निर्णय नं. ४३९० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३९० - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/०५ २४९६ निर्णय नं. ४३९० ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको रिट नं. ७८३ आदेश भएको मिति: २०४८।१०।५।१ मा रिट निवेदक: मोरड्ड जि.बुधनगर गा.वि.स. वडा नं. ४ बस्ने नकछेदी साहु तेली विरुद्ध विपक्षी : मोरंग जिल्ला अदालत, मोरंगसमेत विषय : उत्प्रेषण (१) विपक्षीहरुबाट बिगो नबुझाए बापतमा भएको लिलाम बदर गरी पाउँ भनी म्याद थमाई आएपछि विपक्षी तर्फबाट बिगो धरौट रहेको कारणबाट लिलाम बदर गरेको (साविक पेज नं. ६४१) पाइन्छ । निवेदकले पाउने बिगो धरौटी रहेको प्रस्तुत स्थितिमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने औचित्य रहेको नदेखिने । (प्रकरण नं. १०) विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. उपरोक्त विपक्षीहरुसंगको लुटपिट मुद्दामा बिगो भरी पाउने गरी मिति २०४७।७।२५ मा कोशी अञ्चल अदालतबाट फैसला भई बिगो भराउनको लागि दर्खास्त दिएकोमा विपक्षीले बिगो दाखिल नगरेकोले मोरंग जिल्ला अदालतबाट विपक्षीहरुको जायजेथा मिति २०४५।२।७ मा जायजात भई ०४५।३।६ मा मूल्य निर्धारण भई मिति २०४५।४।३० मा लिलाम गर्ने तारेख मुकरर गरेकोमा लिलाम डाँक गर्दा कसैले पनि सकार नगरेकोले मैले पाउने बिगो बापत डाँक सकार गरी मिति ०४५।९।१५।५ को चलन पुर्जी अनुसार मा.पो.का. मोरंगबाट जग्गा दर्ता गराई तिरो तिरी जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरेको थिएँ । प्रतिवादीले तिर्नु पर्ने बिगो धरौट राखेकोले लिलाम डाँक बदर भएकोले धरौटी फिर्ता लिन आउनु होला भनी मिति २०४६।२।१४ मा तामेल भएकोमा मिति २०४६।१।२२ को आदेश उपर कोशी अञ्चल अदालतमा पुनरावेदन गरेकोमा कानुन बमोजिम गर्नु भन्ने आदेश उपर पू.क्षे.अ.मा पुनरावेदन गरेकोमा सो अदालतले पनि कानुन बमोजिम गर्नु भन्ने आदेश भएको रहेछ । ३. डाँक लिलाम बदर गर्दा मलाई बुझ्दै नबुझी गरेको निर्णय गैरकानुनी छ । अदालतले निर्णय गर्दा वादी दावी बमोजिम गर्नु भर्ने दावी भन्दा बाहिर गएर निर्णय गर्न मिल्दैन । मैले चलन पुर्जी पाई ज.ध.प्र.पु.समेत लिई भोग चलन गरेको अवस्थामा मलाई प्रतिवाद गर्ने मौका नै नदिई भएको लिलाम बदर गरी गैरकानुनी हुँदा अन्य उपचारको अभावमा सम्मानीत अदालतमा आएको छु । प्रत्यर्थीको काम कारवाहीले संविधानको धारा १०(१), ११(२)(ङ) तथा १५ द्वारा प्रदत्त हकमा आघात परेकोले मिति २०४६।१।२२ मा भएको मोरंग जिल्ला अदालतको आदेश र सो सम्बन्धी काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ भन्ने रिटनिवेदन जिकिर । ४. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत एक न्यायाधीशको इजलासको आदेश । ५. यस अदालतबाट कानुनद्वारा प्रदत्त हक अधिकार क्षेत्र ग्रहण गरी कानुन अनुरुप नै भए गरेको निर्णय हुँदा रिटनिवेदन आकृष्ट हुन नसक्ने हुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने पू.क्षे.अ.को लिखितजवाफ । ६. विपक्षी निवेदकले पाउनु पर्ने बिगो मोरंग जिल्ला अदालतमा दाखिल गरेको र बेरीतको लिलाम हुँदा बदर भएकोले निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने नहुँदा रिटनिवेदन खारेज गरी पाउँ भन्ने नुनलाल