निर्णय नं. ४३९२ - उत्प्रेषण मिश्रित परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४३९२ - उत्प्रेषण मिश्रित परमादेश भाग: ३३ साल: २०४८ महिना: माघ अंक: १० फैसला मिति :२०४८/१०/०१ २४८४ निर्णय नं. ४३९२ ने.का.प. २०४८ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा सम्वत् २०४७ सालको रिट नं. १०८१ आदेश भएको मिति : २०४८।१०।१।४ मा निवेदक : जि.का.का. शाखा नवलपारासीमा थुनामा बसेको रामजी सैथवार विरुद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, नवलपरासीका प्र.जि.अ. समेत विषय : उत्प्रेषण मिश्रित परमादेश (१) घर दैलोमा टाँसी तामेल गरिएकोमा तेस्रो प्रतिमा सो तामेली मिति जनाई स्थानीय पंचायतमा बुझाई छुट्टै भरपाई लिनु पर्छ वा तामेली प्रतिको पिठमा नै सो जनाई सहिछाप गराई लिनु पर्नेमा सो बमोजिम गरे भएको प्राप्त मिसिलको म्यादबाट नदेखिएकोले म्याद रीतपूर्वकको नदेखिने । (प्रकरण नं. १२) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार रहेछ । २. म एउटा शान्तिपूर्ण जीवन बिताउने कृषि पेशामा संलग्न नागरिक हुँ । पंचायती व्यव– (साविक पेज नं. ६४८) स्थाको विरुद्धमा अभिमत राख्ने प्रजातान्त्रिक व्यवस् थामा आस्था राख्ने नेपाल सद्भावना पार्टीको निमित्त क्रियाशील रहेको हुनाले तत्कालीन पंचायतको एजेन्ट अभिवक्ता हरिकेशवलालबाट नकवजनी चोरीको म समेत उपर स्थानीय प्रशासनको मिलेमतोबाट जाहेरी दिन लगाई सम्वत् २०४४।०४५ सालको फौ.दा. नं. १७६।५२ को नकवजनी चोरी मुद्दा जिल्ला अदालतमा दायर गर्न लगाए पनि नवलपरासी जिल्ला अदालतबाट ०४६।१।२९।५ मा म समेतलाई सफाई दिने फैसला भयो । सो मुद्दा दायर भएदेखि फैसला भएको मितिसम्म रुजू तारेखमा हाजिर रहेकोले अन्य मुद्दा चलेको भए जानकारी वा पक्राउ गरिने थियो । प्रजातन्त्र प्राप्ति पछि म नेपाल सद्भावना पार्टीमा सदस्यता लिई राजनीतिमा लागेपछि मलाई प्र.नं. १ ले फैसला गरेको हल्ला फिजाई पक्राउ गरी प्र.नं. ६ मा थुनामा राखिएकोमा प्र.नं. १ बाट हातहतियार खरखजाना मुद्दामा भएको फैसलाको नक्कल लिई हेर्दा मलाई र रामाज्ञालाई मिति २०४६।९।२८ मा १ वर्ष कैद र रु. ५००।– जरिवाना गर्ने गरी फैसला गरेको पाइयो । ३. मेरा नाउँको म्याद ०४२।२।२० मा घर दैलोमा टाँस भएको कुरा फैसलामा उल्लेख भएकोमा सो टाँस भएको व्यहोरा हेर्दा लिखितम् हामी तपसीलका मानिसहरु आगे जिल्ला नवलपरासी अदालतबाट जारी भएको म्यादी पुर्जी जि.न.पं. अन्तर्गत सुक्रौली गा.पं. वार्ड नं. ३ सुक्रौली बस्ने खजाना मुद्दाका रामाज्ञा नाउँको ३० दिने म्यादी पुर्जी निज घरमा नभएको हुँदा हामीहरुको रोहवरमा प्र.पोष्ट तोनबाको प्रहरीले निजको घर दैलोमा मिति २०४२।२।२० मा टाँस गरेको ठीक साँचो हो भनी सहिछाप गर्ने देहायका मानिसहरु झुठ्ठा ठहरे ऐन बमोजिम सहने छन् भन्ने व्यहोरा लेखी मुचुल्का बनाएको देखिन्छ । सो म्यादमा अ.बं. ११० नं. बमोजिमको प्रकृया पूरा भएको छैन । म्याद हेर्दा नवलपरासी जिल्ला अदालतबाट तामेल भएको देखिन आउँछ । जि.का.नवलपरासीको देखिँदैन । घरदैलोमा टाँसेको म्याद एक प्रति स्थानीय गा.वि.स.मा बुझाउनु पर्नेमा बुझाएको देखिँदैन र प्र.नं. २ देखि ५ सम्मका व्यक्तिहरुलाई सोद्धा निजहरुले कुनै तामेलीमा सही नगरेको जानकारी दिएको प्रतिवादको उचित मौका नदिई जारी भएको कथित म्याद अ.बं. ११०