निर्णय नं. ४३८७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३८७ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/२९ ५२०७ निर्णय नं. ४३८७ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४८ सालको रि.नं. १५५४ आदेश भएको मिति: २०४८।१०।२९।४ मा निवेदक : काठमाडौं जिल्ला का.न.पा. वार्ड नं. १९ यटखा बस्ने शाही नेपाल वायु सेवा निगमको केन्द्रीय खरिद तथा भण्डार विभागमा वरिष्ठ सहायक पदमा कार्यरत नरमकाजी बज्राचार्य विरुद्ध विपक्षी : शाही नेपाल वायुसेवा निगम केन्द्रीय कार्यालय नयाँ सडकसमेत विषय : उत्प्रेषण (साविक पेज नं. ६२६) (१) फौज्दारी अभियोगमा स्वतः निलम्बनको पूर्व शर्त गिरफ्तारी र थुना हो, फौज्दारी अभियोगमा कारवाहीमा परेका कर्मचारीलाई जमानीमा छाड्न इन्कार हुने अवधिका सीमा निश्चित गर्न नसकिने । (प्रकरण नं. १६) (२) निलम्बन फुकुवाको अर्थ निलम्बित कर्मचारीलाई निलम्बन पूर्वको अवस्था ल्याउनु हुन्छ । (प्रकरण नं. १६) (३) स्वतः निलम्बनको विषयलाई खराब आचरणको जाँचबुझको सिलसिलामा निलम्बन भएको कर्मचारीको सम्बन्धमा निलम्बनको अवधिको सीमासंग गाँस्न नमिल्ने । (प्रकरण नं. १६) (४) प्रहरी हिरासतमा वा अदालती कारवाहीको सिलसिलामा थुनामा रहेको कर्मचारीको निलम्बनको अवधि ६ महीना भन्दा बढी हुन सक्तैन भन्ने निवेदक तर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन नमिल्ने । (प्रकरण नं. १७) (५) सफाई पाएको कर्मचारीको हकमा गिरफ्तारी र जमानीमा छाड्न इन्कार गरिएको भन्ने पूर्व शर्तको समाप्ति भएको मान्नु पर्ने । (प्रकरण नं. १७) (६) स्वतः निलम्बनको अवस्थाको समाप्त नै निलम्बन फुकुवाको आधार हुन्छ जिल्ला अदालतले निवेदकलाई फौज्दारी अभियोगबाट सफाई दिई गरिएको फैसला उपर पुनरावेदन परेकोले निलम्बन जारी रहनु पर्दछ भन्ने विपक्षीतर्फका विद्वान अधिवक्ताको बहससंग सहमत हुन नसक्ने । (प्रकरण नं. १७) (७) थुना हिरासतमा नरहेकोमा पनि फौज्दारी मुद्दा जारी रहेको कारणबाट निलम्बन जारी रहने भन्ने शाही नेपाल वायु सेवा निगम कर्मचारीहरुको सेवा नियमावली, २०३१ को नियम ११, ३, ४(ङ) मा व्यवस्था रहेको पाइँदैन । निवेदकको हकमा प्रहरी हिरासत र थुना निलम्बनको पूर्व शर्तको अभावमा निलम्बन जारी रहन्छ भन्न कानुनसंगत भएन । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुरेन्द्र भण्डारी प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेव यादव आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपाल अधिराज्यको संविधानको धारा २३।८८ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । (साविक पेज नं ६२७) २. म निवेदक शाही नेपाल वायु सेवा निगम केन्द्रीय कार्यालयको स्थायी कर्मचारी हुँ । मैले विपक्षी कार्यालयको केन्द्रीय खरिद तथा भण्डार विभागमा वरिष्ठ सहायकको रुपमा २०४५ साल श्रावण देखि सेवा गरी आई रहेकोमा २०४६।१।१२ गते विपक्षी कार्यालयबाट १,३७,०९९।३३ बराबरको सामान चोरी भयो भन्ने विपक्षी कार्यालयको पत्रको आधारमा प्रहरीद्वारा छानविन गर्ने क्रममा म स्टोर किपर भएको नाताले मलाई समेत मिति २०४६।१।१३ मा गिरफ्तार गरी प्रहरी हिरासतमा राखी मिति २०४६।१।३० को प्रहरी प्रतिवेदनद्वारा ०४७।०४८ सालको फौ.नं. ४९।१९८ अन्तर्गत नकवजनी चोरी मुद्दा म समेतलाई चलाइएकोमा का.जि.अ.को मिति २०४७।९।२० को फैसलाले म निवेदकलाई सफाई दिइएको छ । यसै क्रममा शाही नेपाल वायुसेवा निगमको कर्मचारी व्यवस्था तथा साधारण सेवा विभागका का.मु.निर्देशक