले गुल्ममा बुझाउन पर्ने बाँकी रु.१०७००।५७ र सुद समेत असुल गर्नु भनी रक्षा मन्त्रालयबाट लेखिआएकोले पक्रँदा सो रु.१०७००।५७ बापत लोकबहादुर भण्डारी जमानी भएकोले अब ऋषिरामको लिखत पारित गरी दिन हुने नहुने के हो भनी अ.मं.मालपोत विभागमा जाहेर गरेको बोधार्थ प्यूठान मालले मलाई पठाएको छ । अन्यायी बलबहादुर र गीरबहादुर मिली मलाई राजीनामा गरी दिएको जमीन मध्ये टारीको खेतमा बारी बनाएको सो बारी र घर समेत रु.४२०००।–मा ०३३।१।२८ मा बलबहादुरले राजीनामा गरी दिने, अन्यायी गीरबहादुर र निजका स्वास्नी अमृता क्षेत्रीनीका नाउँमा राजीनामा खडा गरी लिने दिने गरेछन् । सोराजीनामा पारित गराई माग्न नालेस परी ०३४।१।९मा पारित हुने ठहरी फैसला भएको छ । दोहरा लेनदेन गरेको कुरा ०३५।१।१ मा थाहा पाएको हुँदा फिराद गरेकोछु । अन्यायवाला मिली मेरो जग्गा खान दोहरा बिक्री लिनु दिनु गरेको हुँदा दोहरा पारित गरी दिएको रु.४२०००।–को राजीनामा बदर वातेल गराई सजाय गरी पाउँ भन्नेसमेत ऋषिराम भण्डारीको फिरादपत्र । ३. म बलबहादुरले वादीलाई गरिदिएको राजीनामा पारित हुनसकेको छैन । म्याद नाघेकोले कपाली हुने कपाली लिखतबाट जग्गामा हकपुग्न नसक्ने भएकोले दोहरा लिनुदिनु गरे भन्ने दावी पुग्नसक्दैन । लिखतपारित नभई कपाली भएपछि जग्गाको स्वामित्व मेरै हुन आई घरखेतहरु रु.२१०००।–मा गीरबहादुरलाई रु.२१०००।–मा अमृतालाई ०३३।१।२८मा राजीनामा दिई सोराजीनामा पारित गराइपाउँ भन्नेउजूर दिई ०३२।२।१५मा पारित हुने ठहरी फैसला भएपनि पारित गराउने म्याद नाघी कपाली भइसकेकोले दोहरा बिक्रीको संज्ञा दिन नमिल्ने हुँदा वादीको