निर्णय नं. ८५४३ - दर्ता बदर गुठी कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५४३ - दर्ता बदर गुठी कायम भाग: ५३ साल: २०६८ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/०८/१२ ३७२२ निर्णय नं. ८५४३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी संवत् २०६२ सालको दे.पु.नं. ८५३२ फैसला मितिः २०६७।८।१२।१ मुद्दाः– दर्ता बदर गुठी कायम । पुनरावेदक वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३४ बानेश्वर बस्ने कृष्णकुमार शाही विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने होमकुमारी उपाध्यायको मु.स. गर्ने दिनेशप्रकाश कोइराला शुरु फैसला गर्ने :– प्रशासक विष्णुप्रसाद सिग्देल, गुठी संस्थान पुनरावेदन तहमा फैसला गर्ने :– मा.न्या.श्री हरिबाबु भट्टराई § ऐतिहासिक दस्तावेज समेतका प्रमाणबाट गुठी जग्गा देखिएकोमा त्यसको लगत गुठी संस्थानमा रहनु, नरहनु नै सर्वाधिक महत्वपूर्ण कुरा होइन । त्यसमा पनि गुठी संस्थानको लगतमा उक्त जग्गाको लगत रहँदै नरहेको भन्ने पनि होइन । आफू कहाँ रहेभएको लगत र ऐतिहासिक दस्तावेजहरूको कानूनी अध्ययन, अन्वेषण नगरी गुठीको कुनै कार्यालयले गुठी लगतमा सो जग्गा नदेखिएको भन्ने कुनै बेला लेखिदिँदैमा त्यसको अस्तित्व र स्वामित्व परिवर्तन हुन नसक्ने । (प्रकरण नं.७) § जे जुन व्यहोराबाट भए पनि गुठीको जग्गा रैकरमा कसैले दर्ता गराएको भन्ने देखिएमा र सो प्रमाणित हुन आएमा साविकबमोजिम गुठी कायम गर्न सक्ने सम्मको अधिकार गुठी संस्थानका प्रशासकलाई प्रदान गरेको देखिने । (प्रकरण नं.१०) § मुद्दा पर्दापर्दैको अवस्थामा भएका हक हस्तान्तरणका व्यवहारले कानूनी मान्यता नपाउने तथा मूल स्रोत नै कायम रहन नसकेपछि सोही स्रोतबाट टुक्रिएर गएका अन्य जग्गाको छुट्टै अस्तित्व कायम रहन नसक्ने । (प्रकरण नं.११) पुनरावेदक वादी तर्फबाटः वरिष्ठ अधिवक्ता श्री शम्भु थापा एवं विद्वान अधिवक्ताहरू श्री बल्लभ वस्नेत, श्री बालकृष्ण नेउपाने, श्री पदमप्रसाद काफ्ले, श्री रामप्रसाद गौडेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः वरिष्ठ अधिवक्ता श्री श्रीहरि अर्याल अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.ताहिर अली अन्सारीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) बमोजिम पुनरावेदन अदालत पाटनको २०६२।५।१४ को फैसलाउपर पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छः– मेरो बाजे कुलचन्द्र शाहीको नाउँमा मोहिया दर्ता भएको राजा जयप्रकाश मल्लले ने. सं. ८८६ मा बाँदर परेवालाई मकै छरी खुवाउने र शिवरात्रीमा महादीप बाली ब्राह्मण भोजनसमेत गराउने कार्यका लागि राखेको गुठी साविक २०२१ सालको नापीमा वत्तीसपुतली वडा नं. ६ कि.नं. २१७ को ४–१–० जग्गा जग्गावाला कुलचन्द्रको मृत्यु पश्चात दर्तावाला होमकुमारी उपाध्याय र मेरो बाबु समेतको मिलेमतोबाट रैकर दर्ता गराएकोले रैकरतर्फ दर्ता गराएको उक्त गुठीको जग्गा गुठी नै कायम गरिपाऊँ भन्ने समेत व्यहोराको कृष्णकुमार शाहीको निवेदन । उक्त जग्गाको फिल्डवुक उत्तारमा जोताहा महलमा नुरविक्रम शाही, जग्गाधनी महल होमकुमारी उपाध्याय, किसानको व्यहोराको महलमा का.ई बानेश्वरको मनकुमारी कोइरालाको हो, मैले जोती खाएको छुँ र कैफियत महलमा ल.न.११५/१ का वाग्मती डोल रोपनी १३।। को पोत रु. ४०।९० लागेको भन्ने व्यहोरा उल्लेख भएको । उक्त जग्गा साविक २०१९ सालमा कृष्णप्रसाद पाध्या, कृष्णराज पाध्या र मेघराज पाध्यासमेत ३ बाट काठमाडौँ ल.नं. ११५ मा दर्ता रहेको १३–८–० जग्गा रजिष्ट्रेशन पास