निर्णय नं. ४३९१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३९१ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/२२ २८७७ निर्णय नं. ४३९१ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको रिट नं. ७०२ आदेश भएको मिति: २०४८।१०।२२।४ मा निवेदकहरु : गणेश गुठी, गणेश टोल, पोखरा कास्की पो.नं.पा. वडा नं. ४ बस्ने चन्द्रकुमार पालीखेसमेत (साविक पेज नं. ६४३) विरुद्ध विपक्षी : गुठी संस्थान, केन्द्रीय कार्यालय, रामशाहपथसमेत विषय : उत्प्रेषण (१) नित्य पूजा नगरा बजाए बापत मात्र खान्गीमा खान पाउने जग्गा प्रत्यर्थीहरुको नाउँमा रैतानी नम्बरीमा दर्ता गर्ने गरेको निर्णय र सो आधारमा भएका अन्य निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी., विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल अवलम्बित नजीर : ने.का.प. २०४६, अंक ४, नि.नं. ३८०४, पृ. ४४० मा प्रतिपादित सिद्धान्त । आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. प्रस्तुत रिटनिवेदनको तथ्य यस प्रकार छ :– कास्की पोखरा गणेशटोल स्थित गणेश देवताको दैनिक नित्यपूजा बाजा बजाउने जात्रा पर्व समेतको धर्म कार्यको लागि पुर्खा मोहनमान पालिखेले विभिन्न जग्गाहरु समर्पण गरी गुठी धर्मकार्य चलाई आएकोमा राणाकालीन प्राइममिनिष्टर जुद्ध शमशेरबाट १९९९।३।२ मा सनद पनि बक्स भएको थियो । उक्त सनदमा दमाइहरुले नगरा बाजा बजाउने र सो बापत अ. ७।२ तिरो लाग्ने पाखो जग्गाको आयस्ता खान पाउने गरी खान्गीको लागि १ माना विजनको जग्गा राखिएको र नगरा बजाउने खन्गीदारमा विपक्षी दमाइहरुको पुर्खा भोटे दमाइको नाम अंकित गरिएको (साविक पेज नं. ६४४) थियो । उक्त सनद अनुसार निज भोटे दमाइ भएसम्म निजले नै र निजपछि विपक्षी दमाइहरुले उक्त जग्गा कमाई त्यसको आयस्ता खान्गी खाई गणेश देवताको मन्दिरमा नित्य विहान बेलुका दुई पटक नगरा बाजा बजाई आएको थियो । उपरोक्त जग्गा हाल ९ नं. नापी गोश्वाराबाट नापी हुँदा शुरुमा प्रत्येक कित्तामा जग्गा धनीमा गणेश गुठी मात्र राखिएकोमा पछि लाइन खिची त्यस मुनी पो.न.पं. वडा नं. ३ कि.नं. ३३,१ २३, ४९९ मा विपक्षी लेखबहादुर, कि.नं. ३२, १२४, ५०४ मा आइतश्री दमिनी, कि.नं. ३०, १२१ मा जितबहादुर, कि.नं. ३१, १२२ मा बखतबहादुरको नाउँमा कि.नं. ४३३ जीतबहादुर बखतबहादुरको नाम थपी नापी भएको रहेछ । गुठी संस्थानले विपक्षी दमाइहरुको नापी दर्ता बदर गरी जग्गा धनी गणेश गुठी कायम गरी ज.ध.पुर्जा गुठी संस्थानमा पठाई दिनु भनी मालमा लेखी पठाएको रहेछ । यही कुरालाई लिई निर्णय बदर गरिपाउँ भनी विपक्षी आइत श्री दमिनी समेतले मुद्दा दायर गरेकोमा ०३८ सालमा नापी दर्ता भएकोमा हदम्यादभित्र अदालतमा उजूर परेको देखिएन । साथै गुठी संस्थान ऐनको दफा ३९ अन्तरर्गत कारवाही गर्न पाउने गुठी संस्थानलाई अधिकार भएमा पनि दर्ता गराउने दमाई दमिनीहरुलाई बुझ्दै नबुझी एकतर्फी निर्णय गर्न पाउँछ भन्न मिलेन । यसर्थः गण्डकी अञ्चल अदालतको इन्साफ मनासिब भन्ने प.क्षे.अ.बाट २०४०।११।२८ मा फैसला भई सो उपर पुनरावेदन अनुमतिको लागि निवेदन दिएकोमा स.अ.बाट पुनरावेदन दिन अनुमति नदिएको रहेछ । विपक्षी दमाइहरु उपर दर्ता गर्न नहुने जग्गा दर्ता गरे उपर कारवाही गर्नु पर्नेमा उल्लेखित उपरोक्त खान्गीको जग्गा विपक्षी दमाइहरुको नाउँमा प्रति रोपनी रु. ३०,०००।– लिई रैतानीमा दर्ता गर्