निर्णय नं. ४३८९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३८९ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/२८ २६४१ निर्णय नं. ४३८९ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४७ सालको रिट नं. ६३१ आदेश भएको मिति: २०४८।१०।२८।३ मा निवेदक : जि.का.का. शाखा काठमाडौंमा थुनामा रहेको मलाड्ड मुस्ताङ्ग तमाङ्ग विरुद्ध प्रत्यर्थी : ललितपुर जिल्ला अदालतसमेत विषय : उत्प्रेषण (१) सर्वश्वसहित जन्मकैद भएकोमा सोको जे जति कैद हुन्छ सोको मात्र लगत कसी कैद सजायँ गर्न पर्नेमा सर्वश्वसहित जन्मकैदको सजायँ भुक्तान गरेपछि डाँका मुद्दामा लागेको वर्ष ९ र जरिवाना बापतको कैद ठेक्ने भनी पठाएको लगत त्रुटिपूर्ण देखिँदा डाँका मुद्दामा लागेको वर्ष ९ र (साविक पेज नं. ६३६) जरिवाना बापतको कैद ठेक्नु भन्ने लगत निर्णय पत्र कानुन विपरीत देखिँदा डाँका मुद्दाको कैद थप गरेको लगत सो हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १७) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री होमनाथ ढुड्डाना विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. रुद्रप्रसाद तिमिल्सेनाको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको ज्यान डाँका मुद्दामा ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वश्वसहित जन्मकैद सजायँ हुने ठहरी ललितपुर जिल्ला अदालतबाट २०३९।११।३० मा भएको फैसलाको कलम एक सो फैसलालाई मुनासिब ठहर गरी मध्यमाञ्चल क्षेत्रीय अदालत र सम्मानीत सर्वोच्च अदालत समेतबाट फैसला भयो, जिवनाथ घिमिरेको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म निवेदक समेत भएको डाँका मुद्दामा दोश्रो पटक पारी डाँका कसूर गरेको ठहरी काभ्रेपलान्चोक जिल्ला अदालतबाट ९ वर्ष कैद, रु. २२,०४५।५० जरिवाना हुनेमा जरिवाना नतिरे बापत चोरीका महलको २८ नं. र दण्ड सजायँको ३८ नं. बमोजिम ४ वर्ष कैद समेत जम्मा १३ वर्ष कैद हुने भनी २०४०।३।९।५ मा भएको फैसलाको कलम एक, उक्त मितिमा फैसलाले ठहर भए बमोजिमको १३ वर्ष कैद ललितपुर जिल्ला अदालतबाट भएको फैसलाले ठहर भए बमोजिमको कैद थुनामा परेको मिति २०४७।८।१५ बाट भुक्तान गरेपछि मात्र का.प.जि.अ.बाट ठहर भएको १३ वर्ष कैद शुरु गराई भुक्तान गराउने भनी कैदको लगत ठेकी ठेकाई कैद म्याद ठेकुवा पुर्जी दिएको र डाँका मुद्दामा का.प.जि.अ.को फैसला उपर म.क्षे.अ.मा पुनरावेदन गरेकोमा शुरु फैसला मनासिब ठहरी पुनरावेदन गरे बापत अ.बं. २०३ नं. बमोजिम सयकडा १०% दशका दरले हुन आउने थप कैद १० महीना २४ दिन र जरिवाना रु. २२०४।७५ हुने गरी फैसला गरेकोमा सो पुनरावेदन गरे बापतको थप कैदको भने हालसम्म थप पुर्जी दिएको छैन । सो समेत विपक्षीहरुले ३३ वर्ष १० महीना २४ दिन कैद गर्ने लगत ठेकिएको छ । ३. नेपालको प्रचलित कानुनी व्यवस्था एकजना व्यक्तिलाई एक कलम भन्दा बढी जतिसुकै कलममा सजायँ गर्नु परेको खण्डमा एक कलम बाहेक बढी जतिसुकै कलम भए तापनि कैदको कलम मध्ये जुन कलमको सजायँ ठूलो छ सोही कलमको मात्र सजायँ गर्नुपर्छ सबै कलमको खत पटक खापी सजायँ गर्नु हुँदैन, अघि ठेकिएको कैदको कलम सानु र पछि ठेक्नु पर्ने कैदको कलम ठूलो भएमा अघि थुनामा परेको मितिबाट कट्टा हुने गरी ठूलो कलमको मात्र सजायँ कायम गरी कैदको लगत ठेक्नु पर्छ । कैदको लगतमा र पुर्जी भने सबै कलमको विवरण उल्लेख गर्नुपर्छ